Javascript must be enabled to continue!
अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
View through CrossRef
प्रस्तुत आलेख अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतनाको सन्दर्भ निर्क्योल गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा प्रगतिवादी साहित्य सिद्धान्तका आधारमा तत् तत् सन्दर्भ र मुखरित मुक्तिका स्वरहरूको सूक्ष्म रूपमा अनुशीलन गरिएको छ । सामग्री सङ्कलनको पुस्तकालयीय कार्य अवलम्बन गरिएको यस लेखमा प्राथमिक÷मूल सामग्रीका रूपमा अनिदो पहाडसँगै उपन्यासलाई र अनुसन्धान प्रबन्ध, पुस्तक, लेख, जर्नल, विद्युतीय सामग्री आदि द्वितीय सामग्रीहरूलाई आवश्यकताअनुसार अनुप्रयोग गरिएको छ । अनुसन्धानको गुणात्मक पद्धतिमा आधारित यस लेखमा तथ्यहरूको व्याख्याका लागि विश्लेषणात्मक विधि उपयोग गरिएको छ । प्रस्तुत उपन्यासमा २०१७ सालपछिको पञ्चायती व्यवस्था, २०३५ सालको सशक्त विद्यार्थी आन्दोलन र त्यसको प्रभावबाट २०३६ सालमा घटित जनमतसङ्ग्रह, नेपाली सामाजिक तथा राजनीतिक जीवनमा आएका उथलपुथल, नेपालीले भोग्नुपरेका पीडा, दुःख, दर्द र सङ्घर्ष, वर्गीय उत्पीडन, लैङ्गिक थिचोमिचो, सत्ताको दमन एवम् त्यसप्रतिको प्रतिरोध, घात–प्रतिघात, आशा–निराशा आदिको चित्रण गरिएको छ । यिनै घटनाक्रमको कलात्मक प्रस्तुतिमा प्रगतिवादी चेतनाका सन्दर्भ र स्वरहरू प्रस्ट रूपमा मुखरित गरिएकाले उल्लिखित उपन्यास पारिजातको सफल प्राप्ति रहेको निष्कर्ष निकालिएको छ ।
Title: अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतना
Description:
प्रस्तुत आलेख अनिदो पहाडसँगै उपन्यासमा प्रगतिवादी चेतनाको सन्दर्भ निर्क्योल गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा प्रगतिवादी साहित्य सिद्धान्तका आधारमा तत् तत् सन्दर्भ र मुखरित मुक्तिका स्वरहरूको सूक्ष्म रूपमा अनुशीलन गरिएको छ । सामग्री सङ्कलनको पुस्तकालयीय कार्य अवलम्बन गरिएको यस लेखमा प्राथमिक÷मूल सामग्रीका रूपमा अनिदो पहाडसँगै उपन्यासलाई र अनुसन्धान प्रबन्ध, पुस्तक, लेख, जर्नल, विद्युतीय सामग्री आदि द्वितीय सामग्रीहरूलाई आवश्यकताअनुसार अनुप्रयोग गरिएको छ । अनुसन्धानको गुणात्मक पद्धतिमा आधारित यस लेखमा तथ्यहरूको व्याख्याका लागि विश्लेषणात्मक विधि उपयोग गरिएको छ । प्रस्तुत उपन्यासमा २०१७ सालपछिको पञ्चायती व्यवस्था, २०३५ सालको सशक्त विद्यार्थी आन्दोलन र त्यसको प्रभावबाट २०३६ सालमा घटित जनमतसङ्ग्रह, नेपाली सामाजिक तथा राजनीतिक जीवनमा आएका उथलपुथल, नेपालीले भोग्नुपरेका पीडा, दुःख, दर्द र सङ्घर्ष, वर्गीय उत्पीडन, लैङ्गिक थिचोमिचो, सत्ताको दमन एवम् त्यसप्रतिको प्रतिरोध, घात–प्रतिघात, आशा–निराशा आदिको चित्रण गरिएको छ । यिनै घटनाक्रमको कलात्मक प्रस्तुतिमा प्रगतिवादी चेतनाका सन्दर्भ र स्वरहरू प्रस्ट रूपमा मुखरित गरिएकाले उल्लिखित उपन्यास पारिजातको सफल प्राप्ति रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...

