Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना

View through CrossRef
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ र सामग्री विश्लेषणमा प्रगतिवादी चेतनाका अभिलक्षणहरूमध्ये युगचेतना र समाज परिवर्तनको स्वर,  क्रान्तिचेत र देशप्रेम, शोषण र उत्पीडनका विरुद्धको सङघर्षको स्वर, जीवन सङघर्षको स्वर र सौन्दर्यचेतलाई आधार मानिएको छ । प्रगतिवादी साहित्यले मानवीय समानता र स्वतन्त्रताका पक्षमा आवाज उठाउँछ । साहित्यमा गतिशील, ऐतिहासिक तथा सामाजिक विकाससँग सम्बन्धित धारणाको उदघाटन नै प्रगतिवादी समीक्षाको आधार हो । साहित्य तथा कलाका माध्यमबाट पनि समाज परिवर्तनको पहल र प्रयत्न गर्नुपर्ने मान्यता प्रगतिवादको रहेको छ । त्यसैले प्रगतिवादी लेखकहरू किसान, मजदुर र सर्वहारा जस्ता समाजका तल्ला वर्गका पक्षमा कलम चलाएका छन । सर्वहारा वर्ग र सामाजिक व्रmान्तिकारी परिवर्तनको पक्षधर प्रगतिवादी साहित्यले समाजका आर्थिक वर्गहरूमा सङघर्ष भई समाज परिवर्तन अवश्य हुन्छ भन्ने धारणा राखेको हुन्छ । यसै प्रगतिवादको पृष्ठभूमिमा रचना गरिएका अक्षर कवितासङग्रहका कवितामा सामाजिक भेदभाव, थिचोमिचो र दमनको विरुद्ध चेतना निर्माण गर्दै समाज सुधारको चाहना प्रकट गरिएको छ । समाज परिवर्तनको आधार बनेका श्रमजीवी वर्गले श्रमको उचित मूल्य पाउन नसकेका, सर्वहारा वर्ग शोषण र उत्पीडनमा परेका, सर्वहारा वर्ग र पुँजीपति वर्गका बिचको सङघर्षमा सर्वहार वर्गको जित सुनिश्चित रहेको जस्ता विचार कविताको निष्कर्षका रूपमा आएका छन ।
Title: अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
Description:
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङकलन पुस्तकालयीय कार्यबाट गरिएको छ र सामग्री विश्लेषणमा प्रगतिवादी चेतनाका अभिलक्षणहरूमध्ये युगचेतना र समाज परिवर्तनको स्वर,  क्रान्तिचेत र देशप्रेम, शोषण र उत्पीडनका विरुद्धको सङघर्षको स्वर, जीवन सङघर्षको स्वर र सौन्दर्यचेतलाई आधार मानिएको छ । प्रगतिवादी साहित्यले मानवीय समानता र स्वतन्त्रताका पक्षमा आवाज उठाउँछ । साहित्यमा गतिशील, ऐतिहासिक तथा सामाजिक विकाससँग सम्बन्धित धारणाको उदघाटन नै प्रगतिवादी समीक्षाको आधार हो । साहित्य तथा कलाका माध्यमबाट पनि समाज परिवर्तनको पहल र प्रयत्न गर्नुपर्ने मान्यता प्रगतिवादको रहेको छ । त्यसैले प्रगतिवादी लेखकहरू किसान, मजदुर र सर्वहारा जस्ता समाजका तल्ला वर्गका पक्षमा कलम चलाएका छन । सर्वहारा वर्ग र सामाजिक व्रmान्तिकारी परिवर्तनको पक्षधर प्रगतिवादी साहित्यले समाजका आर्थिक वर्गहरूमा सङघर्ष भई समाज परिवर्तन अवश्य हुन्छ भन्ने धारणा राखेको हुन्छ । यसै प्रगतिवादको पृष्ठभूमिमा रचना गरिएका अक्षर कवितासङग्रहका कवितामा सामाजिक भेदभाव, थिचोमिचो र दमनको विरुद्ध चेतना निर्माण गर्दै समाज सुधारको चाहना प्रकट गरिएको छ । समाज परिवर्तनको आधार बनेका श्रमजीवी वर्गले श्रमको उचित मूल्य पाउन नसकेका, सर्वहारा वर्ग शोषण र उत्पीडनमा परेका, सर्वहारा वर्ग र पुँजीपति वर्गका बिचको सङघर्षमा सर्वहार वर्गको जित सुनिश्चित रहेको जस्ता विचार कविताको निष्कर्षका रूपमा आएका छन ।.

Related Results

मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...

Back to Top