Javascript must be enabled to continue!
नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
View through CrossRef
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, राजनीति, सङ्घर्ष आदि विषयमा गम्भीर वहसका साथै गहन र उच्च प्रकारले विचारको प्रस्तुति गरिएको छ । उपन्यासमा सन्दर्भित गरिएका प्रेम, सम्बन्ध, आक्रोश, वेदना, खुसी, क्रान्ति, आशा, विश्वास, आस्था आदिको औचित्य पुष्टिका लागि सतहमा आएका विभिन्न पात्रको प्रभावकारी भूमिकाले उपन्यासलाई कलात्मक र वैचारिक दुबै रूपमा सफल बनाइदिएको छ । क्रान्तिको पक्षबाट वैचारिक पैरवी भएपनि क्रान्तिका नाममा भएका वैचारिक भ्रष्टीकरणलाई अस्वीकार गरिएको छ । वर्गीय प्रेमको संस्कार वर्गीयतामाथि आधारित हुन्छ भन्ने माक्र्सवादी दृष्टिकोणलाई सांस्कृतिक संस्कार बनाउन आह्वान गरिएको छ । सामाजिक परिवर्तनको गन्तव्यको लागि वर्गसङ्घर्षको उथलपूथलकारी कार्यविधिलाई आधारको रूपमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई लिइएको छ । उपन्यासमा सिद्धान्तलाई जीवनका लागि स्वीकार गरिएको भएपनि जीवनका लागि गलत सिद्धान्तको मार्ग अस्वीकृत गरिएको छ । जीवनका लागि आस्था निर्माण भएको छ र त्यसलाई ढल्न नदिन बलिदानी भएको छ र जीवनका नयाँ ढोका खोलिएका छन्। विचारको गहनताले भरिएको ‘नानीकी आमा’ उपन्यासको वैचारिकता द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिमाथि आधारित छ । विपरित विचारको अस्तित्वलाई उपन्यासमा सहर्ष स्वीकार गरिएको छ । विपरित विचारको द्वन्द्वले नयाँ तथ्यलाई अगाडि ल्याउन सक्ने ऐतिहासिक भौतिकवादी नियमको प्रचलित मान्यतालाई उपन्यासले स्वीकार गरेको छ । सामाजिक परिवर्तनको लागि द्वन्द्व अनिवार्य छ र प्रगतिशील वर्गको विजय अवश्यमभावी तथ्य हो भन्ने उपन्यासको वैचारिक निष्कर्ष रहेको छ । क्रान्तिको अवश्यमभावी तथ्यप्रति उपन्यासले विश्वास उत्पन्न गराउँछ । द्वन्द्वात्मक भौतिकवादलाई स्वीकार गर्नु, क्रान्तिको पक्षमा पैरवी गर्नु, नयाँ समाजको योजना प्रस्तुत गर्नु र विद्यमान व्यवस्थाका विरुद्ध उभिनुले उपन्यासको वैचारिक पक्ष प्रगतिशील र प्रगतिवादी रहेको छ ।
Nepal Journals Online (JOL)
Title: नानीकी आमा उपन्यासमा वैचारिकता {Ideology in 'Nani's Mother Novel'}
Description:
रामप्रकाश पुरीकृत ‘नानीकी आमा’ (२०६३) मुख्यतः वैचारिक उपन्यास हो। परम्परित औपन्यासिक शैली भन्दा फरक प्रकारले निर्माण भएको हुँदा उपन्यास प्रयोगशील रहेको छ । उपन्यासमा दर्शन, विचार, राजनीति, सङ्घर्ष आदि विषयमा गम्भीर वहसका साथै गहन र उच्च प्रकारले विचारको प्रस्तुति गरिएको छ । उपन्यासमा सन्दर्भित गरिएका प्रेम, सम्बन्ध, आक्रोश, वेदना, खुसी, क्रान्ति, आशा, विश्वास, आस्था आदिको औचित्य पुष्टिका लागि सतहमा आएका विभिन्न पात्रको प्रभावकारी भूमिकाले उपन्यासलाई कलात्मक र वैचारिक दुबै रूपमा सफल बनाइदिएको छ । क्रान्तिको पक्षबाट वैचारिक पैरवी भएपनि क्रान्तिका नाममा भएका वैचारिक भ्रष्टीकरणलाई अस्वीकार गरिएको छ । वर्गीय प्रेमको संस्कार वर्गीयतामाथि आधारित हुन्छ भन्ने माक्र्सवादी दृष्टिकोणलाई सांस्कृतिक संस्कार बनाउन आह्वान गरिएको छ । सामाजिक परिवर्तनको गन्तव्यको लागि वर्गसङ्घर्षको उथलपूथलकारी कार्यविधिलाई आधारको रूपमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई लिइएको छ । उपन्यासमा सिद्धान्तलाई जीवनका लागि स्वीकार गरिएको भएपनि जीवनका लागि गलत सिद्धान्तको मार्ग अस्वीकृत गरिएको छ । जीवनका लागि आस्था निर्माण भएको छ र त्यसलाई ढल्न नदिन बलिदानी भएको छ र जीवनका नयाँ ढोका खोलिएका छन्। विचारको गहनताले भरिएको ‘नानीकी आमा’ उपन्यासको वैचारिकता द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिमाथि आधारित छ । विपरित विचारको अस्तित्वलाई उपन्यासमा सहर्ष स्वीकार गरिएको छ । विपरित विचारको द्वन्द्वले नयाँ तथ्यलाई अगाडि ल्याउन सक्ने ऐतिहासिक भौतिकवादी नियमको प्रचलित मान्यतालाई उपन्यासले स्वीकार गरेको छ । सामाजिक परिवर्तनको लागि द्वन्द्व अनिवार्य छ र प्रगतिशील वर्गको विजय अवश्यमभावी तथ्य हो भन्ने उपन्यासको वैचारिक निष्कर्ष रहेको छ । क्रान्तिको अवश्यमभावी तथ्यप्रति उपन्यासले विश्वास उत्पन्न गराउँछ । द्वन्द्वात्मक भौतिकवादलाई स्वीकार गर्नु, क्रान्तिको पक्षमा पैरवी गर्नु, नयाँ समाजको योजना प्रस्तुत गर्नु र विद्यमान व्यवस्थाका विरुद्ध उभिनुले उपन्यासको वैचारिक पक्ष प्रगतिशील र प्रगतिवादी रहेको छ ।.
Related Results
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
नेपाली उपन्यासमा कोखदायी आमा
नेपाली उपन्यासमा कोखदायी आमा
प्रस्तुत लेख नेपाली उपन्यासमा अभिव्यक्त धितोकोखका विभिन्न पक्षहरूको विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । मदनमणि दीक्षितको माधवी, पद्मावती सिंहको मौन अक्षर, शंकर देव ढकालको किरायको...
MONUMENT STATUE STUDY OF NANI WARTABONE STRUGGLE THROUGH BACKGROUND AND ITS VISUALIZATION
MONUMENT STATUE STUDY OF NANI WARTABONE STRUGGLE THROUGH BACKGROUND AND ITS VISUALIZATION
This study aims to find out how to study the Nani Wartabone statue in terms of visuals, to provide knowledge to the people of Gorontalo the meaning of the Nani Wartabone statue and...
MONUMENT STATUE STUDY OF NANI WARTABONE STRUGGLE THROUGH BACKGROUND AND ITS VISUALIZATION
MONUMENT STATUE STUDY OF NANI WARTABONE STRUGGLE THROUGH BACKGROUND AND ITS VISUALIZATION
This study aims to find out how to study the Nani Wartabone statue in terms of visuals, to provide knowledge to the people of Gorontalo the meaning of the Nani Wartabone statue and...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...

