Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास

View through CrossRef
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो । यो सुन्नेसुनाउने पद्धतिमा प्रसारित र हस्तान्तरित हुँदै आएको हुन्छ । लोककथाका माध्यमद्वारा लोकविश्वास अभिव्यक्त हुन्छ । लोकविश्वास लोकको विश्वास हो । लोकविश्वास एकप्रकारको धारणा हो र त्यो वैयक्तिक नभएर सामूहिक हुन्छ । समाजमा त्यो संस्कृतिका रूपमा रहेको हुन्छ । लोकविश्वासको निर्माण काल्पनिक, आनुभविक एवं वैचारिक आधारमा भएको पाइन्छ । लोकविश्वासका अनेकौँ प्रकार हुन्छन् । प्रस्तुत लोककथामा मुख्य रूपमा अद्भुत घटना, अतिमानवीय पात्र एवं अलौकिक शक्तिसम्बन्धी लोकविश्वास मुख्य रूपमा पाइन्छ । मानवले गर्न नसक्ने कार्य गर्नु वा अतिमानवीय तइभ्वले मानवीय कार्य गर्नु, अनौठो र अलौकिक घटना घटित हुनु अद्भुत घटना हो । प्रस्तुत लोककथामा भगवान्, राक्षस, भूत र पशु अतिमानवीय पात्रका रूपमा आएका छन् । दैवी शक्ति, दानवी शक्ति, अलौकिक शक्ति भएका वस्तु आदि यस कथामा पाइन्छ । तिनैको विश्लेषण यस अध्ययनमा गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन क्षेत्रकार्य र पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धतिअन्तर्गत विषयवस्तुविश्लेषण विधिमा गरिएको छ ।लोकविश्वासले यस लोककथालाई रोचक र प्रभावकारी बनाएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Title: बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
Description:
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो । यो सुन्नेसुनाउने पद्धतिमा प्रसारित र हस्तान्तरित हुँदै आएको हुन्छ । लोककथाका माध्यमद्वारा लोकविश्वास अभिव्यक्त हुन्छ । लोकविश्वास लोकको विश्वास हो । लोकविश्वास एकप्रकारको धारणा हो र त्यो वैयक्तिक नभएर सामूहिक हुन्छ । समाजमा त्यो संस्कृतिका रूपमा रहेको हुन्छ । लोकविश्वासको निर्माण काल्पनिक, आनुभविक एवं वैचारिक आधारमा भएको पाइन्छ । लोकविश्वासका अनेकौँ प्रकार हुन्छन् । प्रस्तुत लोककथामा मुख्य रूपमा अद्भुत घटना, अतिमानवीय पात्र एवं अलौकिक शक्तिसम्बन्धी लोकविश्वास मुख्य रूपमा पाइन्छ । मानवले गर्न नसक्ने कार्य गर्नु वा अतिमानवीय तइभ्वले मानवीय कार्य गर्नु, अनौठो र अलौकिक घटना घटित हुनु अद्भुत घटना हो । प्रस्तुत लोककथामा भगवान्, राक्षस, भूत र पशु अतिमानवीय पात्रका रूपमा आएका छन् । दैवी शक्ति, दानवी शक्ति, अलौकिक शक्ति भएका वस्तु आदि यस कथामा पाइन्छ । तिनैको विश्लेषण यस अध्ययनमा गरिएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन क्षेत्रकार्य र पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धतिअन्तर्गत विषयवस्तुविश्लेषण विधिमा गरिएको छ ।लोकविश्वासले यस लोककथालाई रोचक र प्रभावकारी बनाएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.

Related Results

नेपाली लोककथामा लोकविश्वास
नेपाली लोककथामा लोकविश्वास
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्...
कौटिलीय अर्थशास्त्र में प्रतिपादित राजधर्म
कौटिलीय अर्थशास्त्र में प्रतिपादित राजधर्म
आचार्य कौटिल्य महान व्यक्तित्व एवं पारंगत राजनीतिज्ञ के रूप में जाने जाते हैं। आचार्य कौटिल्य एक कुशल राजनीतिज्ञ और यथार्थवादी चिन्तक हैं। कौटिल्य ने मौर्य साम्राज्य के विपुल यश के...
नेपाली लोककथामा धार्मिक नीतिचेतना
नेपाली लोककथामा धार्मिक नीतिचेतना
लोकहितको उद्देश्यले लोकद्वारा सिर्जिएर मौखिक परम्परामा अघि बढिरहेको लोककथाले नैतिक एवम् आदर्श मानवीय मूल्य वहन गरेको हुन्छ । समाजलाई मनोरञ्जनका साथै नैतिक शिक्षा प्रदान गर्ने यसको ...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म व...
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
नेपाली उखानको स्वरुप र प्रयोग क्षेत्र
उखानहरू लोकजीवनका ज्ञानका प्रतिविम्ब हुन् । सूत्रात्मक रूपमा रहेका उखानहरू आफैमा पूर्ण र सार्थक हुन्छन् । उखानहरू खारिएका ज्ञानवर्धक उक्ति हुन् । यिनीहरू इतिहासका साक्षी हुन्; जुन ...
‘पृथ्वी मल्लको कनकपत्र (१४१३)’ को वस्तुगत विश्लेषण {Factual Analysis of Prithvi Malla’s Kanakpatra (1413)}
‘पृथ्वी मल्लको कनकपत्र (१४१३)’ को वस्तुगत विश्लेषण {Factual Analysis of Prithvi Malla’s Kanakpatra (1413)}
प्रस्तुत आलेख ‘पृथ्वी मल्लको कनकपत्र (१४१३)’ को वस्तुगत विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । यस आलेखमा मल्लको कनकपत्रमा वस्तुगत तथ्यहरूलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने प्र...
Kirtilata ka punarpath
Kirtilata ka punarpath
भारतीय वाङ्ग्मय में राजप्रशस्ति काव्यों की अविछिन्न परंपरा रही है। चौथी शताब्दी ईसा पूर्व में पाणिनी के ‘पातालविजय’ और ‘जम्बावतीविजय’ से लेकर वामन, उदभट्ट, धनंजय के ‘दसरूपक’ से होत...

Back to Top