Javascript must be enabled to continue!
नेपाली लोककथामा लोकविश्वास
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।
Title: नेपाली लोककथामा लोकविश्वास
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्त्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।.
Related Results
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो ...
नेपाली लोककथामा धार्मिक नीतिचेतना
नेपाली लोककथामा धार्मिक नीतिचेतना
लोकहितको उद्देश्यले लोकद्वारा सिर्जिएर मौखिक परम्परामा अघि बढिरहेको लोककथाले नैतिक एवम् आदर्श मानवीय मूल्य वहन गरेको हुन्छ । समाजलाई मनोरञ्जनका साथै नैतिक शिक्षा प्रदान गर्ने यसको ...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नारी नाटककारका नाटकमा लोकविश्वास
नारी नाटककारका नाटकमा लोकविश्वास
नेपाली नाट्यपरम्परामा नारी नाटककारको उपस्थिति नेपाली नाटकको आधुनिक कालमा आएर मात्र देखिएको पाइन्छ । नेपाली एकाङ्की क्षेत्रमा २०११ सालबाट र पूर्णाङ्की नाटकमा २०१५ सालबाट मात्र नारी ...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

