Javascript must be enabled to continue!
नेपाली लोककथामा धार्मिक नीतिचेतना
View through CrossRef
लोकहितको उद्देश्यले लोकद्वारा सिर्जिएर मौखिक परम्परामा अघि बढिरहेको लोककथाले नैतिक एवम् आदर्श मानवीय मूल्य वहन गरेको हुन्छ । समाजलाई मनोरञ्जनका साथै नैतिक शिक्षा प्रदान गर्ने यसको उद्देश्यले लोककथामा नीतिचेतनाको प्रयोजन स्वतः स्पष्ट हुन्छ । साहित्यको सम्बन्ध समाजको नैतिक पक्षसँग हुन्छ भन्ने नीतिपरक समालोचना साहित्यमा नीतिचेतनाको विश्लेषणको आधार हो । कानुन तथा राज्यव्यवस्था सुनिश्चित नभइसकेको तत्कालीन अवस्थामा समाजलाई अनुशासनमा राख्ने तथा सुव्यवस्थित बनाउने माध्यम तिचेतना वा नैतिक मापदण्ड रहेका पाइन्छन् । यसका लागि आध्यात्मिक चेत तथा धर्मलाई आधार बनाइएको देखिन्छ । अलौकिक शक्ति अर्थात् ईश्वरप्रतिको आस्था एवम् आत्मा र परमात्माको अन्तर्सम्बन्ध, आत्मज्ञान, मोक्ष आदिको विश्वासले मानिसलाई सदाचारतर्पm प्रेरित गर्दछ । मानिसका वरत्र तथा परत्रसम्बन्धी अनेक मान्यता तथा तिनको पालना धार्मिक नीतिचेतनाका विषय हुन् । लोककथाहरूमा यस्ता विषयसन्दर्भहरूले महइभ्व पाएका छन् । नेपाली समाजमा धार्मिक एवम् सांस्कृतिक विविधता भएका हुँदा नेपाली लोककथामा तदनुकूलको धार्मिक नीतिचेतनाको अभिव्यक्ति पाइन्छ । मानिसको आस्था आफ्नो समाज तथा संस्कृतिमा हुन्छ र यस्तो आस्थाअनुरूप समाजमा नैतिक मूल्य स्थापित हुने गर्छन् । नेपाली लोककथाहरूमा नेपाली समाज र संस्कृति तथा त्यसभित्रका धार्मिक मूल्यहरूको प्रस्तुति पाइन्छ । यसैका माध्यमबाट नैतिक सन्देश प्रसारित गर्ने उद्देश्य पनि यिनमा पाइन्छ । नेपाली लोककथाहरूमा धार्मक नीतिचेतनाका सन्दर्भहरूको खोजी गर्ने उद्देश्यले तयार पारिएको प्रस्तुत लेखमा प्रज्ञा नेपाली लोककथा सङ्ग्रहमा रहेका लोककथाहरूलाई धार्मिक नीतिचेतनाका आधारमा विश्लेषण गरी ती कथाहरूमा यसप्रकारको नीतिचेतनाका सन्दर्भहरू प्रशस्त रहेको निष्कर्ष निकालिएको छ ।
Title: नेपाली लोककथामा धार्मिक नीतिचेतना
Description:
लोकहितको उद्देश्यले लोकद्वारा सिर्जिएर मौखिक परम्परामा अघि बढिरहेको लोककथाले नैतिक एवम् आदर्श मानवीय मूल्य वहन गरेको हुन्छ । समाजलाई मनोरञ्जनका साथै नैतिक शिक्षा प्रदान गर्ने यसको उद्देश्यले लोककथामा नीतिचेतनाको प्रयोजन स्वतः स्पष्ट हुन्छ । साहित्यको सम्बन्ध समाजको नैतिक पक्षसँग हुन्छ भन्ने नीतिपरक समालोचना साहित्यमा नीतिचेतनाको विश्लेषणको आधार हो । कानुन तथा राज्यव्यवस्था सुनिश्चित नभइसकेको तत्कालीन अवस्थामा समाजलाई अनुशासनमा राख्ने तथा सुव्यवस्थित बनाउने माध्यम तिचेतना वा नैतिक मापदण्ड रहेका पाइन्छन् । यसका लागि आध्यात्मिक चेत तथा धर्मलाई आधार बनाइएको देखिन्छ । अलौकिक शक्ति अर्थात् ईश्वरप्रतिको आस्था एवम् आत्मा र परमात्माको अन्तर्सम्बन्ध, आत्मज्ञान, मोक्ष आदिको विश्वासले मानिसलाई सदाचारतर्पm प्रेरित गर्दछ । मानिसका वरत्र तथा परत्रसम्बन्धी अनेक मान्यता तथा तिनको पालना धार्मिक नीतिचेतनाका विषय हुन् । लोककथाहरूमा यस्ता विषयसन्दर्भहरूले महइभ्व पाएका छन् । नेपाली समाजमा धार्मिक एवम् सांस्कृतिक विविधता भएका हुँदा नेपाली लोककथामा तदनुकूलको धार्मिक नीतिचेतनाको अभिव्यक्ति पाइन्छ । मानिसको आस्था आफ्नो समाज तथा संस्कृतिमा हुन्छ र यस्तो आस्थाअनुरूप समाजमा नैतिक मूल्य स्थापित हुने गर्छन् । नेपाली लोककथाहरूमा नेपाली समाज र संस्कृति तथा त्यसभित्रका धार्मिक मूल्यहरूको प्रस्तुति पाइन्छ । यसैका माध्यमबाट नैतिक सन्देश प्रसारित गर्ने उद्देश्य पनि यिनमा पाइन्छ । नेपाली लोककथाहरूमा धार्मक नीतिचेतनाका सन्दर्भहरूको खोजी गर्ने उद्देश्यले तयार पारिएको प्रस्तुत लेखमा प्रज्ञा नेपाली लोककथा सङ्ग्रहमा रहेका लोककथाहरूलाई धार्मिक नीतिचेतनाका आधारमा विश्लेषण गरी ती कथाहरूमा यसप्रकारको नीतिचेतनाका सन्दर्भहरू प्रशस्त रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली लोककथामा लोकविश्वास
नेपाली लोककथामा लोकविश्वास
प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास
‘बाच्छे राजा र सल्लीसउँको लोककथामा लोकविश्वास’ शीर्षकको प्रस्तुत लेख लोकविश्वासको विवेचनामा केन्द्रित छ । लोककथा परम्परागत रूपमा प्रचलित हुँदै आएको घटनावर्णनमा आधारित मौखिक कला हो ...

