Javascript must be enabled to continue!
पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
View through CrossRef
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म विचरित एकीकरण अभियानमा देखिएका द्वन्द्वका तत्त्वका स्थापित मान्यतामा आधारित रहेर विश्लेषण गरिएको छ । राज्य विस्तारका क्रममा राजा पृथ्वीनारायण खड्ग लिएर युद्धको मैदानमा थिए र उनले नै युद्धको नेतृत्व गरेका थिए । पृथ्वीनारायणको वीरता, धीरता र शौर्यको गाथा कोरिनुको साथै तत्कालीन सामाजिक जीवनको अवस्था, आर्थिक व्यवहार र राजनीतिक परिवेशको चित्र समेत उतारिएको छ । महाकाव्यमा उथलपुथल भइरहेको राजनीति मात्र नभएर तत्कालीन समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका विभिन्न अवस्थाबारे पनि वर्णन गरिएको छ । यस लेखमा उदयानन्द अज्र्यालको पृथ्वीन्द्रोदय महाकाव्यलाई प्राथमिक स्रोत सामग्री र द्वन्द्वसँग सम्बद्ध समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । त्यो युगमा नेपालको सन्दर्भमा एकीकरणको सोचाइ धेरै दुर्गममा पर्दथ्यो । तर राज्य विस्तारको सोचाइ भने राजनीतिको व्यावहारिक जीवनमा लागु हुँदै आएको थियो । त्यतिबेलाको समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई केन्द्रमा राखेर नायक राजा पृथ्वीइन्द्रको वीरता, धीरता र शौर्यतालाई महाकाव्यको सम्पदा बनाइएको छ । उपत्यकाका राज्यहरूको आपसी शङ्का र अनुदार चरित्रले गर्दा पछिल्लो समयमा अपनाएको कुटनीतिले काम गर्न नसकेकोले पृथ्वीनारायण शाहले जित हासिल गर्न सहज भएको निष्कर्ष निकालिएको छ ।
Title: पृथ्वीन्द्रोदय महाकाव्यको द्वन्द्वात्मक अध्ययन {A Dialectical Study of the Epic Prithvindrodaya}
Description:
प्रस्तुत लेखमा पृथ्वीन्द्रोदय महाकाव्यमा द्वन्द्वको अवस्थाको विवेचना गरिएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहलाई केन्द्रमा राखेर समकालीन गोरखा राज्यको विस्तार भएर विशाल नेपालसम्म विचरित एकीकरण अभियानमा देखिएका द्वन्द्वका तत्त्वका स्थापित मान्यतामा आधारित रहेर विश्लेषण गरिएको छ । राज्य विस्तारका क्रममा राजा पृथ्वीनारायण खड्ग लिएर युद्धको मैदानमा थिए र उनले नै युद्धको नेतृत्व गरेका थिए । पृथ्वीनारायणको वीरता, धीरता र शौर्यको गाथा कोरिनुको साथै तत्कालीन सामाजिक जीवनको अवस्था, आर्थिक व्यवहार र राजनीतिक परिवेशको चित्र समेत उतारिएको छ । महाकाव्यमा उथलपुथल भइरहेको राजनीति मात्र नभएर तत्कालीन समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका विभिन्न अवस्थाबारे पनि वर्णन गरिएको छ । यस लेखमा उदयानन्द अज्र्यालको पृथ्वीन्द्रोदय महाकाव्यलाई प्राथमिक स्रोत सामग्री र द्वन्द्वसँग सम्बद्ध समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । प्राप्त तथ्यहरूलाई विश्लेषण विधिद्वारा विवेचना गरिएको छ । त्यो युगमा नेपालको सन्दर्भमा एकीकरणको सोचाइ धेरै दुर्गममा पर्दथ्यो । तर राज्य विस्तारको सोचाइ भने राजनीतिको व्यावहारिक जीवनमा लागु हुँदै आएको थियो । त्यतिबेलाको समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई केन्द्रमा राखेर नायक राजा पृथ्वीइन्द्रको वीरता, धीरता र शौर्यतालाई महाकाव्यको सम्पदा बनाइएको छ । उपत्यकाका राज्यहरूको आपसी शङ्का र अनुदार चरित्रले गर्दा पछिल्लो समयमा अपनाएको कुटनीतिले काम गर्न नसकेकोले पृथ्वीनारायण शाहले जित हासिल गर्न सहज भएको निष्कर्ष निकालिएको छ । .
Related Results
Historical periods of Manas epic development
Historical periods of Manas epic development
Предлагаемая статья посвящена актуальной для эпосоведения проблеме стадиального развития эпоса. Вопрос о стадиях или этапах развития эпоса Манас решался многими учеными с разных то...
Classical Epic in the Works of J.R.R. Tolkien
Classical Epic in the Works of J.R.R. Tolkien
<p>The Lord of the Rings has often been described as an 'epic', and although Tolkien drew most famously on Northern mythology in his creation of Middle-earth much of his work...
The Aeneid with Rabbits: Children's Fantasy as Modern Epic
The Aeneid with Rabbits: Children's Fantasy as Modern Epic
<p>Despite their apparent dissimilarity, children's literature and the epic tradition are often intertwined. This is seen perhaps most clearly in the frequent retelling and r...
The role of hyperbole in creating epic images of the Xinjian-Oirat version of Jangar
The role of hyperbole in creating epic images of the Xinjian-Oirat version of Jangar
Фольклор является выразителем эстетического сознания и народных идеалов, способы и формы выражения которых у каждого народа свои. Героический идеал определяет грандиозность и масшт...
Symbols and semantics of the epithet in the Xingjiang Oirat version of the epic “Jangar”
Symbols and semantics of the epithet in the Xingjiang Oirat version of the epic “Jangar”
The epic style is characterized by an abundance of constant epithets, which give the narration a peculiar decorating flavor and typifying-idealizing character, without which it is ...
Intricate Genealogies: What is Said in the Epic Poem about Nogay People?
Intricate Genealogies: What is Said in the Epic Poem about Nogay People?
This article examines communication blueprints of the Forty Knights of Steppe epic poem (original ti-tle in Kazakh "Қырымның қырық батыры"). The Forty Knights of Steppe is a cultur...
Средства создания эпического образа синьцзян-ойратской версии «Джангара»
Средства создания эпического образа синьцзян-ойратской версии «Джангара»
Introduction. The study of stylistic features inherent to national epic narratives is one of the most relevant areas of modern folklore research. Of particular research interest ― ...
THE HISTORICAL FIGURE AND THE EPIC HERO IN KAZAKH EPIC POETRY (BASED ON THE EPIC OF EDIGE)
THE HISTORICAL FIGURE AND THE EPIC HERO IN KAZAKH EPIC POETRY (BASED ON THE EPIC OF EDIGE)
The article is devoted to identifying the historical basis and epic hero of Kazakh epic, which are considered outstanding examples of heroic epic poetry, with particular focus on t...

