Javascript must be enabled to continue!
भाषिक अनुसन्धानमा सामग्री सङ्कलन र निर्माण प्रक्रिया
View through CrossRef
प्रस्तुत लेख अनुसन्धानको एक महत्वपूर्ण क्षेत्र भाषिक अनुसन्धानको चर्चामा आधारित रहेको छ । विशेषतः प्रस्तुत लेखमा भाषिक अनुसन्धानका क्रममा सामग्रीहरूको सङ्कलन र निर्माण कसरी गर्ने भन्ने बारेमा व्याख्या–विवेचन गरिएको छ । अनुसन्धान तथा भाषिक अनुसन्धानको परिचय दिनु, भाषिक अनुसन्धानमा सामग्री सङ्कलन प्रक्रियको बारेमा चर्चा गर्नु र सामग्री सङ्कलनको तौरतरिकाबारे वर्णन गर्नु प्रस्तुत लेखका मूलभूलत उद्देश्य रहेका छन् । यस लेखमा नेपाली तथा अङ्ग्रेजी विद्वानहरूद्वारा लिखित अनुसन्धान तथा भाषिक अनुसन्धानसम्बन्धी सैद्धान्तिक पुस्तकहरुको गहन अध्ययन–विश्लेषण गरी आवश्यक कुराहरू अध्याहार गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित भई तयार गरिएको छ । यस लेखको तयारीका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ भने आवश्यक विषयवस्तुको प्रस्तुतिका लागि व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यसका आधारमा अनुसन्धान नयाँ तथ्य पत्ता लगाउने विषयका रूपमा रहेको भाषिक अनुसन्धान भाषासम्बन्धी विषयक्षेत्रमा आधारित भई नवीन तथ्यको उद्घाटनका लागि गरिने अध्ययनका रूपमा रहेको, भाषिक अनुसन्धानमा सामग्र सङ्कलन तथा निर्माणको कार्य अनुसन्धानको महत्तम क्षेत्रका रूपमा रहेको लगायतका निष्कर्ष निकालिएको छ । यस लेखले अनुसन्धान तथा भाषिक अनुसन्धानका क्षेत्रमा क्रियाशील एवम् सरोकार राख्ने शिक्षक, विद्यार्थी तथा सम्बद्ध सबैलाई सघाउने अपेक्षा गरिएको छ ।
Title: भाषिक अनुसन्धानमा सामग्री सङ्कलन र निर्माण प्रक्रिया
Description:
प्रस्तुत लेख अनुसन्धानको एक महत्वपूर्ण क्षेत्र भाषिक अनुसन्धानको चर्चामा आधारित रहेको छ । विशेषतः प्रस्तुत लेखमा भाषिक अनुसन्धानका क्रममा सामग्रीहरूको सङ्कलन र निर्माण कसरी गर्ने भन्ने बारेमा व्याख्या–विवेचन गरिएको छ । अनुसन्धान तथा भाषिक अनुसन्धानको परिचय दिनु, भाषिक अनुसन्धानमा सामग्री सङ्कलन प्रक्रियको बारेमा चर्चा गर्नु र सामग्री सङ्कलनको तौरतरिकाबारे वर्णन गर्नु प्रस्तुत लेखका मूलभूलत उद्देश्य रहेका छन् । यस लेखमा नेपाली तथा अङ्ग्रेजी विद्वानहरूद्वारा लिखित अनुसन्धान तथा भाषिक अनुसन्धानसम्बन्धी सैद्धान्तिक पुस्तकहरुको गहन अध्ययन–विश्लेषण गरी आवश्यक कुराहरू अध्याहार गरिएको छ । प्रस्तुत लेख गुणात्मक अनुसन्धानमा आधारित भई तयार गरिएको छ । यस लेखको तयारीका क्रममा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ भने आवश्यक विषयवस्तुको प्रस्तुतिका लागि व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यसका आधारमा अनुसन्धान नयाँ तथ्य पत्ता लगाउने विषयका रूपमा रहेको भाषिक अनुसन्धान भाषासम्बन्धी विषयक्षेत्रमा आधारित भई नवीन तथ्यको उद्घाटनका लागि गरिने अध्ययनका रूपमा रहेको, भाषिक अनुसन्धानमा सामग्र सङ्कलन तथा निर्माणको कार्य अनुसन्धानको महत्तम क्षेत्रका रूपमा रहेको लगायतका निष्कर्ष निकालिएको छ । यस लेखले अनुसन्धान तथा भाषिक अनुसन्धानका क्षेत्रमा क्रियाशील एवम् सरोकार राख्ने शिक्षक, विद्यार्थी तथा सम्बद्ध सबैलाई सघाउने अपेक्षा गरिएको छ ।.
Related Results
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग
प्रस्तुत लेख भाषाशिक्षणमा शिक्षण सामग्री निर्माण र प्रयोग शीर्षकमा आधारित छ । यस अन्तर्गत शिक्षण सामग्रीको परिचय, भाषाशिक्षणमा शिक्षण सामग्री, भाषा शिक्षणमा शिक्षण सामग्रीको उपयोगि...
पूर्वीय भाषिक चिन्तन परम्परा
पूर्वीय भाषिक चिन्तन परम्परा
प्रस्तुत लेखमा ऐतिहासिक भाषाविज्ञानको अवधारणाका आधारमा पूर्वीय भाषिक चिन्तनपरम्पराका बारेमा अध्ययन गरिएको छ । यस लेखमा द्वितीयक स्रोत वा सन्दर्भ स्रोतका सामग्रीको उपयोगगरिएको छ । य...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
कार्यमूलक अनुसन्धानः प्रक्रिया र शैक्षणिक प्रयोग
प्रस्तुत लेख कार्यमूलक अनुसन्धान, यसको प्रक्रिया र शैक्षिक प्रयोगसँग सम्बन्धित रहेको छ । अनुसन्धानका विविध विधि पद्धतिहरुमध्ये कार्यमूलक अनुसन्धान तत्कालीन समस्या, यसको कारण र निरा...
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोक...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...

