Javascript must be enabled to continue!
नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
View through CrossRef
प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोकगीत, लोककथा, लोकगाथा, लोकनाटक, लोकमन्त्र, उखान, टुक्का आदि लोकसाहित्यिक विधाहरूको मौखिक पुस्तान्तरण परम्परा, सङ्कलन तथा पाठ्यीकरण परम्परा, अध्ययन परम्परा र प्राज्ञिक विमर्श परम्पराको विहङ्गावलोकन गरिएको छ । यसका साथै यस लेखमा लोकसाहित्यको अध्ययन परम्रालाई काल वा चरणमा विभाजन गरी ती चरणका मुख्यमुख्य उपलब्धिको निक्र्योल गरिएको छ । प्रस्तुत लेखमा ऐतिहासिक सर्वेक्षण र वर्गीकरणलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा अध्ययन परम्पराको चरण विभाजनको पनि सर्वेक्षण गरिएको छ । उक्त सर्वेक्षणका आधारमा अध्ययन परम्पराको काल विभाजन प्रस्तुत गरिएको छ । निष्कर्ष स्वरूप लोकसाहित्य परम्पराका मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भको चरण, सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरण र प्राज्ञिक विमर्शको चरण गरी तीन चरणमा विभाजन गर्नुपर्ने मत प्रस्तुत गरिएको छ । लोकसाहित्यिक सामग्रीको उपयोग मनोरञ्जनका लागि गरिने, सामाजिक रीतिथिति मान्ने क्रममा लोकसामग्री मौलिक रूपमा प्रस्तुत गर्दा स्वतह पुस्तान्तरित भई जीवित हुने, यी हाम्रा लोकसम्पत्ति हुन्, यिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने चेतनाका आधारमा सङ्कलन आरम्भ गर्नु आदि मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भ चरणमका उपलब्धि हुन् । लोकसाहित्यिक सामग्रीको नियोजित सङ्कलन, सङ्कलित सामग्रीको लिप्यङ्कन, सम्पादन, पुस्तकाकार कृतिको निर्माण र विश्लेषण प्रक्रियाको थालनी गर्नु सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरणका उपलब्धि हुन् भने स्थापित सैद्धान्तिक अवधारणका आधारमा विधाको विश्लेषण र शैक्षिक तह पार गर्नका लागि गहन अनुसन्धान गर्नु प्राज्ञिक विमर्शको चरणका उपलब्धि हुन् । प्रस्तुत अध्ययनमा लोकसाहित्यको विकासका लागि भएका कामहरूको कालक्रिमक विवरण प्रस्तुत गरी ती कामका मुख्य उपलब्धिका आधारमा प्राज्ञिक उन्नयनको अवस्थाको विश्लेषण गरिएको छ ।
Title: नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयन
Description:
प्रस्तुत लेख नेपाली लोकसाहित्यको प्राज्ञिक उन्नयनसँग सम्बन्धित छ । यसमा नेपाली लोकसाहित्यका विभन्नि विधाहरूको सङ्कलन, अध्ययन र अनुसन्धान परम्पराको सर्वेक्षण गरिएको छ । यसक्रममा लोकगीत, लोककथा, लोकगाथा, लोकनाटक, लोकमन्त्र, उखान, टुक्का आदि लोकसाहित्यिक विधाहरूको मौखिक पुस्तान्तरण परम्परा, सङ्कलन तथा पाठ्यीकरण परम्परा, अध्ययन परम्परा र प्राज्ञिक विमर्श परम्पराको विहङ्गावलोकन गरिएको छ । यसका साथै यस लेखमा लोकसाहित्यको अध्ययन परम्रालाई काल वा चरणमा विभाजन गरी ती चरणका मुख्यमुख्य उपलब्धिको निक्र्योल गरिएको छ । प्रस्तुत लेखमा ऐतिहासिक सर्वेक्षण र वर्गीकरणलाई सैद्धान्तिक अवधारणाका रूपमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको यस आलेखमा अध्ययन परम्पराको चरण विभाजनको पनि सर्वेक्षण गरिएको छ । उक्त सर्वेक्षणका आधारमा अध्ययन परम्पराको काल विभाजन प्रस्तुत गरिएको छ । निष्कर्ष स्वरूप लोकसाहित्य परम्पराका मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भको चरण, सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरण र प्राज्ञिक विमर्शको चरण गरी तीन चरणमा विभाजन गर्नुपर्ने मत प्रस्तुत गरिएको छ । लोकसाहित्यिक सामग्रीको उपयोग मनोरञ्जनका लागि गरिने, सामाजिक रीतिथिति मान्ने क्रममा लोकसामग्री मौलिक रूपमा प्रस्तुत गर्दा स्वतह पुस्तान्तरित भई जीवित हुने, यी हाम्रा लोकसम्पत्ति हुन्, यिनीहरूको संरक्षण गर्नुपर्छ भन्ने चेतनाका आधारमा सङ्कलन आरम्भ गर्नु आदि मौखिक पुस्तान्तरण र सङ्कलन आरम्भ चरणमका उपलब्धि हुन् । लोकसाहित्यिक सामग्रीको नियोजित सङ्कलन, सङ्कलित सामग्रीको लिप्यङ्कन, सम्पादन, पुस्तकाकार कृतिको निर्माण र विश्लेषण प्रक्रियाको थालनी गर्नु सङ्कलन, पाठ्यीकरण र अध्ययनको चरणका उपलब्धि हुन् भने स्थापित सैद्धान्तिक अवधारणका आधारमा विधाको विश्लेषण र शैक्षिक तह पार गर्नका लागि गहन अनुसन्धान गर्नु प्राज्ञिक विमर्शको चरणका उपलब्धि हुन् । प्रस्तुत अध्ययनमा लोकसाहित्यको विकासका लागि भएका कामहरूको कालक्रिमक विवरण प्रस्तुत गरी ती कामका मुख्य उपलब्धिका आधारमा प्राज्ञिक उन्नयनको अवस्थाको विश्लेषण गरिएको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...

