Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चमार जातिको इतिहास

View through CrossRef
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर नेपालमा प्रवेश गरेर तराई र मधेसका बस्तीहरूमा बसोबास गरेका हुन् । यस जातिलाई नेपालको पहाडी क्षेत्रमा सार्की, हरिजन भनिन्छ भने तराईका विविध क्षेत्रमा यिनीहरूलाई चमार, राम, हरिजन र रविदास भनेर सम्बोधन गरिन्छ । चमार जातिको चर्चा आर्य सनातन हिन्दु धर्म, वर्णव्यवस्था, धर्मग्रन्थ, रामायण र महाभारत, पुराण र उपनिषद र वंशावलीहरूमा पनि पाइएको छ । नेपाली सभ्यता तथा संस्कृतिभित्र अनेकौं जातीय समूहहरूको सिर्जना र संरचना हुँदै दलित समुदाय र अछुत जातिको रूपमा  हेरिएको छ । चमार समुदायलाई कसैले भारतमा भएको मुस्लिम आक्रमणपश्चात् ज्यान बचाउन जसरी अन्य जातिका मानिसहरू नेपालको सरहदभित्र पसे, त्यसैगरी यिनीहरू पनि नेपालको तराई प्रदेशमा चमार नामले र पहाडमा सार्कीका नामले हजारौँ वर्षपहिले नेपाल प्रवेश गरेको वर्णन पाइन्छ । असली तराई मूलका चमार जातिका मानिसहरूको बसोवास पूर्वी तराईदेखि पश्चिम तराईका जिल्लाहरूका विविध गाउँठाउँमा रहेको पाइन्छ । यी चमार जातिका मानिसहरूको उत्पत्तिलाई हेर्दा भारतस्थित उराँव र मुण्डा समूहहरूसँगै नागपुर क्षेत्रबाट नेपाल पसेको वर्णन पनि पाइएको छ । इतिहास हेर्दा मुस्लिम धर्मको घोर विरोध गर्ने जति पनि हिन्दुहरू थिए, उनीहरूलाई इस्लामिक कालमा निम्न श्रेणीमा गणना गर्ने उर्दी फिँजाइयो । जसले इस्लाम धर्म वरण गर्दथ्यो उसलाई उच्च स्थान र जसले हिन्दुधर्म वरण गर्दथ्यो उसलाई निम्न जातमा परिणत गरियो र मृत्युदण्ड दिन असम्भव भएर उनीहरूलाई विद्रोही मानेर सजायस्वरूप क्षेत्रीय कुलका चंवर जातिका मानिसहरूलाई दण्ड स्वरूप पशुको छालाको काममा संलग्न गराइयो । ती चर्मकारहरू नै चमार भएका हुन । नेपालमा रहेका चमार जातिको इतिहास खोतल्दा उनीहरूको जातिय वर्ण व्यवस्थाको उत्पत्ति भएदेखि नै नेपालको तराई भुभागमा बस्दै आएको पाइन्छ भने केही भारतबाट विभिन्न कालखण्डलाई कोही जमिन्दार, राजा रजौटाहरूसंगसंगै लागेर र त कोही आफै जीवन निर्वाहको विकल्प खोज्दै बसाई सरेर नेपालको तराईभागमा आएको पाइएको छ । प्रस्तुत अध्ययनको उद्देश्य चमार जातिको इतिहास उजागर गर्नु रहेको छ ।
Title: चमार जातिको इतिहास
Description:
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर नेपालमा प्रवेश गरेर तराई र मधेसका बस्तीहरूमा बसोबास गरेका हुन् । यस जातिलाई नेपालको पहाडी क्षेत्रमा सार्की, हरिजन भनिन्छ भने तराईका विविध क्षेत्रमा यिनीहरूलाई चमार, राम, हरिजन र रविदास भनेर सम्बोधन गरिन्छ । चमार जातिको चर्चा आर्य सनातन हिन्दु धर्म, वर्णव्यवस्था, धर्मग्रन्थ, रामायण र महाभारत, पुराण र उपनिषद र वंशावलीहरूमा पनि पाइएको छ । नेपाली सभ्यता तथा संस्कृतिभित्र अनेकौं जातीय समूहहरूको सिर्जना र संरचना हुँदै दलित समुदाय र अछुत जातिको रूपमा  हेरिएको छ । चमार समुदायलाई कसैले भारतमा भएको मुस्लिम आक्रमणपश्चात् ज्यान बचाउन जसरी अन्य जातिका मानिसहरू नेपालको सरहदभित्र पसे, त्यसैगरी यिनीहरू पनि नेपालको तराई प्रदेशमा चमार नामले र पहाडमा सार्कीका नामले हजारौँ वर्षपहिले नेपाल प्रवेश गरेको वर्णन पाइन्छ । असली तराई मूलका चमार जातिका मानिसहरूको बसोवास पूर्वी तराईदेखि पश्चिम तराईका जिल्लाहरूका विविध गाउँठाउँमा रहेको पाइन्छ । यी चमार जातिका मानिसहरूको उत्पत्तिलाई हेर्दा भारतस्थित उराँव र मुण्डा समूहहरूसँगै नागपुर क्षेत्रबाट नेपाल पसेको वर्णन पनि पाइएको छ । इतिहास हेर्दा मुस्लिम धर्मको घोर विरोध गर्ने जति पनि हिन्दुहरू थिए, उनीहरूलाई इस्लामिक कालमा निम्न श्रेणीमा गणना गर्ने उर्दी फिँजाइयो । जसले इस्लाम धर्म वरण गर्दथ्यो उसलाई उच्च स्थान र जसले हिन्दुधर्म वरण गर्दथ्यो उसलाई निम्न जातमा परिणत गरियो र मृत्युदण्ड दिन असम्भव भएर उनीहरूलाई विद्रोही मानेर सजायस्वरूप क्षेत्रीय कुलका चंवर जातिका मानिसहरूलाई दण्ड स्वरूप पशुको छालाको काममा संलग्न गराइयो । ती चर्मकारहरू नै चमार भएका हुन । नेपालमा रहेका चमार जातिको इतिहास खोतल्दा उनीहरूको जातिय वर्ण व्यवस्थाको उत्पत्ति भएदेखि नै नेपालको तराई भुभागमा बस्दै आएको पाइन्छ भने केही भारतबाट विभिन्न कालखण्डलाई कोही जमिन्दार, राजा रजौटाहरूसंगसंगै लागेर र त कोही आफै जीवन निर्वाहको विकल्प खोज्दै बसाई सरेर नेपालको तराईभागमा आएको पाइएको छ । प्रस्तुत अध्ययनको उद्देश्य चमार जातिको इतिहास उजागर गर्नु रहेको छ ।.

Related Results

इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
किसी विषय का शिक्षण एक कला है । जो विषय की प्रकृति के अनुसार बदलती रहती है । इसलिए विषय शिक्षक, कक्षा में शिक्षण के क्रम में विषय की अवधारणाओं को समझाने के दौरान कई चुनौतियों से रू...
इतिहास अध्ययनको आवश्यकता
इतिहास अध्ययनको आवश्यकता
पुस्तकालय अध्ययन, पुस्तक एवं जर्नलहरूको अध्ययन आदि विभिन्न माध्यमबाट जुटाइएका पाश्चात्य लेखकहरू समेतका धारणाहरूमा आधारित विषयवस्तुहरू विश्लेषण क्रममा नेपाली इतिहासविद्हरूसँगका अन्त...
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन ...
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्न...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}
थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}
प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथाम...
चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू
चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू
नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये चेपाङ जाति पनि एक हो । लेखमा नेपालका केही निश्चित क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समूहअन्तर्गत रहेको चेपाङ जातिको सांस्कृतिक अवस्थाका बारेमा...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...

Back to Top