Javascript must be enabled to continue!
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
View through CrossRef
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लामो समयसम्म राज्य गरेको पाईन्छ । विभिन्न भौगोलिक, राजनैतिक, जैविक विविधताका कारण बसाई सर्दै भारतको काश्मिर हुँदै कुमाउ गढवाल क्षेत्रलाई आफ्नो कब्जामा लिई शासन गर्दै नेपालमा आएको मुख्य जाति मध्ये एक हो । खश जाति नेपालमा एकैचोटी र एकै स्थानबाट प्रवेश गरेको पाईदैन । यी जातिहरू विभिन्न स्थान र समयमा आएको जातिको रूपमा पाइन्छ । पाँचौ शताब्दीतिर खशहरूको प्रवेश नेपालमा बढी तीब्रताकासाथ भएको थियो । भारतका गुप्तहरूबाट राज्य विस्तार गर्ने क्रममा खशहरू लखेटिए । खश जातिहरूको ठूलो समूह उत्तरतर्फ लागे । त्यही जातजातिहरू कुमाउँगढवाल र तिब्बतको यारी, ताक्लाफर, गेला प्रदेश हुँदै तिब्बतबाट फर्केका शासकहरूले नेपालमा एघारौं शताब्दीमा खश साम्राज्य खडा गरेपछि खश जातिको शासकको रुपमा उदय भएको हो । पश्चिम नेपालमा खश मल्ल तथा दक्षिणमा मिथिला कर्नाटक वंशीयहरूका त्रिशक्ति सन्सतुलनको अवस्था मधययुगमा बन्न पुगेको पाइन्छ । यसपछि नै खशहरूले नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र धर्ममा समेत महत्वपूर्ण प्रभाव पारेको थियो । कर्णाली प्रदेशको नामले चिनिएको जुम्ला राज्य अन्तर्गत पर्ने सिञ्जा तत्कालीन समयमा राजधानीले विशेष महत्व रहेको पाईन्छ । कर्णाली प्रदेशका बाइसी राज्यहरूमा खास गरी सिञ्जा राज्यले नेपालको समष्टिगत रुपमा बृहत इतिहास दर्शाउँदै खस भाषा र संस्कृतिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको छ ।
Nepal Journals Online (JOL)
Title: नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
Description:
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लामो समयसम्म राज्य गरेको पाईन्छ । विभिन्न भौगोलिक, राजनैतिक, जैविक विविधताका कारण बसाई सर्दै भारतको काश्मिर हुँदै कुमाउ गढवाल क्षेत्रलाई आफ्नो कब्जामा लिई शासन गर्दै नेपालमा आएको मुख्य जाति मध्ये एक हो । खश जाति नेपालमा एकैचोटी र एकै स्थानबाट प्रवेश गरेको पाईदैन । यी जातिहरू विभिन्न स्थान र समयमा आएको जातिको रूपमा पाइन्छ । पाँचौ शताब्दीतिर खशहरूको प्रवेश नेपालमा बढी तीब्रताकासाथ भएको थियो । भारतका गुप्तहरूबाट राज्य विस्तार गर्ने क्रममा खशहरू लखेटिए । खश जातिहरूको ठूलो समूह उत्तरतर्फ लागे । त्यही जातजातिहरू कुमाउँगढवाल र तिब्बतको यारी, ताक्लाफर, गेला प्रदेश हुँदै तिब्बतबाट फर्केका शासकहरूले नेपालमा एघारौं शताब्दीमा खश साम्राज्य खडा गरेपछि खश जातिको शासकको रुपमा उदय भएको हो । पश्चिम नेपालमा खश मल्ल तथा दक्षिणमा मिथिला कर्नाटक वंशीयहरूका त्रिशक्ति सन्सतुलनको अवस्था मधययुगमा बन्न पुगेको पाइन्छ । यसपछि नै खशहरूले नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, भाषा र धर्ममा समेत महत्वपूर्ण प्रभाव पारेको थियो । कर्णाली प्रदेशको नामले चिनिएको जुम्ला राज्य अन्तर्गत पर्ने सिञ्जा तत्कालीन समयमा राजधानीले विशेष महत्व रहेको पाईन्छ । कर्णाली प्रदेशका बाइसी राज्यहरूमा खास गरी सिञ्जा राज्यले नेपालको समष्टिगत रुपमा बृहत इतिहास दर्शाउँदै खस भाषा र संस्कृतिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको छ ।.
Related Results
Intellectual Capital and the Performance of Manufacturing Companies in Indonesia
Intellectual Capital and the Performance of Manufacturing Companies in Indonesia
ARTICLE INFO ABSTRACT Keywords:Intellectual capital, value added capital employed, value added human capital, structural capital value added, return on asset, return on equity, ma...
Hinduism in Nepal
Hinduism in Nepal
Nepal held the unique status of being the world’s only Hindu kingdom until the collapse of its centuries-old Hindu monarchy in 2006. The idea of Nepal as the asal Hindustan, or “pu...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
A Unique Factor XIII Mutation in Southeastern Iran with an Unexpectedly High Prevalence: Khash Factor XIII
A Unique Factor XIII Mutation in Southeastern Iran with an Unexpectedly High Prevalence: Khash Factor XIII
AbstractCongenital factor XIII (FXIII) deficiency is an extremely rare hemorrhagic disorder characterized by a deficiency of FXIII and associated with a high rate of morbidity and ...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...

