Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता

View through CrossRef
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय विषय बनाई त्यसैसम्बन्धी सैद्धान्तिक आधारमा प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि विषयमा गरिने गम्भीर चिन्तन वा सोचाइ नै विचार हो । पुडासैनीको प्रस्तुत नियात्रासङ्ग्रहका निबन्धमा मानवतावाद, पर्यावरण, जीवनदर्शन, धर्मसंस्कृति, सामाजिक बेथिति, महिलामैत्री तथा विज्ञानप्रविधिसम्बन्धी गम्भीर विचारहरू अभिव्यक्त भएका छन् । लेखकले यस कृतिमा मुस्ताङ जिल्लास्थित लोमन्थाङको पाँचदिने यात्राका व्रmममा भएका सुखदुःखका अनुभूतिजन्य निजी विचारहरूलाई उन्नाइस वटा नियात्रामार्फत प्रस्तुत गरेका छन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिसँगै विषय विश्लेषण विधिको प्रयोग गरी परिणाम निकालिएको हुँदा अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य कृतिमा अभिव्यक्त वैचारिकतालाई मूल समस्या बनाएर त्यसको प्राज्ञिक समाधान खोज्न मानवतावादी, पर्यावरणसम्बन्धी, जीवनदर्शनसम्बन्धी  धर्मसंस्कृतिसम्बन्धी, समाजका बेथितिसम्बन्धी, महिलामैत्री तथा विज्ञानप्रविधिसम्बन्धी विचारजस्ता सूचकमा केन्द्रित भई यिनै सूचकसम्बन्धी विचार प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनकै आधारमा अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । विवेच्य कृतिमा उपल्लो मुस्ताङको पर्यावरण, प्राकृतिक सुन्दरता, विकासका नाममा भएका विभिन्न किसिमका विकृति, राज्यका जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका गैरजिम्मेवार गतिविधि, सामाजिक र सांस्कृतिक अवस्थाले पारेका सकारात्मक र नकारात्मक प्रभाव, बहुपति विवाहका कारण महिलाले भोग्नुपरेका समस्या र समयसापेक्ष त्यसमा परिवर्तन हुनुपर्ने सामाजिक दृष्टिकोण, मानवले मानवसित गर्ने व्यवहार धार्मिक आस्थाका आधारमा नभई मानवीय हुनुपर्ने कुरा, विज्ञानप्रविधिको प्रयोग गरी गर्न सकिने लोमान्थाङका पर्यटकीय विकासका सम्भावना आदिलाई समेत प्रस्तुत गर्न खोजिएको निष्कर्ष प्राप्त भएको छ । 
Nepal Journals Online (JOL)
Title: पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
Description:
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय विषय बनाई त्यसैसम्बन्धी सैद्धान्तिक आधारमा प्रस्तुत लेख तयार गरिएको छ । कुनै पनि विषयमा गरिने गम्भीर चिन्तन वा सोचाइ नै विचार हो । पुडासैनीको प्रस्तुत नियात्रासङ्ग्रहका निबन्धमा मानवतावाद, पर्यावरण, जीवनदर्शन, धर्मसंस्कृति, सामाजिक बेथिति, महिलामैत्री तथा विज्ञानप्रविधिसम्बन्धी गम्भीर विचारहरू अभिव्यक्त भएका छन् । लेखकले यस कृतिमा मुस्ताङ जिल्लास्थित लोमन्थाङको पाँचदिने यात्राका व्रmममा भएका सुखदुःखका अनुभूतिजन्य निजी विचारहरूलाई उन्नाइस वटा नियात्रामार्फत प्रस्तुत गरेका छन् । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिसँगै विषय विश्लेषण विधिको प्रयोग गरी परिणाम निकालिएको हुँदा अध्ययन गुणात्मक प्रकृतिको छ । विवेच्य कृतिमा अभिव्यक्त वैचारिकतालाई मूल समस्या बनाएर त्यसको प्राज्ञिक समाधान खोज्न मानवतावादी, पर्यावरणसम्बन्धी, जीवनदर्शनसम्बन्धी  धर्मसंस्कृतिसम्बन्धी, समाजका बेथितिसम्बन्धी, महिलामैत्री तथा विज्ञानप्रविधिसम्बन्धी विचारजस्ता सूचकमा केन्द्रित भई यिनै सूचकसम्बन्धी विचार प्रस्तुत भएका सन्दर्भको खोजी गरी तिनकै आधारमा अध्ययन विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । विवेच्य कृतिमा उपल्लो मुस्ताङको पर्यावरण, प्राकृतिक सुन्दरता, विकासका नाममा भएका विभिन्न किसिमका विकृति, राज्यका जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका गैरजिम्मेवार गतिविधि, सामाजिक र सांस्कृतिक अवस्थाले पारेका सकारात्मक र नकारात्मक प्रभाव, बहुपति विवाहका कारण महिलाले भोग्नुपरेका समस्या र समयसापेक्ष त्यसमा परिवर्तन हुनुपर्ने सामाजिक दृष्टिकोण, मानवले मानवसित गर्ने व्यवहार धार्मिक आस्थाका आधारमा नभई मानवीय हुनुपर्ने कुरा, विज्ञानप्रविधिको प्रयोग गरी गर्न सकिने लोमान्थाङका पर्यटकीय विकासका सम्भावना आदिलाई समेत प्रस्तुत गर्न खोजिएको निष्कर्ष प्राप्त भएको छ । .

Related Results

उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...

Back to Top