Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालमा संविधानवादको कार्यान्वयन

View through CrossRef
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधानवादको प्रभाव भने लामो समय रहनसकेन । राज्यप्रणालीमा आएको परिवर्तनको कारण र पटकपटकको व्यवस्था परिवर्तन भएसँगै संविधानवादको कार्यान्वयनमा राजनैतिक दलको स्वार्थगत भावना र सरकार तथा शासनमा बसेका मानिसहरुको आफू अनुकुलको व्याख्याका कारण संविधानवाद ओझेलमा पर्यो । त्यो सँगै कानूनी शासनका संरक्षक, बुद्धिजिवी, कानूनका जानकार समेतले दलीय भागबण्डामा आफ्नो अस्तित्व बनाउँदै जानु र सैद्धान्तिक विषयलाई मात्रै बहसको विषय बनाएर जाँदा संविधान र कानूनको कार्यान्वयनमा कमजोरी देखा परे । यसैगरी न्याय सम्पादन गर्ने निकायमा समेत दलीय भागबण्डा गर्दा निष्पक्ष न्यायमाथि प्रहार हुनगयो । संविधान लोकतान्त्रिक र जनमुखी हुँदापनि यसको प्रयोगकर्तामा आएको विचलन र शक्तिको उन्मादले राज्यप्रणाली चलाउने मनोविज्ञानका कारण नेपालमा संविधानवाद कार्यान्वयनमा अभाव देखिएको हो । राज्यको कार्य सफलतापूर्वक सञ्चालन गर्नका निम्ति जब कसैलाई शक्ति प्रदान गरिन्छ त्यहाँ शक्तिको प्रयोग नागरिकको स्वतन्त्रता र रक्षा गर्नेभन्दा बढी प्रयोग गरिदैन भन्ने विश्वास र वचनवद्धताको आवश्यकता पर्दछ । नेपालमा धेरै संविधान बनेपनि कार्यन्वयन गर्न नपाउँदै विघटन हुने परिस्थितिका कारण संविधानवाद मौलाउन सकेन र कार्यान्वयनमा कठिनाई भयो । यस अध्ययनको उद्देश्य नेपालमा संविधानवादको कार्यान्वयनको अवस्थालाई व्याख्या गर्नु रहेको छ । संविधान भनेको सरकार स्थापनाको मूल आधार हो । सरकारले संविधानलाई कार्यान्वयन मात्र गर्दैन संविधानमा व्यवस्था भएका विषयलाई कानूनी आधारमा पालना गर्ने कार्य पनि गर्दछ । सरकारका ईच्छा, भावना र आकांक्षा असल हुँदाहुँदै पनि यसमा समावेश हुने प्रतिनिधिको अन्तरनिहित शक्ति प्रयोग र निरंकुश बन्ने प्रवृत्तिका कारण संविधानवादको कार्यान्वयन हुन सक्दैन । नेपालको सन्दर्भमा यिनै विषयले प्रसय पाएको पुष्टि हुन आउँछ ।
Title: नेपालमा संविधानवादको कार्यान्वयन
Description:
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधानवादको प्रभाव भने लामो समय रहनसकेन । राज्यप्रणालीमा आएको परिवर्तनको कारण र पटकपटकको व्यवस्था परिवर्तन भएसँगै संविधानवादको कार्यान्वयनमा राजनैतिक दलको स्वार्थगत भावना र सरकार तथा शासनमा बसेका मानिसहरुको आफू अनुकुलको व्याख्याका कारण संविधानवाद ओझेलमा पर्यो । त्यो सँगै कानूनी शासनका संरक्षक, बुद्धिजिवी, कानूनका जानकार समेतले दलीय भागबण्डामा आफ्नो अस्तित्व बनाउँदै जानु र सैद्धान्तिक विषयलाई मात्रै बहसको विषय बनाएर जाँदा संविधान र कानूनको कार्यान्वयनमा कमजोरी देखा परे । यसैगरी न्याय सम्पादन गर्ने निकायमा समेत दलीय भागबण्डा गर्दा निष्पक्ष न्यायमाथि प्रहार हुनगयो । संविधान लोकतान्त्रिक र जनमुखी हुँदापनि यसको प्रयोगकर्तामा आएको विचलन र शक्तिको उन्मादले राज्यप्रणाली चलाउने मनोविज्ञानका कारण नेपालमा संविधानवाद कार्यान्वयनमा अभाव देखिएको हो । राज्यको कार्य सफलतापूर्वक सञ्चालन गर्नका निम्ति जब कसैलाई शक्ति प्रदान गरिन्छ त्यहाँ शक्तिको प्रयोग नागरिकको स्वतन्त्रता र रक्षा गर्नेभन्दा बढी प्रयोग गरिदैन भन्ने विश्वास र वचनवद्धताको आवश्यकता पर्दछ । नेपालमा धेरै संविधान बनेपनि कार्यन्वयन गर्न नपाउँदै विघटन हुने परिस्थितिका कारण संविधानवाद मौलाउन सकेन र कार्यान्वयनमा कठिनाई भयो । यस अध्ययनको उद्देश्य नेपालमा संविधानवादको कार्यान्वयनको अवस्थालाई व्याख्या गर्नु रहेको छ । संविधान भनेको सरकार स्थापनाको मूल आधार हो । सरकारले संविधानलाई कार्यान्वयन मात्र गर्दैन संविधानमा व्यवस्था भएका विषयलाई कानूनी आधारमा पालना गर्ने कार्य पनि गर्दछ । सरकारका ईच्छा, भावना र आकांक्षा असल हुँदाहुँदै पनि यसमा समावेश हुने प्रतिनिधिको अन्तरनिहित शक्ति प्रयोग र निरंकुश बन्ने प्रवृत्तिका कारण संविधानवादको कार्यान्वयन हुन सक्दैन । नेपालको सन्दर्भमा यिनै विषयले प्रसय पाएको पुष्टि हुन आउँछ ।.

Related Results

नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू
कानून कार्यान्वयनः चुनौती, समस्या तथा सम्भावनाहरू
नेपालले विगत केही दशकहरूमा पञ्चायत हुदै राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक रूपान्तरणहरूको श्रृंखला देखेको छ । कानूनी प्रणालीको प्रभावकारिता केवल कानूनको मात्रा वा ...
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
माओवादी द्वन्द्वविरुद्ध विदेशी राष्ट्रहरूको सैनिक सहयोग
नेपालमा माओवादी द्वन्द्व व्यापक बन्दै गएपछि र त्यस विरुद्ध तत्कालीन शाही नेपाली सेना (यसपछि नेपाली सेनामात्र सम्बोधन गरिएको) परिचालन गरेपछि नेपाललाई पहिलादेखि नै सैनिक सहयोग दिँदै ...
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
प्रस्तुत अध्ययन नेपालमा वि.सं.२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ । नेपालम...
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालमा बुढ्यौलीको अवस्था {Old Aged Situation in Nepal}
नेपालको सन्दर्भमा ६० वर्ष र सो भन्दा माथिको जनसङ्ख्यालाई वृद्ध जनसङ्ख्याको रूपमा लिइन्छ । हाल विश्वमा वृद्धहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको १०% रहेको पाइन्छ भने नेपालको अवस्था ८.१३%...
सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
यस लेखले नेपालका विगतका संविधानहरूमा भएका भाषासम्बन्धी प्रावधानहरूको जगमा, त्यसमा पनि मुख्य गरेर सङ्घीय नेपालको संविधान २०७२ मा भाएका भाषासम्बन्धी प्रावधानहरूलाई मूलतः आधार मानेर भ...
विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}
विद्यालय शिक्षामा निःशुल्क शिक्षाको कार्यान्वयन {Implementation of Free Education in School}
प्रस्तुत लेख ‘विद्यालय स्तरमा निःशुल्क शिक्षाको कार्यान्वयन’ भन्ने शीर्षकमा तयार पारिएको छ । यसको मुख्य उद्देश्य विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयनको वर्तमान अवस्था पत्ता लगाई ...

Back to Top