Javascript must be enabled to continue!
इतिहास अध्ययनको आवश्यकता
View through CrossRef
पुस्तकालय अध्ययन, पुस्तक एवं जर्नलहरूको अध्ययन आदि विभिन्न माध्यमबाट जुटाइएका पाश्चात्य लेखकहरू समेतका धारणाहरूमा आधारित विषयवस्तुहरू विश्लेषण क्रममा नेपाली इतिहासविद्हरूसँगका अन्तर्वार्ताबाट प्राप्त जानकारी समेटेर तयार पारिएको प्रस्तुत आलेखमा इतिहास अध्ययनको आवश्यकता प्रस्ट्याइएको छ । गुणात्मक ढाँचाको व्याख्यात्मक तरिकाबाट विश्लेषण गरिएको प्रस्तुत अध्ययनले ऐतिहासिक चेतना निर्माणमा इतिहास अध्ययनको भूमिका के कस्तो रहन्छ भन्ने कुरालाई केन्द्रमा राखेको छ । आधुनिक नेपालमा इतिहास अध्ययन केवल शैक्षिक विषय मात्र नभएर राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता, समसामयिक राजनीतिक र सामाजिक चेतना निर्माणका लागि अनिवार्य उपकरण हो भन्ने यथार्थ उजागर गरिएको छ । पाश्चात्य शिक्षा प्रणालीको अनुकरण गरिँदा रैथाने ज्ञान, सीप, प्रविधिमा आधारित विषयवस्तुहरू उपेक्षित भएपछि इतिहास अध्ययन ओझेलमा पर्नाले देश पराधिनताको मार्गमा बढेको यथार्थ प्रष्ट्याउनु नै यस अनुसन्धानको मूल सन्दर्भ हो । नेपाली समाजमा इतिहास अध्ययनप्रतिको उपेक्षा, राष्ट्रिय चिन्तन, निर्णय प्रक्रिया आदिमा ऐतिहासिक चेतनाको अभाव र औपचारिक शिक्षामा इतिहासको स्थानमाथि पुनर्विचार गर्न आवश्यक छ । इतिहास अध्ययनले अतित बुझ्न मद्दत गर्ने मात्र नभएर वर्तमान सामाजिक संरचना, मूल्य प्रणाली र भविष्यको मार्गचित्र निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने यस अनुसन्धानको निष्कर्ष हो । त्यसैले नेपालमा इतिहास अध्ययनलाई ज्ञानको मूल आधारका रूपमा पुनस्र्थापना गर्नु पर्दछ ।
Title: इतिहास अध्ययनको आवश्यकता
Description:
पुस्तकालय अध्ययन, पुस्तक एवं जर्नलहरूको अध्ययन आदि विभिन्न माध्यमबाट जुटाइएका पाश्चात्य लेखकहरू समेतका धारणाहरूमा आधारित विषयवस्तुहरू विश्लेषण क्रममा नेपाली इतिहासविद्हरूसँगका अन्तर्वार्ताबाट प्राप्त जानकारी समेटेर तयार पारिएको प्रस्तुत आलेखमा इतिहास अध्ययनको आवश्यकता प्रस्ट्याइएको छ । गुणात्मक ढाँचाको व्याख्यात्मक तरिकाबाट विश्लेषण गरिएको प्रस्तुत अध्ययनले ऐतिहासिक चेतना निर्माणमा इतिहास अध्ययनको भूमिका के कस्तो रहन्छ भन्ने कुरालाई केन्द्रमा राखेको छ । आधुनिक नेपालमा इतिहास अध्ययन केवल शैक्षिक विषय मात्र नभएर राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता, समसामयिक राजनीतिक र सामाजिक चेतना निर्माणका लागि अनिवार्य उपकरण हो भन्ने यथार्थ उजागर गरिएको छ । पाश्चात्य शिक्षा प्रणालीको अनुकरण गरिँदा रैथाने ज्ञान, सीप, प्रविधिमा आधारित विषयवस्तुहरू उपेक्षित भएपछि इतिहास अध्ययन ओझेलमा पर्नाले देश पराधिनताको मार्गमा बढेको यथार्थ प्रष्ट्याउनु नै यस अनुसन्धानको मूल सन्दर्भ हो । नेपाली समाजमा इतिहास अध्ययनप्रतिको उपेक्षा, राष्ट्रिय चिन्तन, निर्णय प्रक्रिया आदिमा ऐतिहासिक चेतनाको अभाव र औपचारिक शिक्षामा इतिहासको स्थानमाथि पुनर्विचार गर्न आवश्यक छ । इतिहास अध्ययनले अतित बुझ्न मद्दत गर्ने मात्र नभएर वर्तमान सामाजिक संरचना, मूल्य प्रणाली र भविष्यको मार्गचित्र निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने यस अनुसन्धानको निष्कर्ष हो । त्यसैले नेपालमा इतिहास अध्ययनलाई ज्ञानको मूल आधारका रूपमा पुनस्र्थापना गर्नु पर्दछ ।.
Related Results
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
इतिहास शिक्षण का निर्णायक उपकरण शिक्षक
किसी विषय का शिक्षण एक कला है । जो विषय की प्रकृति के अनुसार बदलती रहती है । इसलिए विषय शिक्षक, कक्षा में शिक्षण के क्रम में विषय की अवधारणाओं को समझाने के दौरान कई चुनौतियों से रू...
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन ...
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्न...
सुम्निमा उपन्यासमा आत्माचिन्तन
सुम्निमा उपन्यासमा आत्माचिन्तन
आत्मा चिन्तनका आधारमा ‘सुम्निमा’ उपन्यासको पठन यस लेखको विषय हो । ‘सुम्निमा’ उपन्यासमा आत्मचिन्तनको अभिव्यक्त कसरी गरिएको छ भन्ने शोध्य प्रश्नको समाधानका लागि यो अध्ययनको उद्देश्य ...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
भारतीय जनांकिकीय लाभांश
भारतीय जनांकिकीय लाभांश
भारत को जनांकिकीय लाभांश का लाभ उठाने और अविश्वनीय आर्थिक विकास प्राप्त करने के लिए ऐसे विभिन्न पहलू है जिस पर भारत को कार्य करने की आवश्यकता है। भारत में 25 वर्ष की आयु वाले लोग क...
थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}
थैले खत्रीको इतिहास कथामा वर्गीय हित {Class Welfare in the Story "Thaile Khatriko Itihash"}
प्रस्तुत लेख “थैले खत्रीको इतिहास’ कथामा वर्गीय हित’ शीर्षकमा केन्द्रित रहेको छ । साहित्यको वर्गीयअवधारणा माक्र्सवादी साहित्य चिन्तनको प्रमुख पक्ष हो । ।।।थैले खत्रीको इतिहास’ कथाम...

