Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सुम्निमा उपन्यासमा आत्माचिन्तन

View through CrossRef
आत्मा चिन्तनका आधारमा ‘सुम्निमा’ उपन्यासको पठन यस लेखको विषय हो । ‘सुम्निमा’ उपन्यासमा आत्मचिन्तनको अभिव्यक्त कसरी गरिएको छ भन्ने शोध्य प्रश्नको समाधानका लागि यो अध्ययनको उद्देश्य केन्द्रित छ । जगत्लाई मिथ्या र ब्रह्मलाई सत्य मान्ने वेदान्त दर्शनले आत्माको अमरतालाई स्वीकार गरेको छ । उपन्यासका प्रमुख पात्रहरू सोमदत्तले जीवन यात्राका अनेक आरोहअवरोहमा आत्माचिन्तन गरेको सन्दर्भ यस लेखमा विषयबद्ध गरिएको छ । प्रस्तुत लेखमा सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । ‘सुम्निमा’ उपन्यासको यस अध्ययनको प्राथमिक सामग्री हो । अध्ययनको ढाँचा वेदान्त दर्शनमा आधारित छ । उपनिषद्, ब्रह्मसूत्र र गीता अध्ययनका आधारमा अवधारणात्मक ढाँचा निर्माण गरिएको छ । आत्मचिन्तन प्रस्तुत अध्ययनको मुख्य अवधारणा हो । पाठ विश्लेषण पद्धति अवलम्बन गरिएको यस लेखमा उपन्यासका साक्ष्यका आधारमा आत्माचिन्तनको विश्लेषण गरिएको छ । ब्राह्मण जातिको आत्मवाद र जनजातिको शरीरवादको द्वन्द्वको परिणाम कस्तो हुँदो रहेछ भन्ने ज्ञानको सञ्चार ‘सुम्निमा’ उपन्यासले गरेको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । भौतिकवादी सुम्निमा र अध्यात्मवादी सोमदत्तको मिलनबाट जीवन सार्थक भएकाले त्यसमा आत्मवादको भूमिका सान्दर्भिक, रहस्यमय र प्राज्ञिक दृष्टिले महत्त्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु प्रस्तुत अध्ययनको उपलब्धि रहेको छ ।
Title: सुम्निमा उपन्यासमा आत्माचिन्तन
Description:
आत्मा चिन्तनका आधारमा ‘सुम्निमा’ उपन्यासको पठन यस लेखको विषय हो । ‘सुम्निमा’ उपन्यासमा आत्मचिन्तनको अभिव्यक्त कसरी गरिएको छ भन्ने शोध्य प्रश्नको समाधानका लागि यो अध्ययनको उद्देश्य केन्द्रित छ । जगत्लाई मिथ्या र ब्रह्मलाई सत्य मान्ने वेदान्त दर्शनले आत्माको अमरतालाई स्वीकार गरेको छ । उपन्यासका प्रमुख पात्रहरू सोमदत्तले जीवन यात्राका अनेक आरोहअवरोहमा आत्माचिन्तन गरेको सन्दर्भ यस लेखमा विषयबद्ध गरिएको छ । प्रस्तुत लेखमा सामग्री सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । ‘सुम्निमा’ उपन्यासको यस अध्ययनको प्राथमिक सामग्री हो । अध्ययनको ढाँचा वेदान्त दर्शनमा आधारित छ । उपनिषद्, ब्रह्मसूत्र र गीता अध्ययनका आधारमा अवधारणात्मक ढाँचा निर्माण गरिएको छ । आत्मचिन्तन प्रस्तुत अध्ययनको मुख्य अवधारणा हो । पाठ विश्लेषण पद्धति अवलम्बन गरिएको यस लेखमा उपन्यासका साक्ष्यका आधारमा आत्माचिन्तनको विश्लेषण गरिएको छ । ब्राह्मण जातिको आत्मवाद र जनजातिको शरीरवादको द्वन्द्वको परिणाम कस्तो हुँदो रहेछ भन्ने ज्ञानको सञ्चार ‘सुम्निमा’ उपन्यासले गरेको छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ । भौतिकवादी सुम्निमा र अध्यात्मवादी सोमदत्तको मिलनबाट जीवन सार्थक भएकाले त्यसमा आत्मवादको भूमिका सान्दर्भिक, रहस्यमय र प्राज्ञिक दृष्टिले महत्त्वपूर्ण रहेकाले अन्य अध्येताका लागि उपयोगी हुनु प्रस्तुत अध्ययनको उपलब्धि रहेको छ ।.

Related Results

सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
योद्धा उपन्यासमा वर्गपक्षधरता
योद्धा उपन्यासमा वर्गपक्षधरता
प्रस्तुत लेख यदुनाथ भट्टराईद्वारा लिखित योद्धा उपन्यासमा अभिव्यक्त वर्गपक्षधरता अध्ययनमा केन्द्रित छ । यस लेखमा उपन्यासलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी कसीमा राखी व...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
चरैवति उपन्यासमा प्रजाति र परिवेश
चरैवति उपन्यासमा प्रजाति र परिवेश
प्रस्तुत लेखमा जीवन जीवन्तद्वारा रचित चरैवेति उपन्यासको हिप्पोलाइट एडोल्फ टेनद्वारा प्रतिपादित प्रजाति र परिवेश सिद्धान्तअनुसार विमर्श गरिएको छ । टेनको मान्यता अनुसार चरैवेति उपन्य...
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रेतकल्प उपन्यासमा स्थानीयता
प्रस्तुत लेखमा नारायण ढकालद्वारा लिखित ‘प्रेतकल्प’ उपन्यासमा सन्निहित स्थानीयताको विश्लेषण गरिएको छ । ‘प्रेतकल्प’ उपन्यासमा हालको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गतका विभिन्न भौगोल...

Back to Top