Javascript must be enabled to continue!
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
View through CrossRef
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्ने प्राध्यापन पेशामा प्रवेश गरेका तुलसीराम वैद्य आफ्नो मेहनत र कर्मबाट गुरुहरूका गुरु भन्दै स्मरण गरिने व्यक्तित्व बन्न सफल भएका व्यक्ति हुन् । आफ्ना कर्महरूले गर्दा नेपालका प्रख्यात इतिहासकार, ऐतिहासिक अध्ययन अनुसन्धानलाई अन्वेषणात्मक दृष्टिकोणबाट अगाडि बढाएर राष्ट्रिय इतिहास निर्माणको आधार तयार पार्न लागि पर्ने प्राज्ञ, आफ्ना घरायसी विषयवस्तु आवश्यकतालाई भन्दा शोधार्थी एवं ज्ञानात्मक भोक लिएर आउनेहरूलाई प्राथमिकता दिने गुरु, विषयगत लगनशीलता–प्रतिबद्धता दर्शाउँदै अध्ययन अध्यापन र अनुसन्धानलाई समायोजन गरी प्राज्ञिक विशिष्ट पहिचान हासिल गर्ने र अरूलाई पनि हासिल गर्न सघाउने विशेषज्ञको छवि बनाएका थिए । नेपालको इतिहास लेखनलाई जनता पक्षको इतिहास निर्माण तर्फ समेत डोर्याएका तुलसीराम वैद्यले नेपाली इतिहासलाई विश्वस्तरमा पु¥याउने कार्य गरेका थिए । ऐतिहासिक तथ्यहरूमा आधारित शुद्ध र प्रामाणिक ऐतिहासिक अनुसन्धानका लागि आफ्ना विद्यार्थी र अन्य जिज्ञासुहरुलाई समेत प्रेरणा दिएर मार्ग निर्देशन गर्न रमाउने तुलसीराम वैद्य स्थलगत गोष्ठीका जन्मदातादेखि नेपाल इतिहास संघका संस्थापक समेत हुन् । नेपालको इतिहास लेखन, अध्ययन, अनुसन्धान गर्न चाहनेहरूलाई साथ सहयोगदेखि मार्ग निर्देशन गर्नुलाई जीवनको प्रथम कर्म ठान्ने बानी एवं स्वभावले गर्दा असल गुरु, संरक्षक समेतको उपाधि पाएका वैद्य सरलाई बहुआयामिक व्यक्तित्वको स्थान दिइएको पइन्छ । प्रस्तुत अध्ययनको उद्देश्य तुलसीराम वैद्यको बहुआयामिक व्यक्तित्वमा केन्द्रीत रहेको छ ।
Nepal Journals Online (JOL)
Title: बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
Description:
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्ने प्राध्यापन पेशामा प्रवेश गरेका तुलसीराम वैद्य आफ्नो मेहनत र कर्मबाट गुरुहरूका गुरु भन्दै स्मरण गरिने व्यक्तित्व बन्न सफल भएका व्यक्ति हुन् । आफ्ना कर्महरूले गर्दा नेपालका प्रख्यात इतिहासकार, ऐतिहासिक अध्ययन अनुसन्धानलाई अन्वेषणात्मक दृष्टिकोणबाट अगाडि बढाएर राष्ट्रिय इतिहास निर्माणको आधार तयार पार्न लागि पर्ने प्राज्ञ, आफ्ना घरायसी विषयवस्तु आवश्यकतालाई भन्दा शोधार्थी एवं ज्ञानात्मक भोक लिएर आउनेहरूलाई प्राथमिकता दिने गुरु, विषयगत लगनशीलता–प्रतिबद्धता दर्शाउँदै अध्ययन अध्यापन र अनुसन्धानलाई समायोजन गरी प्राज्ञिक विशिष्ट पहिचान हासिल गर्ने र अरूलाई पनि हासिल गर्न सघाउने विशेषज्ञको छवि बनाएका थिए । नेपालको इतिहास लेखनलाई जनता पक्षको इतिहास निर्माण तर्फ समेत डोर्याएका तुलसीराम वैद्यले नेपाली इतिहासलाई विश्वस्तरमा पु¥याउने कार्य गरेका थिए । ऐतिहासिक तथ्यहरूमा आधारित शुद्ध र प्रामाणिक ऐतिहासिक अनुसन्धानका लागि आफ्ना विद्यार्थी र अन्य जिज्ञासुहरुलाई समेत प्रेरणा दिएर मार्ग निर्देशन गर्न रमाउने तुलसीराम वैद्य स्थलगत गोष्ठीका जन्मदातादेखि नेपाल इतिहास संघका संस्थापक समेत हुन् । नेपालको इतिहास लेखन, अध्ययन, अनुसन्धान गर्न चाहनेहरूलाई साथ सहयोगदेखि मार्ग निर्देशन गर्नुलाई जीवनको प्रथम कर्म ठान्ने बानी एवं स्वभावले गर्दा असल गुरु, संरक्षक समेतको उपाधि पाएका वैद्य सरलाई बहुआयामिक व्यक्तित्वको स्थान दिइएको पइन्छ । प्रस्तुत अध्ययनको उद्देश्य तुलसीराम वैद्यको बहुआयामिक व्यक्तित्वमा केन्द्रीत रहेको छ ।.
Related Results
पंकज मित्रजी से साक्षात्कार
पंकज मित्रजी से साक्षात्कार
साहित्य के क्षेत्र में साहित्य का मूल्यांकन करते हुए सृजनकर्ता के व्यक्तित्व की पहचान आवश्यक बन जाती है, क्योंकि जीवन और साहित्य का अभिन्न संबंध है l कोई भी साहित्यकार कितना भी तटस...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका ...
चीत्कार कथामा सीमान्तीयता
चीत्कार कथामा सीमान्तीयता
प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आ...
कौटिलीय अर्थशास्त्र में प्रतिपादित राजधर्म
कौटिलीय अर्थशास्त्र में प्रतिपादित राजधर्म
आचार्य कौटिल्य महान व्यक्तित्व एवं पारंगत राजनीतिज्ञ के रूप में जाने जाते हैं। आचार्य कौटिल्य एक कुशल राजनीतिज्ञ और यथार्थवादी चिन्तक हैं। कौटिल्य ने मौर्य साम्राज्य के विपुल यश के...
‘‘बदलते परिवेष में फैषन के प्रति युवतियों की जागरुकता का अध्ययन’’ मुजफ्फरपुर जिला के सन्दर्भ में।
‘‘बदलते परिवेष में फैषन के प्रति युवतियों की जागरुकता का अध्ययन’’ मुजफ्फरपुर जिला के सन्दर्भ में।
प्रस्तुत शोध ‘‘बदलते परिवेष में फैषन के प्रति युवतियों की जागरूकता का अध्ययन से संबंधित हैै। इसके लिए 18 से 25 वर्ष की 100 युवतियों का चयन किया गया है। इसमें साक्षात्कार एवं अनुसूच...
Gita Vadati
Gita Vadati
‘गीता वदति‘ नामक यह पुस्तक जनसामान्य हेतु श्रीमद्भगवद्गीता को व्यावहारिक, सरल और सारगर्भित ढंग से प्रस्तुत करने का विनम्र प्रयास है। पुस्तक की विषयवस्तु पर चर्चा करने से पूर्व श्री...
देवकोटाका काव्यमा रहस्यवादी चेतना
देवकोटाका काव्यमा रहस्यवादी चेतना
रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्...

