Javascript must be enabled to continue!
देवकोटाका काव्यमा रहस्यवादी चेतना
View through CrossRef
रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्रोतसामग्रीको रूपमा तथा रहस्यवादी चेतनाको अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । विश्वका धर्म, दर्शनर साहित्य जस्ता वाङ्मयका विधाहरूमा रहस्यवादी चेतनाको अभिव्यक्ति भएको पाइन्छ । नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका साहित्यिक कृतिहरूमा रहस्यवादी चेतनाको प्राचूर्य पाइन्छ । इन्द्रियातीत एवं विश्वातीत सत्य तथ्यका सूक्ष्म स्पन्दनलाई आकारित गर्ने देवकोटा अगोचर दुनियाँमा पुगेर तिनलाई आफ्ना कविता एवं निबन्धमा मुखरित गर्दछन् । मानवको हार्द एवं कल्पना ग्राह्य विषयमा विश्वास गर्ने देवकोटा बौद्धिक विषयलाई पनि रहस्यमा घोलेर कवितात्मक द्रवणको स्वरूपप्रदान गर्दछन्।
Title: देवकोटाका काव्यमा रहस्यवादी चेतना
Description:
रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्रोतसामग्रीको रूपमा तथा रहस्यवादी चेतनाको अवधारणालाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । दुवै प्रकृतिका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । विश्वका धर्म, दर्शनर साहित्य जस्ता वाङ्मयका विधाहरूमा रहस्यवादी चेतनाको अभिव्यक्ति भएको पाइन्छ । नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका साहित्यिक कृतिहरूमा रहस्यवादी चेतनाको प्राचूर्य पाइन्छ । इन्द्रियातीत एवं विश्वातीत सत्य तथ्यका सूक्ष्म स्पन्दनलाई आकारित गर्ने देवकोटा अगोचर दुनियाँमा पुगेर तिनलाई आफ्ना कविता एवं निबन्धमा मुखरित गर्दछन् । मानवको हार्द एवं कल्पना ग्राह्य विषयमा विश्वास गर्ने देवकोटा बौद्धिक विषयलाई पनि रहस्यमा घोलेर कवितात्मक द्रवणको स्वरूपप्रदान गर्दछन्।.
Related Results
वासवदत्तामा अलङ्कारविधान
वासवदत्तामा अलङ्कारविधान
वासवदत्ता कथाकाव्यका रचयिता सुबन्धु हुन् । सुबन्धु बाण र दण्डीका पनि पूर्ववर्ती मानिन्छन् । सुबन्धुरचित वासवदत्ता, बाणरचित कादम्बरी र दण्डीरचित दशकुमारचरित; यी तीन काव्यको समन्वयात...
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश
भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
मनमाया महाकाव्यमा रस
मनमाया महाकाव्यमा रस
महाकाव्यकार कृष्णप्रसाद पराजुली नेपाली काव्यसाधनाका एक अथक साधक हुन् । वि.सं.२०७१ सालमा प्रथमपटक प्रकाशित कविवर पराजुलीको मनमाया एउटा नेपाली धर्तीपुत्र लाहुरेको वीरताजन्य अनुभूतिला...
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश,...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
Jagdish Chandra Gupta's poetry: Social concerns
Jagdish Chandra Gupta's poetry: Social concerns
Literature is a powerful medium of expression of social consciousness. A writer or poet is also a member of the society, who has his own social position, he is also social. Literat...

