Javascript must be enabled to continue!
चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना
View through CrossRef
लालगोपाल सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामो कवितामा डायोस्पोरिक चेतना पाइन्छ । डायोस्पोरिक लेखनमा जन्मभूमिबाट टाढा भएका मानिसहरूको जीवन, पहिचान सङ्घर्ष, संस्कृति, भाषा र सम्झनालाई विषय बनाइएका हुन्छन् । डायोस्पोरिक चेतनायुक्त साहित्यिक रचनामा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता विषयहरूलाई प्रस्तुत गरिएको हुन्छ । सुवेदीका ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामोकवितामा पनि विदेशमा बसेका मानिसले गर्ने जन्मभूमिको सम्झना, चिन्ता, मोह, पहिचानको सङ्कट जस्ता विषयहरू समेटिएका छन् । तसर्थ यस कृतिमा अभिव्यक्त डायोस्पोरिक चेतना केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा यसको शोध समस्या बनेको छ । यही जिज्ञासाको समाधान गर्नु नै यस लेखको उद्देश्य रहेको छ । यसका लागि सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ पुस्तकलाई प्राथमिक सामग्रीका रूपमा र यस कृतिका बारेमा भएका समीक्षा तथा डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक अवधारणा प्रस्तुत भएका कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा पुस्तकालयीय कार्यबाट नै सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण भने पाठमा आधारित भएर विश्लेषणात्मक तथा वर्णनात्मक पद्धतिबाट गरिएको छ । डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक दृष्टिकोणका आधारमा कृतिको विश्लेषण गरी प्राज्ञिक जिज्ञासाको निरूपण गरिएको हुनाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रवृत्तिको यस लेखमा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता डायस्पोरिक चेतनाका प्रमुख बुँदाका आधारमा कृतिको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यसबाट सुवेदीको यस कृतिमा अमेरिकामा बसेर नेपाली समाजमा भएका विकृति र विसङ्गतिको चिरफार गरी इतिहास, संस्कृति तथा पहिचानप्रतिको चिन्ता व्यक्त गरिएको सन्दर्भका माध्यमबाट डायस्पोरिक चेतना प्रबल बनेको निष्कर्ष निकालिएको छ ।
Title: चेतनप्रवाहमा सारेगमप लामो कवितामा डायोस्पोरिक चेतना
Description:
लालगोपाल सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामो कवितामा डायोस्पोरिक चेतना पाइन्छ । डायोस्पोरिक लेखनमा जन्मभूमिबाट टाढा भएका मानिसहरूको जीवन, पहिचान सङ्घर्ष, संस्कृति, भाषा र सम्झनालाई विषय बनाइएका हुन्छन् । डायोस्पोरिक चेतनायुक्त साहित्यिक रचनामा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता विषयहरूलाई प्रस्तुत गरिएको हुन्छ । सुवेदीका ‘चेतनप्रवाहमा सारेगमप’ शीर्षकको लामोकवितामा पनि विदेशमा बसेका मानिसले गर्ने जन्मभूमिको सम्झना, चिन्ता, मोह, पहिचानको सङ्कट जस्ता विषयहरू समेटिएका छन् । तसर्थ यस कृतिमा अभिव्यक्त डायोस्पोरिक चेतना केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा यसको शोध समस्या बनेको छ । यही जिज्ञासाको समाधान गर्नु नै यस लेखको उद्देश्य रहेको छ । यसका लागि सुवेदीको ‘चेतनप्रवाहमा सारेगमप’ पुस्तकलाई प्राथमिक सामग्रीका रूपमा र यस कृतिका बारेमा भएका समीक्षा तथा डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक अवधारणा प्रस्तुत भएका कृतिलाई द्वितीयक सामग्रीका रूपमा लिइएको छ । यसमा पुस्तकालयीय कार्यबाट नै सामग्रीको सङ्कलन गरिएको छ । सामग्रीको विश्लेषण भने पाठमा आधारित भएर विश्लेषणात्मक तथा वर्णनात्मक पद्धतिबाट गरिएको छ । डायोस्पोरिक चेतनासम्बन्धी सैद्धान्तिक दृष्टिकोणका आधारमा कृतिको विश्लेषण गरी प्राज्ञिक जिज्ञासाको निरूपण गरिएको हुनाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रवृत्तिको यस लेखमा विस्थापन, स्वदेशप्रतिको मोह, पहिचान सङ्कट, बहुसांस्कृतिक द्वन्द्व र घरको खोजीजस्ता डायस्पोरिक चेतनाका प्रमुख बुँदाका आधारमा कृतिको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यसबाट सुवेदीको यस कृतिमा अमेरिकामा बसेर नेपाली समाजमा भएका विकृति र विसङ्गतिको चिरफार गरी इतिहास, संस्कृति तथा पहिचानप्रतिको चिन्ता व्यक्त गरिएको सन्दर्भका माध्यमबाट डायस्पोरिक चेतना प्रबल बनेको निष्कर्ष निकालिएको छ ।.
Related Results
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
भोकको लय कवितासङ्ग्रहमा दलितचेत
प्रस्तुत लेखमा दलितचेतका मान्यताहरूलाई आधार बनाई भोकको लय कवितासङ्ग्रहको अध्ययन गरिएको छ । भोकको लय कवितासङ्ग्रहमा के-कस्तो दलितचेत पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन ग...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...

