Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}

View through CrossRef
प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्तलाई सैद्धान्तिक पर्याधरका रूपमा ग्रहण गरिएको छ । यस लेखका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस लेखमा वाच्यार्थपरक आर्थी व्यञ्जना, लक्ष्यार्थपरक आर्थी व्यञ्जना र व्यङ्ग्यार्थपरक आर्थी व्यञ्जनालाई आधार बनाएर कविताको व्यङ्ग्यार्थ निरूपण गरिएको छ । लामो समयदेखि समाजमा जरो गाडेर बसेको जनविरोधी शासनको अन्त्य गरी जनभावना अनुकूलको शासन स्थापनाका लागि क्रान्ति नै अन्तिम मार्ग हो भन्दै क्रान्तिका माध्यमबाट जनचाहना परिपूर्ति गर्न सकिन्छ भन्ने व्यङ्ग्यार्थ यस कवितामा प्रकट भएको कुरा प्रस्तुत लेखमा उल्लेख गरिएको छ । कवितामा आएका ‘आमा’ले नेपाल आमालाई, ‘छोरा’ले ‘नेपाली जनता’लाई र त्यो’ सर्वनामले ‘क्रान्ति’लाई बुझाएका छन् भने देशमा नयाँ व्यवस्थाको स्थापना केवल क्रान्तिका माध्यमबाट मात्र सम्भव छ भन्ने मूल कथ्य व्यञ्जना शब्दशक्तिका माध्यमबाट अभिव्यञ्जित भएको छ भन्ने विषय यस लेखमा प्रस्ट्याइएको छ । त्यसैले क्रान्ति नै परिवर्तनको संवाहक हो र जनतामा नयाँ चेतना भर्नका लागि क्रान्ति अनिवार्य छ भन्ने कुरा कवितामा आर्थी व्यञ्जना बनेर प्रकट भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।
Title: ‘आमाको सपना’ कवितामा आर्थी व्यञ्जना {Arthi Vyanjana in the poem 'Amako Sapna'}
Description:
प्रस्तुत लेखमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविताबाट अभिव्यञ्जित व्यङ्ग्यार्थ निरूपण गरिएको छ । यस लेखमा ‘आमाको सपना’ कवितालाई आधारभूत सामग्री तथा व्यञ्जना शब्दशक्तिको सिद्धान्तलाई सैद्धान्तिक पर्याधरका रूपमा ग्रहण गरिएको छ । यस लेखका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस लेखमा वाच्यार्थपरक आर्थी व्यञ्जना, लक्ष्यार्थपरक आर्थी व्यञ्जना र व्यङ्ग्यार्थपरक आर्थी व्यञ्जनालाई आधार बनाएर कविताको व्यङ्ग्यार्थ निरूपण गरिएको छ । लामो समयदेखि समाजमा जरो गाडेर बसेको जनविरोधी शासनको अन्त्य गरी जनभावना अनुकूलको शासन स्थापनाका लागि क्रान्ति नै अन्तिम मार्ग हो भन्दै क्रान्तिका माध्यमबाट जनचाहना परिपूर्ति गर्न सकिन्छ भन्ने व्यङ्ग्यार्थ यस कवितामा प्रकट भएको कुरा प्रस्तुत लेखमा उल्लेख गरिएको छ । कवितामा आएका ‘आमा’ले नेपाल आमालाई, ‘छोरा’ले ‘नेपाली जनता’लाई र त्यो’ सर्वनामले ‘क्रान्ति’लाई बुझाएका छन् भने देशमा नयाँ व्यवस्थाको स्थापना केवल क्रान्तिका माध्यमबाट मात्र सम्भव छ भन्ने मूल कथ्य व्यञ्जना शब्दशक्तिका माध्यमबाट अभिव्यञ्जित भएको छ भन्ने विषय यस लेखमा प्रस्ट्याइएको छ । त्यसैले क्रान्ति नै परिवर्तनको संवाहक हो र जनतामा नयाँ चेतना भर्नका लागि क्रान्ति अनिवार्य छ भन्ने कुरा कवितामा आर्थी व्यञ्जना बनेर प्रकट भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।.

Related Results

Book Review
Book Review
Susheel Kumar Sharma’s Unwinding Self: A Collection of Poems. Cuttack: Vishvanatha Kaviraj Institute, 2020, ISBN: 978-81-943450-3-9, Paperback, pp. viii + 152. Like his earli...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘अवैध सम्बन्ध’ कविताको लयविधान
‘अवैध सम्बन्ध’ कविताको लयविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा बानिरा गिरी (२००३–२०७८) द्वारा रचित तथा प्रज्ञा आधुनिक कविता (२०७४) मा सङ्कलित ‘अवैध सम्बन्ध’ कविताको लयविधानबारे अध्ययन गरिएको छ । कवितामा अनुबन्धित ...

Back to Top