Javascript must be enabled to continue!
किरात पारिबुङको सांस्कृतिक अभ्यास
View through CrossRef
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (बुङ = पूmल) अर्थात् सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमाझुन्डाइएको पूmल भन्ने अर्थ लाग्दछ । त्यसै गरी देवा (मुन्दुमी पुजारी) वा नोक्छो (धामी) हरुलेधार्मिक/सांस्कृतिक अनुष्ठानको अवसरमा शिरमा सिरीपेचको रुपमा लगाउने सांस्कृतिक पहिरनलाई पनि थुलुङ राई भाषामा पारिबुङ नै भन्ने गरिन्छ । सबै भाषिक राई समुदायका देवा र नोक्छोलेशिरमा पारिबुङ लगाएर सांस्कृतिक अनुष्ठान कार्य गर्दछन् यसर्थ पारिबुङ किरात संस्कार संस्कृतिकाअभिन्न अङ्ग हो । पारिबुङविनाको किरात संस्कार सस्कृति अधुरो अपुरो रहन्छ । यति धेरै महङ्खवबोकेको पारिबुङको विषयमा यस लेख भन्दा अगाडि कुनै अध्ययन अनुसन्धान भएको पाइँदैन ।यसकारण पारिबुङको इतिहास, यसको सांस्कृतिक अभ्यासलाई अध्ययन गर्ने उदेश्यका साथ किरातथुलुङ राईहरुको सघन बस्ती रहेका सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका अन्तर्गतका गाउँहरु लोखिम, मुलिदेल, पन्चन र खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिकाका रिब्जुङ गाउँलाईअध्ययन क्षेत्र छनौट गरेर किरात राई समुदायले प्रयोग गर्दै आएका सांस्कृतिक बिम्बहरुका इतिहास र सामाजिक मान्यताबारे अध्ययन गरिएको छ । अध्ययनको क्रममा देवा, नोक्छो तथा किरात राई समुदायका अग्रज व्यक्तित्वहरुलाई स्रोतको रुपमा लिइएको छ । यसै गरी हलेसी तुवाचुङनगरपालिका वडा नम्बर ५ का सामाजिक अभियन्ता तिलक चामलिङ राईसँग पटकपटक पारिबुङकोइतिहास, यसको महङ्खवबारे छलफल भएको छ । अध्ययनको क्रममा ज्ञानको स्रोतको रुपमा छनौट गरिएका व्याक्तित्वहरु किरात मुन्दुम र सभ्यताका ज्ञाता भएकाले पारिबुङको विषयमा गरिएको स्थलगत अन्तरर्वार्ताबाट प्राप्त सबै जनाकारीहरु विश्वास योग्य छन । सामूहिक छलफल र स्थललगतअन्तरर्वार्ता नै यस लेखको अध्ययनविधि हो । यसको अतिरिक्त विभिन्न देशका राष्ट्रिय झन्डा, धार्मिकतथा सङ्घ सस्थाहरुको झन्डाको इतिहास र तिनका अर्थ पनि यस लेखको अध्ययन विधिमा समावेशगरिएको छ ।
Title: किरात पारिबुङको सांस्कृतिक अभ्यास
Description:
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (बुङ = पूmल) अर्थात् सिधा भाषामा पारिबुङ भन्नाले खुला आकाशमाझुन्डाइएको पूmल भन्ने अर्थ लाग्दछ । त्यसै गरी देवा (मुन्दुमी पुजारी) वा नोक्छो (धामी) हरुलेधार्मिक/सांस्कृतिक अनुष्ठानको अवसरमा शिरमा सिरीपेचको रुपमा लगाउने सांस्कृतिक पहिरनलाई पनि थुलुङ राई भाषामा पारिबुङ नै भन्ने गरिन्छ । सबै भाषिक राई समुदायका देवा र नोक्छोलेशिरमा पारिबुङ लगाएर सांस्कृतिक अनुष्ठान कार्य गर्दछन् यसर्थ पारिबुङ किरात संस्कार संस्कृतिकाअभिन्न अङ्ग हो । पारिबुङविनाको किरात संस्कार सस्कृति अधुरो अपुरो रहन्छ । यति धेरै महङ्खवबोकेको पारिबुङको विषयमा यस लेख भन्दा अगाडि कुनै अध्ययन अनुसन्धान भएको पाइँदैन ।यसकारण पारिबुङको इतिहास, यसको सांस्कृतिक अभ्यासलाई अध्ययन गर्ने उदेश्यका साथ किरातथुलुङ राईहरुको सघन बस्ती रहेका सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका अन्तर्गतका गाउँहरु लोखिम, मुलिदेल, पन्चन र खोटाङ जिल्ला, ऐसेलुखर्क गाउँपालिकाका रिब्जुङ गाउँलाईअध्ययन क्षेत्र छनौट गरेर किरात राई समुदायले प्रयोग गर्दै आएका सांस्कृतिक बिम्बहरुका इतिहास र सामाजिक मान्यताबारे अध्ययन गरिएको छ । अध्ययनको क्रममा देवा, नोक्छो तथा किरात राई समुदायका अग्रज व्यक्तित्वहरुलाई स्रोतको रुपमा लिइएको छ । यसै गरी हलेसी तुवाचुङनगरपालिका वडा नम्बर ५ का सामाजिक अभियन्ता तिलक चामलिङ राईसँग पटकपटक पारिबुङकोइतिहास, यसको महङ्खवबारे छलफल भएको छ । अध्ययनको क्रममा ज्ञानको स्रोतको रुपमा छनौट गरिएका व्याक्तित्वहरु किरात मुन्दुम र सभ्यताका ज्ञाता भएकाले पारिबुङको विषयमा गरिएको स्थलगत अन्तरर्वार्ताबाट प्राप्त सबै जनाकारीहरु विश्वास योग्य छन । सामूहिक छलफल र स्थललगतअन्तरर्वार्ता नै यस लेखको अध्ययनविधि हो । यसको अतिरिक्त विभिन्न देशका राष्ट्रिय झन्डा, धार्मिकतथा सङ्घ सस्थाहरुको झन्डाको इतिहास र तिनका अर्थ पनि यस लेखको अध्ययन विधिमा समावेशगरिएको छ ।.
Related Results
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
राई जातिमा प्रचलित पगरी संस्कृति
राई जातिमा प्रचलित पगरी संस्कृति
पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपो...
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
मिडिया कभरेजमा दोस्रो सल्लाहकार सभा
प्रस्तुत अध्ययन नेपालमा वि.सं.२००७ सालको क्रान्तिपछि भएको संसदीय अभ्यास राणा शासनको अन्त्य गरी संविधानसभा निर्वाचन मार्फत मुलुकको शासकीय स्वरुपको मार्गचित्र तय गरेको र संविधानसभाको...
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
प्रस्तुत शोध-प्रबंध “वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन” रामचरितमानस में राम के नायकत्व की बहुआयामी संरचना का रस-सिद्धांत और सांस...
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्य
नेपाली उपन्यासमा किराती सौन्दर्यलाई के कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । किराती नेपालको प्राचीन जातिको नाम हो । नेपालमा विकसित भएका पुराना सभ्यतामध्येको एक क...

