Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

राई जातिमा प्रचलित पगरी संस्कृति

View through CrossRef
पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपोस भए तापनि भूमिकाको आधारमा भने अर्थ फरक–फरक रहेको छ । राईहरु बहुभाषी भएकाले पगरीलाई फेटा, दोलो, मुजुरी÷शिरपोस÷आदि नामले सम्बोधन गर्ने गर्दछन । यसको प्रयोग विशेष गरी किरात राईहरुले सांस्कृतिक शुभ–कार्यहरुमा मुख्य व्यक्ति व्यक्तित्वहरुलाई फेटा गुथाएर सम्मान गर्ने किरात राईहरुको परम्परा रहेको छ । किरात राई मुन्दुमअनुसार सायाचोङ्/सायाबूङ् (शिर उठाउँदा) नछुङले मुन्दुम रिसिया  गाउँदै फेटा गुथाएर सायाचोङ् (शिरउठाउने) गर्ने परम्परा रहेको छ । यसरी सायाचोङ् गर्दा पाछा, सामेत्, बबि, सुप्तुलुङ/तीन चुलाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने मान्यता रहेको छ । यदि यसो नभए फेटाको मुन्दुमी विधि (प्राणप्रतिष्ठा) भएको भने मानिँदैन । त्यसै गरी शिर उठाउने विधाअनुसार मुन्दुम÷रिसियाहरु पनि फरक–फरक हुने गर्दछ । राई समुदायमा प्रचलित पगरीको प्रयोग, महङ्खव, अर्थ, उत्पति तथा ऐतिहासिकता, मुन्दुमी व्याख्या, दर्शन, पगरी पहिराउने विधाहरुबारे प्राज्ञिक अध्ययन गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस लेख तयार गर्दा यसको ढाचा र विषयवस्तु प्रकृतिका हिसाबले गुणात्मक अध्ययन विधि अन्तर्गत इथ्नोग्राफी विधि अपनाइएको छ भने यस लेखमा प्राथमिक तथा द्वितीयक दुवै प्रकारको तथ्याङ् कहरुको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरु अनुसन्धकर्ता आफैँ अध्ययन क्षेत्रमा उपस्थित भएर गहण सहभागितामूलक अवलोकन गरी तथ्याङ्कहरु सङ्कलन गरिएको छ । यसै गरी दोलोसँग ज्ञान भएको १२ जना विज्ञहरुसँग प्रत्यक्ष अन्तरर्वार्ता गरिएको छ । द्वितीयक स्रोतको रुपमा फेटासम्बन्धि प्रकाशित पुस्तकहरु, अप्रकाशित पुस्तक, ऐतिहासिक दस्ताबेज, शोधपत्र, ई–लाईबेरी, जर्नल आदिको पनि प्रयोग गरिएको छ ।
Title: राई जातिमा प्रचलित पगरी संस्कृति
Description:
पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपोस भए तापनि भूमिकाको आधारमा भने अर्थ फरक–फरक रहेको छ । राईहरु बहुभाषी भएकाले पगरीलाई फेटा, दोलो, मुजुरी÷शिरपोस÷आदि नामले सम्बोधन गर्ने गर्दछन । यसको प्रयोग विशेष गरी किरात राईहरुले सांस्कृतिक शुभ–कार्यहरुमा मुख्य व्यक्ति व्यक्तित्वहरुलाई फेटा गुथाएर सम्मान गर्ने किरात राईहरुको परम्परा रहेको छ । किरात राई मुन्दुमअनुसार सायाचोङ्/सायाबूङ् (शिर उठाउँदा) नछुङले मुन्दुम रिसिया  गाउँदै फेटा गुथाएर सायाचोङ् (शिरउठाउने) गर्ने परम्परा रहेको छ । यसरी सायाचोङ् गर्दा पाछा, सामेत्, बबि, सुप्तुलुङ/तीन चुलाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने मान्यता रहेको छ । यदि यसो नभए फेटाको मुन्दुमी विधि (प्राणप्रतिष्ठा) भएको भने मानिँदैन । त्यसै गरी शिर उठाउने विधाअनुसार मुन्दुम÷रिसियाहरु पनि फरक–फरक हुने गर्दछ । राई समुदायमा प्रचलित पगरीको प्रयोग, महङ्खव, अर्थ, उत्पति तथा ऐतिहासिकता, मुन्दुमी व्याख्या, दर्शन, पगरी पहिराउने विधाहरुबारे प्राज्ञिक अध्ययन गर्ने यस अध्ययनको उद्देश्य रहेको छ । यस लेख तयार गर्दा यसको ढाचा र विषयवस्तु प्रकृतिका हिसाबले गुणात्मक अध्ययन विधि अन्तर्गत इथ्नोग्राफी विधि अपनाइएको छ भने यस लेखमा प्राथमिक तथा द्वितीयक दुवै प्रकारको तथ्याङ् कहरुको प्रयोग गरिएको छ । प्राथमिक स्रोतहरु अनुसन्धकर्ता आफैँ अध्ययन क्षेत्रमा उपस्थित भएर गहण सहभागितामूलक अवलोकन गरी तथ्याङ्कहरु सङ्कलन गरिएको छ । यसै गरी दोलोसँग ज्ञान भएको १२ जना विज्ञहरुसँग प्रत्यक्ष अन्तरर्वार्ता गरिएको छ । द्वितीयक स्रोतको रुपमा फेटासम्बन्धि प्रकाशित पुस्तकहरु, अप्रकाशित पुस्तक, ऐतिहासिक दस्ताबेज, शोधपत्र, ई–लाईबेरी, जर्नल आदिको पनि प्रयोग गरिएको छ ।.

Related Results

किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
साकेला सिली संस्कृति
साकेला सिली संस्कृति
साकेला सिली संस्कृति राई जातिमा प्रचलित अभिनयात्मक मौलिक नृत्यकला हो । लेख्यपरम्परा र भाषाको विकास नभएको बेला आफुले प्राप्त गरेको मौलिक ज्ञान, सिप, कला र सिलीमार्फत यसलाई एक पुस्ता...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ (२०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्ले...
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
डायरीमा रामप्रसाद राई उपन्यासमा समाजवादी यथार्थवाद {Socialist Realism in the Novel Ram Prasad Rai in Diary}
प्रस्तुत अध्ययन गणेश अधिकारीद्वारा लिखित ‘डायरीमा रामप्रसाद राई’ २०७७) उपन्यासमा केन्द्रित छ । यहाँ ‘डायरीमा रामप्रसाद राई’ उपन्यासलाई समाजवादी यथार्थवादका कसीमा अध्ययन तथा विश्लेष...
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत...
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम...
माधवी उपन्यासमा संस्कृति
माधवी उपन्यासमा संस्कृति
प्रस्तुत अध्ययन माधवी उपन्यासमा चित्रण गरिएका संस्कृतिको अध्ययनमा केन्द्रित छ । यस उपन्यासमा महाभारतको उद्योग पर्वका अध्याय १०६ देखि १२३ सम्म पाइने गालवसम्बन्धी कथालाई आधार बनाइए प...
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अ...

Back to Top