Javascript must be enabled to continue!
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूमा सामाजिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक एवं पौराणिक विषयवस्तु समाविष्ट भएको पाइन्छ । यी फागुगीतमा समाविष्ट विभिन्न विषयवस्तुका माध्यमबाट हर्ष र खुसियाली, विरह र वेदना, राष्ट्रप्रेमको भावना, धार्मिक एवं सांस्कृतिक चेतना, पाप र पुण्यसम्बन्धी विश्वास, मानव जीवनको महिमा गान तथा भौगोलिक र ऐतिहासिक चेतना मुखरित भएको पाइन्छ । यहाँ प्रचलित फागुगीतमा विशेषगरी विरह र वेदना एवं हर्षभावको अभिव्यक्ति पाइनुका साथै यी गीतले ईश्वर भक्तिको भावलाई उजागर गरी ईश्वरीय शक्तिको महिमा र यस संसारको पालन तथा संरक्षणमा ईश्वर वा दैवी शक्तिको भूमिकालाई प्रस्तुत गरेका छन् । यी धार्मिक गीतहरूको भावभूमि धर्म वा संस्कारजन्य कुरा र तिनको अर्थ तथा भक्तिमार्गसँग जोडिएको छ । यहाँ प्रचलित फागुगीतमा प्रखर रूपमा राष्ट्रियताको भावना प्रस्तुत भएको पाइन्छ । स्वर्गजस्तो सुन्दर नेपाल राष्ट्रको मुहार फेर्न र मातृभूमिलाई हँसाउन विदेशिएका युवाहरू स्वदेशमै फर्किएर यसलाई स्वाधीन बनाउनु पर्ने कुराको अभिव्यक्ति रहेको पाइन्छ भने भौगोलिक र ऐतिहासिक फागुगीतमा पाल्पा जिल्लाको भौगोलिक अवस्थितिको चित्रण गर्नुका साथै सेन वंशीय राजाले राजधानी बनाई राज्य गरेको पुरानोकोट दरबार अनि त्यसको नजिकै भैरवस्थानमा अवस्थित एसियाको सबै भन्दा ठुलो त्रिशुल भएको भैरवको मन्दिर, पाल्पाको सदरमुकाममा रहेको दरबार र त्यसको ठुलो ढोका तथा नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकीको किनारमा रहेको रानीमहलको महिमागान गरी देशप्रेमको भावना अभिव्यक्त गरेको पाइन्छ ।
Title: रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूमा सामाजिक, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक एवं पौराणिक विषयवस्तु समाविष्ट भएको पाइन्छ । यी फागुगीतमा समाविष्ट विभिन्न विषयवस्तुका माध्यमबाट हर्ष र खुसियाली, विरह र वेदना, राष्ट्रप्रेमको भावना, धार्मिक एवं सांस्कृतिक चेतना, पाप र पुण्यसम्बन्धी विश्वास, मानव जीवनको महिमा गान तथा भौगोलिक र ऐतिहासिक चेतना मुखरित भएको पाइन्छ । यहाँ प्रचलित फागुगीतमा विशेषगरी विरह र वेदना एवं हर्षभावको अभिव्यक्ति पाइनुका साथै यी गीतले ईश्वर भक्तिको भावलाई उजागर गरी ईश्वरीय शक्तिको महिमा र यस संसारको पालन तथा संरक्षणमा ईश्वर वा दैवी शक्तिको भूमिकालाई प्रस्तुत गरेका छन् । यी धार्मिक गीतहरूको भावभूमि धर्म वा संस्कारजन्य कुरा र तिनको अर्थ तथा भक्तिमार्गसँग जोडिएको छ । यहाँ प्रचलित फागुगीतमा प्रखर रूपमा राष्ट्रियताको भावना प्रस्तुत भएको पाइन्छ । स्वर्गजस्तो सुन्दर नेपाल राष्ट्रको मुहार फेर्न र मातृभूमिलाई हँसाउन विदेशिएका युवाहरू स्वदेशमै फर्किएर यसलाई स्वाधीन बनाउनु पर्ने कुराको अभिव्यक्ति रहेको पाइन्छ भने भौगोलिक र ऐतिहासिक फागुगीतमा पाल्पा जिल्लाको भौगोलिक अवस्थितिको चित्रण गर्नुका साथै सेन वंशीय राजाले राजधानी बनाई राज्य गरेको पुरानोकोट दरबार अनि त्यसको नजिकै भैरवस्थानमा अवस्थित एसियाको सबै भन्दा ठुलो त्रिशुल भएको भैरवको मन्दिर, पाल्पाको सदरमुकाममा रहेको दरबार र त्यसको ठुलो ढोका तथा नेपालको ताजमहल भनेर चिनिने कालीगण्डकीको किनारमा रहेको रानीमहलको महिमागान गरी देशप्रेमको भावना अभिव्यक्त गरेको पाइन्छ ।.
Related Results
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अ...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
उदयपुरस्थित चौदण्डीगढीको पुरातात्विक अन्वेषण {Archaeological Exploration of Chaudandi Gadhi Udayapur}
चौदण्डीगढी उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं. १ चौदण्डी डाँडामा अबस्थित छ । ऐतिहासिक चौदण्डी गढी सामरिक तथा पुरातात्विक हिसाबले एक महत्वपूर्ण सम्पदा हो । यो स्थान समुन्द्र सतह...
पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...

