Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू

View through CrossRef
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अवसरमा प्रदर्शन गरिने मनोरञ्जनसँग सम्बन्धित रहेका छन् । यस प्रकारका लोकनृत्यहरूमा आख्यानको प्रयोग भए या नभए वा वाद्यवादनसहित या वाद्यवादन रहित जे जस्तो रूपमा प्रदर्शन गरिने भए पनि यहाँ प्रचलित नृत्यहरू महत्त्वपूर्ण रहेका छन् । यहाँ प्रचललनमा रहेका लोकनृत्यहरूको प्रस्तुतिमा कतिपयमा महिला र पुरुषको समान रूपमा उपस्थिति रहेको पाइन्छ भने कतिपय लोकनृत्यमा महिलाको मात्र र कतिपयमा पुरुषहरूको मात्र पनि उपस्थिति रहेको पाइन्छ । यहाँ प्रचलित लोकनृत्यका लागि आवश्यक सैद्धान्तिक अवधारणाका साथै ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यलाई भौगोलिक सीमा बनाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू के कसरी कुन समयमा प्रस्तुत गरिन्छन् भन्ने जिज्ञासाको अनुशीलन यस लेखमा गरिएको छ । यस लेखमा नृत्यसँग सम्बन्धित सामग्री क्षेत्रकार्यका साथै यस विषयका स्थानीय विज्ञ व्यक्तिहरूसँग सोधपुछ गरी अध्ययनको आधार तयार पारिएको छ । यस अध्ययनमा सिद्धान्तका लागि पुस्तकालयीय कार्यबाट र द्वितीयक सामग्री सङ्कलन गरी यसको सैद्धान्तिक ढाँचासमेत तयार पारिएको छ । यस अध्ययनमा सम्बन्धित क्षेत्रमा नृत्यको प्रस्तुति के कसरी गरिन्छ र कुन समयमा नृत्यहरू प्रस्तुत हुन्छन् भन्ने कुरा जनसमक्ष ल्याएर ती नृत्यहरूका बारेमा परिचित गराउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यहाँ प्रचलनमा रहेका चण्डीनाच, च्याब्रुङनाच, धाननाच, सेलोनाच, दमाईंनाच, भैलिनीनाच, द्यौसीनाच, सँगिनीनाच, रोपाइँनाच, लाखेनाच, रत्यौलीनाच, बालननाच, बिजुवानाच र सरदेवी नाचका बारेमा प्रकाश पारिएको छ ।
Title: ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
Description:
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अवसरमा प्रदर्शन गरिने मनोरञ्जनसँग सम्बन्धित रहेका छन् । यस प्रकारका लोकनृत्यहरूमा आख्यानको प्रयोग भए या नभए वा वाद्यवादनसहित या वाद्यवादन रहित जे जस्तो रूपमा प्रदर्शन गरिने भए पनि यहाँ प्रचलित नृत्यहरू महत्त्वपूर्ण रहेका छन् । यहाँ प्रचललनमा रहेका लोकनृत्यहरूको प्रस्तुतिमा कतिपयमा महिला र पुरुषको समान रूपमा उपस्थिति रहेको पाइन्छ भने कतिपय लोकनृत्यमा महिलाको मात्र र कतिपयमा पुरुषहरूको मात्र पनि उपस्थिति रहेको पाइन्छ । यहाँ प्रचलित लोकनृत्यका लागि आवश्यक सैद्धान्तिक अवधारणाका साथै ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यलाई भौगोलिक सीमा बनाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू के कसरी कुन समयमा प्रस्तुत गरिन्छन् भन्ने जिज्ञासाको अनुशीलन यस लेखमा गरिएको छ । यस लेखमा नृत्यसँग सम्बन्धित सामग्री क्षेत्रकार्यका साथै यस विषयका स्थानीय विज्ञ व्यक्तिहरूसँग सोधपुछ गरी अध्ययनको आधार तयार पारिएको छ । यस अध्ययनमा सिद्धान्तका लागि पुस्तकालयीय कार्यबाट र द्वितीयक सामग्री सङ्कलन गरी यसको सैद्धान्तिक ढाँचासमेत तयार पारिएको छ । यस अध्ययनमा सम्बन्धित क्षेत्रमा नृत्यको प्रस्तुति के कसरी गरिन्छ र कुन समयमा नृत्यहरू प्रस्तुत हुन्छन् भन्ने कुरा जनसमक्ष ल्याएर ती नृत्यहरूका बारेमा परिचित गराउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यहाँ प्रचलनमा रहेका चण्डीनाच, च्याब्रुङनाच, धाननाच, सेलोनाच, दमाईंनाच, भैलिनीनाच, द्यौसीनाच, सँगिनीनाच, रोपाइँनाच, लाखेनाच, रत्यौलीनाच, बालननाच, बिजुवानाच र सरदेवी नाचका बारेमा प्रकाश पारिएको छ ।.

Related Results

रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत...
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
राई जातिमा प्रचलित पगरी संस्कृति
राई जातिमा प्रचलित पगरी संस्कृति
पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपो...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
नेपालभाषाका लिपिको नालिबेली
नेपालभाषाका लिपिको नालिबेली
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । य...
स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}
स्याङ्जाका लोकगीतमा अभिव्यक्त लोकजीवन {Folklore expressed in the folk songs of Syangja}
प्रस्तुत लेख स्याङ्जा जिल्लामा प्रचलित लोकगीतमा अभिव्यक्त स्याङ्जाली लोकजीवनका मूलभूत पक्षहरूको अध्ययनमा केन्द्रित छ । भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधताले मात्र नभई लोकसंस्कृ...

Back to Top