Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन

View through CrossRef
प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम् श्रुतिपरम्परामा रहेका लोकलयात्मक विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतको गायन सन्दर्भ, तिनमा रहने विषयभाव, ती गीतले लोक जीवनमा पार्ने प्रभाव र महत्त्वलाई चिनाइएको छ । यस क्रममा ती लोकगीतहरु स्वरुप, संरचना, भाव प्रवाह र लयगत विशेषताका कारण यहाँ प्रचलित अन्य लयका लोकगीतहरु भन्दा बढी महत्त्वपूर्ण ठहरिएको र तिनले समाजमा विशेष प्रभाव पार्न सफल भएको विश्लेषण गरिएको छ । सामाग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषणका क्रममा व्याख्या विधिको उपयोग भएको छ । यस सिलसिलामा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतसम्बन्धी यस पूर्व अध्ययन विश्लेषण गरिएका लिखित सामग्री नभेटिएकोले विरहनी, घटुवारे र लाहुरेलो लोकगीतका गायक, जानकार एवम् अन्वेषकबाट प्राप्त धारणालाई यस अध्ययनको मूल आधार मानिएको छ । अन्त्यमा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतहरु विविध दृष्टिले महत्त्वपूर्ण अध्येय एवम् अनुसन्धेय रहेसँगै हाल यी लोपोन्मुख अवस्थामा रहेको निष्कर्ष स्थापित गरिएको छ ।
Title: कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
Description:
प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम् श्रुतिपरम्परामा रहेका लोकलयात्मक विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतको गायन सन्दर्भ, तिनमा रहने विषयभाव, ती गीतले लोक जीवनमा पार्ने प्रभाव र महत्त्वलाई चिनाइएको छ । यस क्रममा ती लोकगीतहरु स्वरुप, संरचना, भाव प्रवाह र लयगत विशेषताका कारण यहाँ प्रचलित अन्य लयका लोकगीतहरु भन्दा बढी महत्त्वपूर्ण ठहरिएको र तिनले समाजमा विशेष प्रभाव पार्न सफल भएको विश्लेषण गरिएको छ । सामाग्री सङ्कलन क्षेत्रकार्य तथा पुस्तकालय स्रोतबाट गरिएको छ । विश्लेषणका क्रममा व्याख्या विधिको उपयोग भएको छ । यस सिलसिलामा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतसम्बन्धी यस पूर्व अध्ययन विश्लेषण गरिएका लिखित सामग्री नभेटिएकोले विरहनी, घटुवारे र लाहुरेलो लोकगीतका गायक, जानकार एवम् अन्वेषकबाट प्राप्त धारणालाई यस अध्ययनको मूल आधार मानिएको छ । अन्त्यमा कालीगण्डकी बेसीमा प्रचलित यी लोकगीतहरु विविध दृष्टिले महत्त्वपूर्ण अध्येय एवम् अनुसन्धेय रहेसँगै हाल यी लोपोन्मुख अवस्थामा रहेको निष्कर्ष स्थापित गरिएको छ ।.

Related Results

बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण
बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण
प्रस्तुत अध्ययन कार्य बैतडेली लोकसाहित्यमा केन्द्रित रहेको छ । यसमा बैतडी जिल्लाको भत्तोली लोकसमाजमा माघीको समयमा गाइने नरहरि पर्व लोकगीतको विश्लेषण गरिएको छ । यसका लागि आवश्यक साम...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतकोे वस्तुविधान
प्रस्तुत अनुसन्धानात्मक लेखमा पाल्पा जिल्लाको रिब्दीकोट क्षेत्रमा प्रचलित फागुगीतहरूको संरचनात्मक अध्ययन पद्धतिका माध्ययमबाट यी गीतको वस्तुविधानको निरुपण गरिएको छ । रिब्दीकोट क्षेत...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
राई जातिमा प्रचलित पगरी संस्कृति
राई जातिमा प्रचलित पगरी संस्कृति
पगरी संस्कृति राई समुदायमा प्रचलित एक पवित्र मुन्दुमी शिरपोस हो । यो शिरमा गुथिने वस्त्र, श्रेय, मान, पद, राज्यव्यवस्थाको मान, सम्मानको अर्थमा प्रयोग हुन्छ । फेटा र पगरी दुवै शिरपो...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...

Back to Top