Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण

View through CrossRef
प्रस्तुत अध्ययन कार्य बैतडेली लोकसाहित्यमा केन्द्रित रहेको छ । यसमा बैतडी जिल्लाको भत्तोली लोकसमाजमा माघीको समयमा गाइने नरहरि पर्व लोकगीतको विश्लेषण गरिएको छ । यसका लागि आवश्यक सामग्री यसै क्षेत्रबाट लिइएको छ । लोकगायक र अन्य सहभागीको सक्रिय सहभागितामा यहाँ गाइने लोकगीतलाई बटुलिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गएर अन्तर्वार्ता गरेर कापी र कलमको सहायताले लोकगीत बटुलिएका छन् । यहाँको भत्तोली, गोधारागडा, छोयापानी, रतोडा, तल्ला गाउँ र मल्ला गाउँलाई अध्ययनको सीमा, यहाँका लोकगायकलाई गायनको सीमा, नरहरि पर्व लोकगीतलाई विषयगत सीमा र वर्णनात्मक विधिलाई विधिगत सीमा मानिएको छ । त्यसै गरी सूचकबाट उपलब्ध भएका मौलिक लोकगीतको सन्दर्भपरक अध्ययन गरी निष्कर्षमा पुग्ने उद्देश्य प्रस्तुत अध्ययनले लिएको छ । यसका साथै यहाँका लोकगीतलाई प्राथमिक स्रोतका रूपमा र यससँग सम्बन्धित अध्ययन भएका सामग्रीलाई विश्लेषणका लागि प्रयोग गरिएका छन् । तसर्थ यस अध्ययन कार्यले हराउन लागेका बैतडेली नरहरि पर्व लोकगीतको संरक्षण गरी भावी सन्ततिका लागि एक लिखित दस्तावेज बन्नु यसको उपलब्धि मानिएको छ ।
Title: बैतडेली नरहरि पर्व लोकगीतको विश्लेषण
Description:
प्रस्तुत अध्ययन कार्य बैतडेली लोकसाहित्यमा केन्द्रित रहेको छ । यसमा बैतडी जिल्लाको भत्तोली लोकसमाजमा माघीको समयमा गाइने नरहरि पर्व लोकगीतको विश्लेषण गरिएको छ । यसका लागि आवश्यक सामग्री यसै क्षेत्रबाट लिइएको छ । लोकगायक र अन्य सहभागीको सक्रिय सहभागितामा यहाँ गाइने लोकगीतलाई बटुलिएको छ । यसका लागि सम्बन्धित क्षेत्रमा गएर अन्तर्वार्ता गरेर कापी र कलमको सहायताले लोकगीत बटुलिएका छन् । यहाँको भत्तोली, गोधारागडा, छोयापानी, रतोडा, तल्ला गाउँ र मल्ला गाउँलाई अध्ययनको सीमा, यहाँका लोकगायकलाई गायनको सीमा, नरहरि पर्व लोकगीतलाई विषयगत सीमा र वर्णनात्मक विधिलाई विधिगत सीमा मानिएको छ । त्यसै गरी सूचकबाट उपलब्ध भएका मौलिक लोकगीतको सन्दर्भपरक अध्ययन गरी निष्कर्षमा पुग्ने उद्देश्य प्रस्तुत अध्ययनले लिएको छ । यसका साथै यहाँका लोकगीतलाई प्राथमिक स्रोतका रूपमा र यससँग सम्बन्धित अध्ययन भएका सामग्रीलाई विश्लेषणका लागि प्रयोग गरिएका छन् । तसर्थ यस अध्ययन कार्यले हराउन लागेका बैतडेली नरहरि पर्व लोकगीतको संरक्षण गरी भावी सन्ततिका लागि एक लिखित दस्तावेज बन्नु यसको उपलब्धि मानिएको छ ।.

Related Results

‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
नारी उन्मुक्तिका पक्षमा गौरा पर्व
गौरा पर्व सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूको मौलिक सामाजिक र सांस्कृतिक पर्व हो । यसलाई विषेशतः विगतको ऐतिहासिक डोटी राज्य अन्तर्गतको पहाडी समुदायको प्रमुख पर्वक...
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो लोकगीतको अध्ययन
प्रस्तुत लेख कालीगण्डकी बेसीमा प्रचलित विरहनी, घटुवारे र लाहुरेलो नामका लोकगीतहरुको अध्ययनमा केन्द्रित छ । यस अध्ययनमा लोकसांस्कृतिक दृष्टिले सम्पन्न कालीगण्डकी क्षेत्रमा मौखिक एवम...
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
कोइरालाको ‘सान्नानी’ कथाको प्रजातिपरक अध्ययन
यस लेखमा कथाकार विश्वेरप्रसाद कोइरालाको ‘सान्नानी’ कथालाई टेनको प्रजातिपरक मान्यताका आडमा अध्ययन र विश्लेषण गरिएको छ । साहित्यका समाजशास्त्री टेन प्रसिद्ध समाजशास्त्री हुन् उनका प्...

Back to Top