Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू

View through CrossRef
नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये चेपाङ जाति पनि एक हो । लेखमा नेपालका केही निश्चित क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समूहअन्तर्गत रहेको चेपाङ जातिको सांस्कृतिक अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो जाति निकै लामो समयसम्म राजनीतिक, शैक्षिक, आर्थिकलगायतका विभिन्न स्वरुपमा पिछडिएको अवस्थामा रहेको थियो । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन आदि यस जातिका मुख्य विशेषता हुन्। वर्तमान समयमा भने चेपाङ जातिको यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । समयक्रमसँगै अन्य जाति र समुदायसँगको सम्पर्कले कति कुरा उनीहरूबाट सिक्दै आएका भए तापनि सांस्कृतिक परम्पराहरु सम्पन्न गर्ने सवालमा केही मौलिक संस्कारहरूलाई निरन्तरता दिदै आएका छन् । लेखमा द्वितिय स्रोतका आधारमा समाजशास्त्रीय सिद्धान्तमा केन्द्रीत भई अध्ययन गरिएको छ । अध्ययनका क्रममा चेपाङ जातिमा वर्तमान समयमा प्रसस्त परिवर्तनहरु आउदै गएको देखिएको छ । चेपाङ जातिको सांस्कृतिक अवस्थाको जानकारीसँगै जातीय परिचय गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
Title: चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू
Description:
नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये चेपाङ जाति पनि एक हो । लेखमा नेपालका केही निश्चित क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समूहअन्तर्गत रहेको चेपाङ जातिको सांस्कृतिक अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो जाति निकै लामो समयसम्म राजनीतिक, शैक्षिक, आर्थिकलगायतका विभिन्न स्वरुपमा पिछडिएको अवस्थामा रहेको थियो । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन आदि यस जातिका मुख्य विशेषता हुन्। वर्तमान समयमा भने चेपाङ जातिको यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । समयक्रमसँगै अन्य जाति र समुदायसँगको सम्पर्कले कति कुरा उनीहरूबाट सिक्दै आएका भए तापनि सांस्कृतिक परम्पराहरु सम्पन्न गर्ने सवालमा केही मौलिक संस्कारहरूलाई निरन्तरता दिदै आएका छन् । लेखमा द्वितिय स्रोतका आधारमा समाजशास्त्रीय सिद्धान्तमा केन्द्रीत भई अध्ययन गरिएको छ । अध्ययनका क्रममा चेपाङ जातिमा वर्तमान समयमा प्रसस्त परिवर्तनहरु आउदै गएको देखिएको छ । चेपाङ जातिको सांस्कृतिक अवस्थाको जानकारीसँगै जातीय परिचय गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।.

Related Results

नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा और इतिहास : विश्वबोध, भारतबोध एवं सांस्कृतिक विरासत का विमर्श
भारतीय ज्ञान परम्परा विश्व की प्राचीनतम एवं समृद्ध ज्ञान-धाराओं में से एक है, जिसने मानव जीवन के दार्शनिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक और नैतिक पक्षों को व्यापक रूप से प्रभावित ...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
वेद र संस्कृतको सदा–सान्दर्भिकता
वेद र संस्कृतको सदा–सान्दर्भिकता
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको...
किरात पारिबुङको सांस्कृतिक अभ्यास
किरात पारिबुङको सांस्कृतिक अभ्यास
पारिबुङ भन्नाले विभिन्न कार्यक्रमस्थल सजावट गर्न टाँगिने कपडा÷कागजको झन्डा वातोरन भनेर बुझिन्छ । किरात थुलुङ राई भाषामा ‘पारी’ भनेको खुला आकाश (पारी = खुलाआकाश), ‘बुङ’ भनेको फूल (ब...
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन
प्रस्तुत शोध-प्रबंध “वीर रस के आलोक में राम का नायकत्व: रामचरितमानस का एक आलोचनात्मक एवं सांस्कृतिक अध्ययन” रामचरितमानस में राम के नायकत्व की बहुआयामी संरचना का रस-सिद्धांत और सांस...

Back to Top