Javascript must be enabled to continue!
व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
View through CrossRef
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता आदि अन्तक्र्रियात्मक कथन अभिव्यक्तिका साथै एकालापीय अभिव्यक्तिहरू भाषण, प्रवचन, वाचन आदि पनि पर्दछन् । त्यस्तै गरी लेख्य रूपका निबन्ध, चिठी, संस्मरण, जीवनी, विज्ञापन, प्रतिवेदन, सूचना आदि पनि सङ्कथनकै विषय मानिन्छन् । सङ्कथनका भाषिक एकाइलाई अन्वितिपूर्ण बनाउन सम्बद्धक (ऋयजभकष्यल) र सम्बद्धन (ऋयजभचभलअभ) को बढी आवश्यकता पर्दछ । सम्बद्धकलाई संसक्ति पनि भनिन्छ । आपसमा जुटेर रहनु वा टाँसिएर रहनु नै संसक्ति हो । शब्द, पदावली, उपवाक्य र वाक्यका बिचमा सम्बन्ध स्थापित गराउने वा जोड्ने युक्तिहरू नै संसक्ति हुन् । यिनीहरूलाई व्याकरणिक र कोशीय गरी दुई वर्गमा बाँड्न सकिन्छ । सम्बद्धन सङ्कथनको आत्मा हो जुन भाषाको अर्थ पक्षसँग सम्बन्धित हुन्छ । सम्बद्धनले अभिव्यक्तिको वैचारिक सिलसिला जनाउँछ । वाक्यहरूबिच रहेको अन्तरसङ्गति अर्थात् भाव वा अर्थको सिलसिलाबद्ध प्रस्तुति नै सम्बद्धन हो । यसरी सम्बद्धक (संसक्ति) र सम्बद्धनको उपयुक्त मेलबाट मात्रै भाषिक अभिव्यक्ति सार्थक बन्न सक्ने देखिन्छ ।
Nepal Journals Online (JOL)
Title: व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
Description:
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्ता आदि अन्तक्र्रियात्मक कथन अभिव्यक्तिका साथै एकालापीय अभिव्यक्तिहरू भाषण, प्रवचन, वाचन आदि पनि पर्दछन् । त्यस्तै गरी लेख्य रूपका निबन्ध, चिठी, संस्मरण, जीवनी, विज्ञापन, प्रतिवेदन, सूचना आदि पनि सङ्कथनकै विषय मानिन्छन् । सङ्कथनका भाषिक एकाइलाई अन्वितिपूर्ण बनाउन सम्बद्धक (ऋयजभकष्यल) र सम्बद्धन (ऋयजभचभलअभ) को बढी आवश्यकता पर्दछ । सम्बद्धकलाई संसक्ति पनि भनिन्छ । आपसमा जुटेर रहनु वा टाँसिएर रहनु नै संसक्ति हो । शब्द, पदावली, उपवाक्य र वाक्यका बिचमा सम्बन्ध स्थापित गराउने वा जोड्ने युक्तिहरू नै संसक्ति हुन् । यिनीहरूलाई व्याकरणिक र कोशीय गरी दुई वर्गमा बाँड्न सकिन्छ । सम्बद्धन सङ्कथनको आत्मा हो जुन भाषाको अर्थ पक्षसँग सम्बन्धित हुन्छ । सम्बद्धनले अभिव्यक्तिको वैचारिक सिलसिला जनाउँछ । वाक्यहरूबिच रहेको अन्तरसङ्गति अर्थात् भाव वा अर्थको सिलसिलाबद्ध प्रस्तुति नै सम्बद्धन हो । यसरी सम्बद्धक (संसक्ति) र सम्बद्धनको उपयुक्त मेलबाट मात्रै भाषिक अभिव्यक्ति सार्थक बन्न सक्ने देखिन्छ ।.
Related Results
संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
प्रस्तुत लेख 'हामी सहँदै जाउँला' कविताको संसक्तिपरक विश्लेषण मूल समस्यामा अधारित छ । यस लेखमा गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा अधिरत विषयगत विश्लेषण गरिएको छ । पुस्तकालयबाट ...
जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक
जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक
सम्बद्धक उपयोगका दृष्टिले जय भुँडी निबन्धको सूक्ष्म विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।सम्बद्धक सङ्कथन वा पाठलाई सशक्त र सङ्गठित बनाउन मद्दत गर्ने भाषिक एकाइ हो । यो व्याकरण...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भ...
चरीमाई उपन्यासमा भाषिक विचलन
चरीमाई उपन्यासमा भाषिक विचलन
प्रस्तुत लेखमा विचलनका आधारमा चरीमाई उपन्यासको अध्ययन गरिएको छ । चरीमाई अन्जना पौडेल अनुश्रुतीद्वारा लेखिएको उपन्यास हो । यस लेखको मुख्य उद्देश्य विचलका आधारमा चरीमाई उपन्यासको विश...

