Javascript must be enabled to continue!
संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
View through CrossRef
प्रस्तुत लेख 'हामी सहँदै जाउँला' कविताको संसक्तिपरक विश्लेषण मूल समस्यामा अधारित छ । यस लेखमा गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा अधिरत विषयगत विश्लेषण गरिएको छ । पुस्तकालयबाट सङ्कलित सामग्रीको विश्लेषणमा अधारित प्रस्तुत लेखमा कवि कुन्ता शर्माद्वारा रचित 'हामी सहँदै जाउँला' कवितामा संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । नेपाली साहित्यकामा प्रगतिवादी चिन्तनलाई आत्मसात गर्दै साहित्य सिर्जन कार्यमा सक्रिय शर्माका साहित्यिक सिर्जनाहरू संसक्तिका दृष्टिले केकति सबल छन् भन्ने कुराको अध्ययन यसमा गरिएको छ । कुनै पनि सहित्यक रचनामा सशक्त भाव सम्प्रेषणका लागि संसक्तिको विशेष महत्त्व रहेको हुन्छ । भाषिक तत्त्वका रूपमा प्रयुक्त व्याकरणिक तथा कोशीय संसक्तिले नै पाठमा सुसम्बद्धता कायम गरी भावलाई एउटा शृङ्खलामा जोड्ने काम गरेको हुन्छ । नेपाली व्याकरणसापेक्ष प्रयोगमा रहेका निदर्शन कोटिको सार्थक र सम्यक प्रयोग गरिएको यस कवितामा सार्वनामीकरणको उचित प्रयोगका कारण प्रस्तुतिगत चुस्तता तथा कथ्यगत संसक्तिको सिर्जना भएको छ । काव्यिक अभिव्यक्तिका लागि आलङ्कारिकता सिर्जना गर्नका लागि यथोचित् मानकीकृत भाषाको विचलन गरिएको यस कवितामा अध्याहारबाट अर्थबोध सहजतापूर्वक गर्नसकिने विलोपनको समेत प्रयाग भई प्रस्तुतिगत संसक्ति सिर्जना भएको छ । यस लेखमा सीमित तर सटीक संयोजन व्यवस्थापन गरिएको यस कवितामा पुनरनवृत्ति र विपरीतार्थक अभिलक्षण भएका कोशीय अनुबन्धनका कारण पाठगत संसक्ति निर्मितिका लागि उपयुक्त माध्यम बनेको विषयमा विमर्श भएको छ ।
Title: संसक्ति व्यवस्थाका दृष्टिले 'हामी सहँदै जाउँला' कविताको विश्लेषण
Description:
प्रस्तुत लेख 'हामी सहँदै जाउँला' कविताको संसक्तिपरक विश्लेषण मूल समस्यामा अधारित छ । यस लेखमा गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषणमा अधिरत विषयगत विश्लेषण गरिएको छ । पुस्तकालयबाट सङ्कलित सामग्रीको विश्लेषणमा अधारित प्रस्तुत लेखमा कवि कुन्ता शर्माद्वारा रचित 'हामी सहँदै जाउँला' कवितामा संसक्ति व्यवस्थाको अध्ययन गरिएको छ । नेपाली साहित्यकामा प्रगतिवादी चिन्तनलाई आत्मसात गर्दै साहित्य सिर्जन कार्यमा सक्रिय शर्माका साहित्यिक सिर्जनाहरू संसक्तिका दृष्टिले केकति सबल छन् भन्ने कुराको अध्ययन यसमा गरिएको छ । कुनै पनि सहित्यक रचनामा सशक्त भाव सम्प्रेषणका लागि संसक्तिको विशेष महत्त्व रहेको हुन्छ । भाषिक तत्त्वका रूपमा प्रयुक्त व्याकरणिक तथा कोशीय संसक्तिले नै पाठमा सुसम्बद्धता कायम गरी भावलाई एउटा शृङ्खलामा जोड्ने काम गरेको हुन्छ । नेपाली व्याकरणसापेक्ष प्रयोगमा रहेका निदर्शन कोटिको सार्थक र सम्यक प्रयोग गरिएको यस कवितामा सार्वनामीकरणको उचित प्रयोगका कारण प्रस्तुतिगत चुस्तता तथा कथ्यगत संसक्तिको सिर्जना भएको छ । काव्यिक अभिव्यक्तिका लागि आलङ्कारिकता सिर्जना गर्नका लागि यथोचित् मानकीकृत भाषाको विचलन गरिएको यस कवितामा अध्याहारबाट अर्थबोध सहजतापूर्वक गर्नसकिने विलोपनको समेत प्रयाग भई प्रस्तुतिगत संसक्ति सिर्जना भएको छ । यस लेखमा सीमित तर सटीक संयोजन व्यवस्थापन गरिएको यस कवितामा पुनरनवृत्ति र विपरीतार्थक अभिलक्षण भएका कोशीय अनुबन्धनका कारण पाठगत संसक्ति निर्मितिका लागि उपयुक्त माध्यम बनेको विषयमा विमर्श भएको छ ।.
Related Results
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्त...
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
सारवस्तुका दृष्टिले अन्धवेग नाटक
नाटक नरनारीका चरित्र र कार्यलाई पात्रका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा भएकाले रङगमञ्चमा गरिने चरित्रको अभिनय हो । बालकृष्ण समद्वा...
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
‘अग्नि प्रवेश’ कवितामा मानवतावाद {Humanism in the Poem 'Agni Pravesh'}
प्रस्तुत लेख नवराज लम्सालद्वारा लिखित अग्नि महाकाव्यको आरम्भमा समाविष्ट 'अग्नि प्रवेश’ शीर्षकको कविताको विश्लेषणमा आधारित रहेको छ । प्रस्तुत कविता मानवतावादको सैद्धान्तिक दृष्टिकोण...
‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र
प्रस्तुत अध्ययन कुन्ता शर्माको ‘पोथी बास्नुहुँदैन’ कविताको शक्तिकेन्द्र विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । ‘पोथी बास्नुहुँदैन’ कवितामा बिम्बको शक्तिकेन्द्र निर्मितिको आधार र त्य...
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण
चन्द्रवदन कथाको पाठपरक विश्लेषण शीर्षकको यस लेखमा समाख्यानात्मक पाठको विधागत सङ्गठनका साथै संसक्ति र संयुक्तिका आधारमा पाठको विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको ...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...

