Javascript must be enabled to continue!
जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक
View through CrossRef
सम्बद्धक उपयोगका दृष्टिले जय भुँडी निबन्धको सूक्ष्म विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।सम्बद्धक सङ्कथन वा पाठलाई सशक्त र सङ्गठित बनाउन मद्दत गर्ने भाषिक एकाइ हो । यो व्याकरणिक र कोशीय गरी दुई प्रकारको हुन्छ । यसमा व्याकरणिक सम्बद्धकका सन्दर्भन, प्रतिस्थापन,विलोपन र संयोजन तथा कोशीयका पुनरुक्ति र सन्निधान प्ररूपका आधारबाट तथ्यहरूको पुस्तकालयीय कार्यबाट खोजी गरिएको छ । जसमा संयोजन अत्यधिक, प्रतिस्थापन न्यून, विलोपन न्यूनभन्दा केही उच्च र सन्दर्भन उच्चभन्दा केही न्यून प्रयोग भएको पाइन्छ । संयोजनको अधिकताले विचारलाई अंशअंशमा अलग्याएर सुबोध्य ठहर्याउन मद्दत गरेको देखिन्छ । पुनरुक्ति अन्तर्गत पुनरावृत्ति उच्च रूपमाप्रयोग भएको देखिन्छ भने समावेशी समावेश्यको प्रयोग न्यून देखिन्छ । पुनरुक्ति अन्तर्गतको अङ्गी अङ्गको प्रयोग नभएको स्थितिमा अन्य सम्बद्धकहरू सामान्य रूपमा प्रयुक्त छन् । गुणात्मक अनुसन्धानमा आधारित यस अध्ययनमा प्राप्त नतिजाको विश्लेषण गरी वर्णनात्मक विधिबाट प्रस्तुतनिबन्धको साङ्कथनिक स्थिति निरुपण गरिएको छ । व्याकरणिक र कोशीय सम्बद्धकहरू जे जति प्रयुक्त छन्तिनले तर्कपूर्ण विचार एवम्धारणा सम्प्रेषणमा व्यवधान सिर्जना गरेका छैनन्। ती सम्बद्धकहरू विषयको सन्दर्भपूर्ण अन्वितिमा नै आबद्ध देखिन्छन्। तिनले पूर्ववर्ती विषय एवम्सन्दर्भलाई पश्चवर्तीसन्दर्भको संयोजन गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन्। तसर्थ प्रस्तुत निबन्ध सम्बद्धक प्रयोगका आधारमा साङ्कथनिक दृष्टिले सशक्त रहेको लेखको निष्कर्ष रहेको छ ।
Title: जय भुडी निबन्धमा प्रयुक्त साङ्कथनिक सम्बद्धक
Description:
सम्बद्धक उपयोगका दृष्टिले जय भुँडी निबन्धको सूक्ष्म विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ ।सम्बद्धक सङ्कथन वा पाठलाई सशक्त र सङ्गठित बनाउन मद्दत गर्ने भाषिक एकाइ हो । यो व्याकरणिक र कोशीय गरी दुई प्रकारको हुन्छ । यसमा व्याकरणिक सम्बद्धकका सन्दर्भन, प्रतिस्थापन,विलोपन र संयोजन तथा कोशीयका पुनरुक्ति र सन्निधान प्ररूपका आधारबाट तथ्यहरूको पुस्तकालयीय कार्यबाट खोजी गरिएको छ । जसमा संयोजन अत्यधिक, प्रतिस्थापन न्यून, विलोपन न्यूनभन्दा केही उच्च र सन्दर्भन उच्चभन्दा केही न्यून प्रयोग भएको पाइन्छ । संयोजनको अधिकताले विचारलाई अंशअंशमा अलग्याएर सुबोध्य ठहर्याउन मद्दत गरेको देखिन्छ । पुनरुक्ति अन्तर्गत पुनरावृत्ति उच्च रूपमाप्रयोग भएको देखिन्छ भने समावेशी समावेश्यको प्रयोग न्यून देखिन्छ । पुनरुक्ति अन्तर्गतको अङ्गी अङ्गको प्रयोग नभएको स्थितिमा अन्य सम्बद्धकहरू सामान्य रूपमा प्रयुक्त छन् । गुणात्मक अनुसन्धानमा आधारित यस अध्ययनमा प्राप्त नतिजाको विश्लेषण गरी वर्णनात्मक विधिबाट प्रस्तुतनिबन्धको साङ्कथनिक स्थिति निरुपण गरिएको छ । व्याकरणिक र कोशीय सम्बद्धकहरू जे जति प्रयुक्त छन्तिनले तर्कपूर्ण विचार एवम्धारणा सम्प्रेषणमा व्यवधान सिर्जना गरेका छैनन्। ती सम्बद्धकहरू विषयको सन्दर्भपूर्ण अन्वितिमा नै आबद्ध देखिन्छन्। तिनले पूर्ववर्ती विषय एवम्सन्दर्भलाई पश्चवर्तीसन्दर्भको संयोजन गर्नमा पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन्। तसर्थ प्रस्तुत निबन्ध सम्बद्धक प्रयोगका आधारमा साङ्कथनिक दृष्टिले सशक्त रहेको लेखको निष्कर्ष रहेको छ ।.
Related Results
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर
एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर
एकतर्फी यात्राको यात्री म’ निबन्धमा ईश्वरचिन्तन शीर्षकको प्रस्तुत लेख दार्शनिक विषय क्षेत्रअन्तर्गत ईश्वरचिन्तनप्रति केन्द्रित रहेको छ । पूर्वीय वैदिक षड्दर्शनका आधारमा ।एकतर्फी या...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
व्याकरणिक र कोशीय संसक्ति र सम्बद्धन Byakaranik ra Koshiya samsakti ra Sambadhwan
सङ्कथन अभिव्यक्तिको सिङ्गो कथन हो । यसमा भाषाका सम्पूर्ण एकाइहरू समाविष्ट भएका हुन्छन् । सम्पे्रषणमूलक हुनु सङ्कथनको प्रमुख विशेषता हो । यसमा गफ, कुराकानी, संवाद, छलफल, अन्तर्वार्त...

