Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर

View through CrossRef
एकतर्फी यात्राको यात्री म’ निबन्धमा ईश्वरचिन्तन शीर्षकको प्रस्तुत लेख दार्शनिक विषय क्षेत्रअन्तर्गत ईश्वरचिन्तनप्रति केन्द्रित रहेको छ । पूर्वीय वैदिक षड्दर्शनका आधारमा ।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धमा ईश्वरचिन्तन पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यहाँ राजेन्द्र सुवेदीको जीवन–गोप्य लिसबन्दी खाम निबन्ध सब्ग्रहभित्र रहेको ।।।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धलाई प्राथमिक स्रोतका रूपमा लिई साब्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त जस्ता पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी अन्य कृतिलाई द्वितीयक सामग्रीको रूपमा लिइएको छ । पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी मान्यताका आधारमा विभिन्न साक्ष्यहरूको व्याख्या, विवेचना गरी प्रस्तुत निबन्धमा वैदिक षड्दर्शनको गहिरो प्रभाव रहेको देखाइएको छ । सिद्धान्तका आधारमा पाठको विश्लेषण गरिएकाले यस लेखमा मूलतः निगमनात्मक र आवश्यकताअनुसार आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । पूर्वीय षड्दर्शनले ईश्वरलाई सृष्टि, स्थिति र प्रलयको कारण, प्रकृति र पुरुषका बिचको सम्बन्धकारक तत्व, चराचर जगत्को नियामक, परमाणुलाई संयोजन गराउने निमित्त कारण, पदार्थको ज्ञान, पदार्थको चालयमान शक्ति, आत्मा तत्व, ब्रह्म तत्व आदिका रूपमा लिइएको कुरा यी दर्शनहरूको सारका रूपमा उल्लेख गरिएको छ । प्रस्तुत निबन्धमा ईश्वरीय चिन्तनका सन्दर्भमा निबन्धकारले आफूलाई कुनै एक दार्शनिक मान्यतामा मात्र अडिक नराखी षड्दर्शनका विभिन्न मान्यतालाई यथास्थानमा प्रयोग गरेको देखाइएको छ, साथै साब्ख्य, वैशेषिक र न्यायदर्शनको प्रयोग तुलनात्मक रूपमा बढी भएको निष्कर्ष निकालिएको छ ।
Title: एकतर्फी यात्राको यात्री ‘म’ निबन्धमा ईश्वर
Description:
एकतर्फी यात्राको यात्री म’ निबन्धमा ईश्वरचिन्तन शीर्षकको प्रस्तुत लेख दार्शनिक विषय क्षेत्रअन्तर्गत ईश्वरचिन्तनप्रति केन्द्रित रहेको छ । पूर्वीय वैदिक षड्दर्शनका आधारमा ।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धमा ईश्वरचिन्तन पहिल्याउनु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यहाँ राजेन्द्र सुवेदीको जीवन–गोप्य लिसबन्दी खाम निबन्ध सब्ग्रहभित्र रहेको ।।।एकतर्फी यात्राको यात्री म’ शीर्षक निबन्धलाई प्राथमिक स्रोतका रूपमा लिई साब्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त जस्ता पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी अन्य कृतिलाई द्वितीयक सामग्रीको रूपमा लिइएको छ । पूर्वीय वैदिक षड्दर्शनको ईश्वरसम्बन्धी मान्यताका आधारमा विभिन्न साक्ष्यहरूको व्याख्या, विवेचना गरी प्रस्तुत निबन्धमा वैदिक षड्दर्शनको गहिरो प्रभाव रहेको देखाइएको छ । सिद्धान्तका आधारमा पाठको विश्लेषण गरिएकाले यस लेखमा मूलतः निगमनात्मक र आवश्यकताअनुसार आगमनात्मक विधिको पनि प्रयोग गरिएको छ । पूर्वीय षड्दर्शनले ईश्वरलाई सृष्टि, स्थिति र प्रलयको कारण, प्रकृति र पुरुषका बिचको सम्बन्धकारक तत्व, चराचर जगत्को नियामक, परमाणुलाई संयोजन गराउने निमित्त कारण, पदार्थको ज्ञान, पदार्थको चालयमान शक्ति, आत्मा तत्व, ब्रह्म तत्व आदिका रूपमा लिइएको कुरा यी दर्शनहरूको सारका रूपमा उल्लेख गरिएको छ । प्रस्तुत निबन्धमा ईश्वरीय चिन्तनका सन्दर्भमा निबन्धकारले आफूलाई कुनै एक दार्शनिक मान्यतामा मात्र अडिक नराखी षड्दर्शनका विभिन्न मान्यतालाई यथास्थानमा प्रयोग गरेको देखाइएको छ, साथै साब्ख्य, वैशेषिक र न्यायदर्शनको प्रयोग तुलनात्मक रूपमा बढी भएको निष्कर्ष निकालिएको छ ।.

Related Results

उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
विसङ्गतिवादका आलोकमा एब्स्ट्रयाक्ट चिन्तन : प्याज
निबन्धकार शङ्कर लामिछानेद्वारा आजका मान्छेको जीवनको अवस्था अमूर्त, असङ्गत- विसङ्गत एवं निस्सार भएको विषयलाई केन्द्रीय कथ्य बनाई लेखिएको एब्स्ट्रयाक्ट चिन्तनः प्याज विसङ्गतिवादी दृष...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
Mahakavi Kalidas ka Darshan Tattva
Mahakavi Kalidas ka Darshan Tattva
कालिदास इस जगत के अधिष्ठाता ईश्वर को अष्टरूपी देवता मानते है । कालिदास का ईश्वर ‘शिव’ था। सृष्टि का हरेक पदार्थ कालिदास को ‘शिव’ रूप में लगता था। भगवान् शिव प्रत्यक्ष आठ रूपों में...
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
उत्तरवर्ती नेपाली नारी–निबन्धमा पृथक् अनुभव–अनुभूति
नेपाली साहित्यमा चालिसको दशकपछि प्रवृत्तिगत विविधता देखिएको छ । विश्वपरिवेश तथा नेपाली राजनीतिक परिवेशमा देखिएका परिवर्तनको प्रभावस्वरूप साहित्यमा पनि नवीन चिन्तनहरू देखा परेका छन्...

Back to Top