Javascript must be enabled to continue!
राणाकालीन नेपालको तालुकदारी व्यवस्था
View through CrossRef
नेपाल एउटा भूपरिवेष्टित, अधिकांश भू–भाग पहाडी स्वरूपमा बनेको देश हो । संसारको सबैभन्दा अग्लोहिमालदेखि समथर मैदानसम्मका सबै भौगोलिक स्वरूपमा बनेको यस देशमा बसोवास गर्ने अधिकांश मानिसहरूकोजीविकोपार्जनको मुख्य श्रोत कृषि हो भने देशको राष्ट्रिय आय आर्जनको मुख्य श्रोत पनि जमिन नै हो । राष्ट्रिय आयकोमुख्य श्रोत मानिएको भूमिकर जनताबाट असुलउपर गर्ने नेपालको सनातन प्रचलन नै हो । भूमिकर सङ्कलनप्रकृयालाई प्रभावकारी वनाउन शासकहरूले समय समयमा फरक फरक प्रकारका प्रशासनिक तौरतरिका प्रचलनमाल्याउने गरेको देखिन्छ । यसै सन्दर्भमा यहाँ भूमिकरलाई प्रभावकारी ढङ्गले सङ्कलन गर्न राणा प्रधानमन्त्री चन्द्रशमसेरले लागु गरेको तालुकदारी व्यबस्था पनि एक हो । तालुकदारी व्यवस्था पहाडी क्षेत्रको भूमिकर सङ्कलनसँगसम्वन्धित व्यवस्था हो । यस व्यवस्थाभित्र दुईवटा पद विभाजन गरी अलगअलग कार्यक्षेत्र निर्धारण गरिएको थियो ।पहाडी क्षेत्रमा रहेको पाखो जग्गा जहाँ पानीमा हुने धान खेती हुँदैन त्यसको भूमिकर सङ्कलनको जिम्मेवारी पाएकोब्यक्तिलाई मुखियाको पदवी दिइएको थियो भने धान खेतको कर सङ्कलनको जिम्मेवारी पाएको व्यक्तिलाईजिम्मुवालको पदवी प्रदान गरिएको थियो । यी दुवै पदमा नियुक्त पदाधिकारीरुको नियुक्ति, कामगर्ने कार्यालय र कामकोप्रकृति हेर्दा जुन विशेषता देखिन्छन् त्यो विशेषता अरू कुनै पदाधिकारीहरूमा पाइँदैन । यो व्यवस्था नेपालमा झण्डैझण्डै पञ्चायती व्यवस्थाको अन्त्यसम्म नै अस्तित्वमा रहेको देखिन्छ ।
Title: राणाकालीन नेपालको तालुकदारी व्यवस्था
Description:
नेपाल एउटा भूपरिवेष्टित, अधिकांश भू–भाग पहाडी स्वरूपमा बनेको देश हो । संसारको सबैभन्दा अग्लोहिमालदेखि समथर मैदानसम्मका सबै भौगोलिक स्वरूपमा बनेको यस देशमा बसोवास गर्ने अधिकांश मानिसहरूकोजीविकोपार्जनको मुख्य श्रोत कृषि हो भने देशको राष्ट्रिय आय आर्जनको मुख्य श्रोत पनि जमिन नै हो । राष्ट्रिय आयकोमुख्य श्रोत मानिएको भूमिकर जनताबाट असुलउपर गर्ने नेपालको सनातन प्रचलन नै हो । भूमिकर सङ्कलनप्रकृयालाई प्रभावकारी वनाउन शासकहरूले समय समयमा फरक फरक प्रकारका प्रशासनिक तौरतरिका प्रचलनमाल्याउने गरेको देखिन्छ । यसै सन्दर्भमा यहाँ भूमिकरलाई प्रभावकारी ढङ्गले सङ्कलन गर्न राणा प्रधानमन्त्री चन्द्रशमसेरले लागु गरेको तालुकदारी व्यबस्था पनि एक हो । तालुकदारी व्यवस्था पहाडी क्षेत्रको भूमिकर सङ्कलनसँगसम्वन्धित व्यवस्था हो । यस व्यवस्थाभित्र दुईवटा पद विभाजन गरी अलगअलग कार्यक्षेत्र निर्धारण गरिएको थियो ।पहाडी क्षेत्रमा रहेको पाखो जग्गा जहाँ पानीमा हुने धान खेती हुँदैन त्यसको भूमिकर सङ्कलनको जिम्मेवारी पाएकोब्यक्तिलाई मुखियाको पदवी दिइएको थियो भने धान खेतको कर सङ्कलनको जिम्मेवारी पाएको व्यक्तिलाईजिम्मुवालको पदवी प्रदान गरिएको थियो । यी दुवै पदमा नियुक्त पदाधिकारीरुको नियुक्ति, कामगर्ने कार्यालय र कामकोप्रकृति हेर्दा जुन विशेषता देखिन्छन् त्यो विशेषता अरू कुनै पदाधिकारीहरूमा पाइँदैन । यो व्यवस्था नेपालमा झण्डैझण्डै पञ्चायती व्यवस्थाको अन्त्यसम्म नै अस्तित्वमा रहेको देखिन्छ ।.
Related Results
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर ...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू...

