Javascript must be enabled to continue!
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
View through CrossRef
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अवस्थामा रहेका शाह वंशंीय राजा र राणाहरूको निरङ्कुश शासनबाट प्रताडित नेपाली जनतालाई स्वतन्त्र तुल्याउने उद्देश्यका साथ आवश्यकता परे प्राँणको आहुती दिने अठोटका साथ पवित्र धार्मिक ग्रन्थ गीताको कसम खाएर खोलेको त्यो राजनीतिक दलको योगदान नेपालको प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको छ । नेपालका सहिदहरूको सूचीमा संस्थापक सदस्यहरू गणेशमान सिहं वाहेक सबैलाई सामेल गरेको यस दलका एकसदस्य गण्ोशमान सिंहले भागेर ज्यान बँचाएका थिए । सस्थापक अध्यक्ष टंकप्रसाद आचार्य ब्राह्मण जातको भएको र त्यस वेलाको धार्मिक मान्यताअनुसार व्राम्ह्णलाई मृत्युदण्ड दिनु महाँपाप मानिने भएकै कारण मृत्युदण्डबाट वच्न सफल भएका थिए । राणाशासनकाल भर उनले कष्टकर जेल जीवन विताएका थिए । उनले मृत्युदण्डको सजाए पाउनेले भन्दा बढी फलामका जंजिर शरीरमा बोकेर कष्टकर जेल जीवन विताएका थिए । प्रजा परिषद्का संस्थापक सदस्यहरू मध्ये राणाहरूको पञ्जावाट फुत्केर गणेशमान सिंह्ले र राणा शासकको पञ्जामै रहेर टंकप्रसाद आचार्यले राणा शासनको अन्त्यको दिन देख्ने अवसर पाएका थिए । तिनै टंकप्रसाद आचार्यले वि.सं.२०१२ साल माघ १३ गतेका दिन नेपालको प्रधानमन्त्रीको पदमा नियुक्त भई सरकार संञ्चालन गर्ने अवसर पाएका थिए । प्रजातन्त्रका हिमायती, ज्यूँदा सहीद, सादगी जीवन तथा उच्च विचारका धनी टंकप्रसाद आचार्यले नेतृत्व गरेको नेपाल प्रजापरिषद्को सरकार प्रति नेपाली जनताको उच्च सम्मान र अपेक्षा रहेको थियो । त्यो समयका नेपालका अन्य राजनैतिक दलहरूको आचार्य मन्त्रीमण्डल प्रति दलीय विमति रहे तापनि प्रत्येक्ष शासनको नाममा राजा महेन्द्रले आफ्नो हातमा लिएको राजनैतिक अधिकार जनताकै प्रतिनिधिहरूको हातमा सुम्पेर बनेकोले त्यो सरकारप्रति आलोचनात्मक समर्थन रहेको थियो । यो सरकारको मुख्य उद्देश्य देशमा आम निर्वाचन सम्पन्न गरी प्रजातन्त्रलाई संस्थागत गर्नु थियो । तर अनुभवहीन राजनैतिक दलहरूकै बीचमा खिचातानी र दलीय स्वार्थका कारण देशमा बढेको अशान्ति र अस्तव्यस्तताले गर्दा त्यो समयमा प्रजातन्त्रको संस्थागत विकास हुन सकिरहेको थिएन । नैतिकता र आदर्शलाई आफ्नो इज्जत सम्झने टंकप्रसाद आचार्यले आम निर्वाचन सम्पन्न गर्न नसक्ने अवस्थाको पूर्वानुमान गरी स्वइच्छाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलका योद्धा टंकप्रसाद आचार्य नेतृत्वको १८ महिने कार्यकालको यो सरकारको नेपालको राजनैतिक इतिहासमा उल्लेखनीय योगदान रहेको छ । यस अध्ययनको उद्देश्य यही टंकप्रसाद आचार्य नेतृत्वको सरकारले आफ्नो राज्य सञ्चालनको छोटो कार्यकालमा अवलम्वन गरेका नयाँ नीतिहरू र ति नीतिहरूले देश विकासमा पारेको दुरगामी सकारात्मक प्रभाव र उपलब्धिहरूमा केन्द्रीत रही तिनै नीतिहरूको विश्लेषण गर्नु रहेको छ ।
Nepal Journals Online (JOL)
Title: नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
Description:
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अवस्थामा रहेका शाह वंशंीय राजा र राणाहरूको निरङ्कुश शासनबाट प्रताडित नेपाली जनतालाई स्वतन्त्र तुल्याउने उद्देश्यका साथ आवश्यकता परे प्राँणको आहुती दिने अठोटका साथ पवित्र धार्मिक ग्रन्थ गीताको कसम खाएर खोलेको त्यो राजनीतिक दलको योगदान नेपालको प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको छ । नेपालका सहिदहरूको सूचीमा संस्थापक सदस्यहरू गणेशमान सिहं वाहेक सबैलाई सामेल गरेको यस दलका एकसदस्य गण्ोशमान सिंहले भागेर ज्यान बँचाएका थिए । सस्थापक अध्यक्ष टंकप्रसाद आचार्य ब्राह्मण जातको भएको र त्यस वेलाको धार्मिक मान्यताअनुसार व्राम्ह्णलाई मृत्युदण्ड दिनु महाँपाप मानिने भएकै कारण मृत्युदण्डबाट वच्न सफल भएका थिए । राणाशासनकाल भर उनले कष्टकर जेल जीवन विताएका थिए । उनले मृत्युदण्डको सजाए पाउनेले भन्दा बढी फलामका जंजिर शरीरमा बोकेर कष्टकर जेल जीवन विताएका थिए । प्रजा परिषद्का संस्थापक सदस्यहरू मध्ये राणाहरूको पञ्जावाट फुत्केर गणेशमान सिंह्ले र राणा शासकको पञ्जामै रहेर टंकप्रसाद आचार्यले राणा शासनको अन्त्यको दिन देख्ने अवसर पाएका थिए । तिनै टंकप्रसाद आचार्यले वि.
सं.
२०१२ साल माघ १३ गतेका दिन नेपालको प्रधानमन्त्रीको पदमा नियुक्त भई सरकार संञ्चालन गर्ने अवसर पाएका थिए । प्रजातन्त्रका हिमायती, ज्यूँदा सहीद, सादगी जीवन तथा उच्च विचारका धनी टंकप्रसाद आचार्यले नेतृत्व गरेको नेपाल प्रजापरिषद्को सरकार प्रति नेपाली जनताको उच्च सम्मान र अपेक्षा रहेको थियो । त्यो समयका नेपालका अन्य राजनैतिक दलहरूको आचार्य मन्त्रीमण्डल प्रति दलीय विमति रहे तापनि प्रत्येक्ष शासनको नाममा राजा महेन्द्रले आफ्नो हातमा लिएको राजनैतिक अधिकार जनताकै प्रतिनिधिहरूको हातमा सुम्पेर बनेकोले त्यो सरकारप्रति आलोचनात्मक समर्थन रहेको थियो । यो सरकारको मुख्य उद्देश्य देशमा आम निर्वाचन सम्पन्न गरी प्रजातन्त्रलाई संस्थागत गर्नु थियो । तर अनुभवहीन राजनैतिक दलहरूकै बीचमा खिचातानी र दलीय स्वार्थका कारण देशमा बढेको अशान्ति र अस्तव्यस्तताले गर्दा त्यो समयमा प्रजातन्त्रको संस्थागत विकास हुन सकिरहेको थिएन । नैतिकता र आदर्शलाई आफ्नो इज्जत सम्झने टंकप्रसाद आचार्यले आम निर्वाचन सम्पन्न गर्न नसक्ने अवस्थाको पूर्वानुमान गरी स्वइच्छाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलका योद्धा टंकप्रसाद आचार्य नेतृत्वको १८ महिने कार्यकालको यो सरकारको नेपालको राजनैतिक इतिहासमा उल्लेखनीय योगदान रहेको छ । यस अध्ययनको उद्देश्य यही टंकप्रसाद आचार्य नेतृत्वको सरकारले आफ्नो राज्य सञ्चालनको छोटो कार्यकालमा अवलम्वन गरेका नयाँ नीतिहरू र ति नीतिहरूले देश विकासमा पारेको दुरगामी सकारात्मक प्रभाव र उपलब्धिहरूमा केन्द्रीत रही तिनै नीतिहरूको विश्लेषण गर्नु रहेको छ ।.
Related Results
निराश्रित महिलाओं के लिए मध्यप्रदेश सरकार की योजनाओं का अवलोकन
निराश्रित महिलाओं के लिए मध्यप्रदेश सरकार की योजनाओं का अवलोकन
किसी भी राष्ट्र का उत्थान महिलाओं को सशक्त बनाए बिना संभव नहीं हो सकता है। भारतीय समाज में आरंभ से ही स्त्रियों को उच्च स्थान प्रदान किया जाता रहा है लेकिन काल कि दशा और परिस्थितिय...
ब्याँसी भाषाको वर्णव्यवस्था
ब्याँसी भाषाको वर्णव्यवस्था
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्...
न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ
न्यायको लडाइँमा नेपाल पत्रकार महासंघ
नेपालमा २०५२ फागुन १ गतेदेखि करिब एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा १३,२४६ व्यक्तिको हत्या भयो । जसमध्ये दैलेखका पत्रकार डेकेन्द्रराज थापा विद्रोही पक्षबाट मारिएका एक प्रतिनिधिमू...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
Social and Economic Impact of Public Welfare Schemes in Rajasthan: General Analysis
Social and Economic Impact of Public Welfare Schemes in Rajasthan: General Analysis
The democratic system is considered the best among the governance systems of any country. Among the various features of this superior system, one prominent feature is the presence ...
बिहार में सुशासन का असली चेहरा: बुकलेट बम
बिहार में सुशासन का असली चेहरा: बुकलेट बम
बिहार में नीतीश कुमार की सरकार के चार साल पूरे होने पर 24 अगस्त, 2009 को "सुशासन का असली चेहरा: एनडीए सरकार के चार साल, एक रिपोर्ट कार्ड" नाम से एक पुस्तिका प्रकाशित हुई थी। पुस...
Comparative study of financial resources of Rajasthan Marudhara Gramin Bank and Baroda Rajasthan Kshetriya Gramin Bank
Comparative study of financial resources of Rajasthan Marudhara Gramin Bank and Baroda Rajasthan Kshetriya Gramin Bank
Presently the share capital of Rajasthan Marudhara Gramin Bank is 20,00,000 lakhs and the regular and paid-up capital is Rs 18193 lakhs, which is 50: 35: 15 by the Government of In...
नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
नेपाल कम्युनिस्ट पार्टीको दरभङ्गा प्लेनम र परिणाम
राणा शासनका विरुद्ध लड्ने र राजनीतिक परिवर्तन ल्याउने उद्देश्यका साथ दलहरूको गठन भएको थियो । नेकपाको गठन त्यसैमध्येको एक थियो । २००६ सालमा नेकपाको गठन भएपछि राष्ट्रिय र अन्तराष्ट्र...

