Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

ब्याँसी भाषाको वर्णव्यवस्था

View through CrossRef
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्याँस, राप्ला, तिङ्कर र सितोला गाउँहरूमा (हाल ब्याँस गा.पा.) आदिमकाल देखि बसोबास गर्दै आइरहेका छन् । शौका जनजातिहरू ब्याँस हिमालको काखमा र ब्याँस ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी नामाकरण भएको र सोही अनुरुप नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८ मा सूचीकृत गरिएको छ ।  नेपालको इतिहासमा आदिकालमा शासन व्यवस्था स्थानीय राजा रजौटाहरूको हातमा थियो । त्यस बखतमा ब्याँस उपत्यका हालको भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ तथा हालको ब्याँस गा.पा.को छाङरु र तिंकर गाउँहरू जुम्ली राजाको शासनअन्तर्गत थिए । प्राचीन अविभाज्य र स्थानीय राजाहरूको शासनलाई हेर्दा ब्याँसीहरूको इतिहास हालको भारत र नेपालसँग जोडिएको पाइन्छ । प्राचीन काल देखि ब्याँसी रं हरू बसोबास गर्ने तीन वटा उपत्यकाहरू रहेका थिए । जसमा ब्याँस उपत्यका (व्याङ्खो) बंबा (चौदास) उपत्यका र दारमा उपत्यका पर्दछन् । हाल दारमा र बंबा उपत्यकाहरू भारत तर्फ पर्दछन् भने ब्याँस उपत्यका नेपाल र भारत दुवै तर्फ पर्दछ ।  हालको ब्याँस उपत्यकालाई ब्याँसी भाषामा ब्याङ्खो भनिन्छ । ब्याँस क्षेत्रमा जम्मा ९ वटा गाउँहरू छन् । जसमध्ये ७ वटा गाउँहरू भारतमा पर्दछन् भने नेपाल तर्फ ब्याँस ऋषिको तपोभूमिमा छाङरु र तिंकर पर्दछन् । नेपाल भारत तर्फको ब्याँसी रंहरूको धर्म सँस्कृति, रीतिरिवाज, भाषा, भेषभूषा र संस्कारहरूमा समानता रहेको छ । दार्चुला जिल्लाको राप्ला र सितोला गा.वि.स.(हाल ब्याँस गा.पा.) मा बसोबास गर्ने ब्याँसीहरूको इतिहासलाई हेर्दा ब्याँसी शौकाहरू पनि ब्याँस उपत्यकाको गब्र्याङको कर्जाङ्गबाट आज भन्दा १५–१६ पुस्ता अगाडि देखि नै राप्लाको थिन हुँदै रपाङमा बसोबास गर्दै आएका र बुदीबाट सितोलाका ब्याँसी (स्याङ्कपा) हरू सितोलाको स्याङकाङ भन्ने गाउँमा बस्दै आइरहेका छन् ।  प्रकृतिको पुजा गर्ने ब्याँसी शौका जाति भाषिक सांस्कृतिक र सामाजिक रूपमा बेग्लै पहिचान बोकेको जाति हो । हाल आएर यिनीहरू आफूलाई ब्याँसी मात्र नभनी ब्याँसी–शौका भन्न रूचाउँछन् । ब्याँसी भाषा चिन–तिब्बति भाषा परिवारको पश्चिमी हिमालीअन्तर्गत शौका “रं” समुदायको भाषा हो । मुख्य तया यो भाषा दार्चुला जिल्लाको ब्याँस गाउँपालिका र जिल्ला सदरमुकाम खलङ्गालगायत यस ओरिपरिका क्षेत्रमा बोलिन्छ । यसका साथै भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ क्षेत्रमा बोलिन्छ । ब्याँसी भाषामा ६ ओटा स्वरवर्ण र २९ वटा व्यञ्जन वर्ण रहेका पाइन्छन् । 
Title: ब्याँसी भाषाको वर्णव्यवस्था
Description:
आफ्नै मौलिकता, ऐतिहासिकता र सांस्कृतिक पृष्ठभूमि बोकेको नेपालको अल्पसङ्ख्यक आदिबासी जनजाति ब्याँसी शौका, सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली अञ्चल दार्चुला जिल्लाको सुदूर उत्तरका ब्याँस, राप्ला, तिङ्कर र सितोला गाउँहरूमा (हाल ब्याँस गा.
पा.
) आदिमकाल देखि बसोबास गर्दै आइरहेका छन् । शौका जनजातिहरू ब्याँस हिमालको काखमा र ब्याँस ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी नामाकरण भएको र सोही अनुरुप नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८ मा सूचीकृत गरिएको छ ।  नेपालको इतिहासमा आदिकालमा शासन व्यवस्था स्थानीय राजा रजौटाहरूको हातमा थियो । त्यस बखतमा ब्याँस उपत्यका हालको भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ तथा हालको ब्याँस गा.
पा.
को छाङरु र तिंकर गाउँहरू जुम्ली राजाको शासनअन्तर्गत थिए । प्राचीन अविभाज्य र स्थानीय राजाहरूको शासनलाई हेर्दा ब्याँसीहरूको इतिहास हालको भारत र नेपालसँग जोडिएको पाइन्छ । प्राचीन काल देखि ब्याँसी रं हरू बसोबास गर्ने तीन वटा उपत्यकाहरू रहेका थिए । जसमा ब्याँस उपत्यका (व्याङ्खो) बंबा (चौदास) उपत्यका र दारमा उपत्यका पर्दछन् । हाल दारमा र बंबा उपत्यकाहरू भारत तर्फ पर्दछन् भने ब्याँस उपत्यका नेपाल र भारत दुवै तर्फ पर्दछ ।  हालको ब्याँस उपत्यकालाई ब्याँसी भाषामा ब्याङ्खो भनिन्छ । ब्याँस क्षेत्रमा जम्मा ९ वटा गाउँहरू छन् । जसमध्ये ७ वटा गाउँहरू भारतमा पर्दछन् भने नेपाल तर्फ ब्याँस ऋषिको तपोभूमिमा छाङरु र तिंकर पर्दछन् । नेपाल भारत तर्फको ब्याँसी रंहरूको धर्म सँस्कृति, रीतिरिवाज, भाषा, भेषभूषा र संस्कारहरूमा समानता रहेको छ । दार्चुला जिल्लाको राप्ला र सितोला गा.
वि.
स.
(हाल ब्याँस गा.
पा.
) मा बसोबास गर्ने ब्याँसीहरूको इतिहासलाई हेर्दा ब्याँसी शौकाहरू पनि ब्याँस उपत्यकाको गब्र्याङको कर्जाङ्गबाट आज भन्दा १५–१६ पुस्ता अगाडि देखि नै राप्लाको थिन हुँदै रपाङमा बसोबास गर्दै आएका र बुदीबाट सितोलाका ब्याँसी (स्याङ्कपा) हरू सितोलाको स्याङकाङ भन्ने गाउँमा बस्दै आइरहेका छन् ।  प्रकृतिको पुजा गर्ने ब्याँसी शौका जाति भाषिक सांस्कृतिक र सामाजिक रूपमा बेग्लै पहिचान बोकेको जाति हो । हाल आएर यिनीहरू आफूलाई ब्याँसी मात्र नभनी ब्याँसी–शौका भन्न रूचाउँछन् । ब्याँसी भाषा चिन–तिब्बति भाषा परिवारको पश्चिमी हिमालीअन्तर्गत शौका “रं” समुदायको भाषा हो । मुख्य तया यो भाषा दार्चुला जिल्लाको ब्याँस गाउँपालिका र जिल्ला सदरमुकाम खलङ्गालगायत यस ओरिपरिका क्षेत्रमा बोलिन्छ । यसका साथै भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने बुदी, गरब्याङ्ग, गुन्जी, कुटी, नावी, रोङकाङ र नपलच्यौ क्षेत्रमा बोलिन्छ । ब्याँसी भाषामा ६ ओटा स्वरवर्ण र २९ वटा व्यञ्जन वर्ण रहेका पाइन्छन् । .

Related Results

सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता
यस लेखले नेपालका विगतका संविधानहरूमा भएका भाषासम्बन्धी प्रावधानहरूको जगमा, त्यसमा पनि मुख्य गरेर सङ्घीय नेपालको संविधान २०७२ मा भाएका भाषासम्बन्धी प्रावधानहरूलाई मूलतः आधार मानेर भ...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha
गुरुङ भाषाको साहित्यिक रूपरेखा Gurung Bhashako Sahityik Ruprekha
गुरुङ भाषा भोट चिनियाँँ परिवारअन्तर्गत भोटबर्मेली शाखाभित्र पर्दछ । यस भाषामा साहित्य लेखन आरम्भ भएको आधा शताब्दी भए पनि यस भाषाको साहित्यिक रूपरेखाको खोजी प्रारम्भिक नै रहेको छ । ...
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
किराती भाषामा वर्णव्यवस्था {Alphabet in Kirati language}
प्रस्तुत लेख किराती भाषामा रहेका वर्णव्यवस्थाको तुलनात्मक एवं प्रकार्यपरक अध्ययनमा केन्द्रित छ । किराती भाषा समूहभित्र दुई दर्जन बढी भाषाहरू छन् । ती भाषाहरूमा सबैभन्दा कम २१ देखि ...
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
साहित्यविश्लेषणको मनोभाषावैज्ञानिक पद्धति
प्रस्तुत लेख मनोभाषाविज्ञानका मान्यताका आधारमा साहित्यविश्लेषणको ढाँचा निर्माणमा केन्द्रित छ र यसमा वर्णनात्मक र व्याख्यात्मक विधिका माध्यमबाट मनोभाषाविज्ञानका मान्यता र सोहीअनुरूप...

Back to Top