Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika

View through CrossRef
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।
Title: सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika
Description:
नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।.

Related Results

सामाजिक–आर्थिक विकासमा महिलाको भूमिका Samajik-Arthik Bikasma Mahilako Bhumika
सामाजिक–आर्थिक विकासमा महिलाको भूमिका Samajik-Arthik Bikasma Mahilako Bhumika
नेपालको कुल जनसङ्ख्याको आधा भाग ओगटेका महिलाहरू सामाजिक,आर्थिक विकासको महइभ्वपूर्ण सूचकका रूपमा रहेका छन् । त्यसैले नेपाली महिलाहरूकोसामाजिक तथा आर्थिक स्तर उठाउने विशेष प्रयास गर्...
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हु...
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण  गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
Unveiling Gender Stereotypes: A Feminist Reading of the Film Bhumika
Unveiling Gender Stereotypes: A Feminist Reading of the Film Bhumika
The present research paper is a feminist exploration of the critically acclaimed Hindi film, Bhumika (1977), set against the backdrop of Indian film industry, directed by Shyam Ben...
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्...
अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा
अनुसन्धानमा प्रमाता, प्रमेय, प्रमाण र प्रमा
प्रस्तुत लेख पूर्वीय दर्शनका मान्यतामा आधारित भएर अनुसन्धान र यसका अङ्गहरू प्रमाता, प्रमेय, प्रमाण र प्रमेयको भूमिका र तिनका बिचको सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृति...
पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
पाठ्यक्रम विकासमा जडीबुटी संस्कृतिको महत्व {Importance of herbal culture in curriculum development}
प्रस्तुत अनुसन्धान पाठ्यक्रम बिकासमा जडीबुटी सँस्कृतिको महत्व शीर्षकमा आधारित छ । अध्यनको उद्देश्य जडीबुटी सँस्कृतिको पाठ्यक्रम बिकासमा महत्व पत्ता लगाउनु रहेको छ । संस्कृति मानिसल...
Where Labour is Performed: The Public/Private Dichotomy and the Politics of Stigma in Bhumika and Mandi
Where Labour is Performed: The Public/Private Dichotomy and the Politics of Stigma in Bhumika and Mandi
This chapter uses the intersectional framework to study Shyam Benegal’s Bhumika (1977) and Mandi (1983), both of which deal with women’s performance of stigmatized labour in the pu...

Back to Top