Javascript must be enabled to continue!
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
View through CrossRef
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर विवादरत्नाकर नाउँको कानुनसंहिताको पुस्तक १३१४ ई.को दिसम्बरमा तयार गरेका थिए । हिन्दु धर्मशास्त्र र स्मृतिग्रन्थहरूमाथि आधारित उनको यो देवानी र फौजदारी कानुनका साथै निर्णय प्रक्रिया सम्बन्धी व्यवस्था समेटिएको पुस्तक नेपालको कानुनी इतिहासको पहिलो पुस्तक रहेको छ । जसलाई भारतको ब्रिटिशकालीन न्यायिक व्यवस्थामा हिन्दु सम्पति उत्तराधिकार सम्बन्धि टेरीटोरियल एक्टमा असल कानुनको रूपमा सिफारिश गरिएको थियो । यस्तो प्रख्यात कानुनविद ओझेलमा पर्न गएकोले उनको सम्बन्धमा खोज अनुसन्धान गरी कानुनविदको रूपमा उनले दिएका योगदानहरूलाई प्रकाशमा ल्याउनु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यसका लागि पुस्तकालयीय अनुसन्धान विधिबाट तथ्याङ्क सङ्कलन गरी वर्णनात्मक र विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको छ । नेपालको सिमरौनगढको मन्त्रीपरिवारमा जन्मेहुर्केका हिन्दुधर्मशास्त्रको उच्चशिक्षा पाएका चण्डेश्वरले तत्कालीन नेपाल र तिरहुतको राजनीतिमा आफ्नो विशिष्ट पहिचान कायम गर्दै नेपालको संस्कृत साहित्यको कानुन विधासम्बन्धि भण्डार भरेर आफ्नो विद्वताको परिचय दिएका छन् । उनले आफ्ना सप्तरत्नाकर र कृत्यचिन्तामणि जस्ता पुस्तकको माध्यमबाट नेपालको कानुन व्यवस्थालाई हिन्दु परम्परा अनुसार व्यवस्थित गर्न मार्गदर्शन गरेका छन् । त्यसैले हामीले उनलाई नेपालको प्रथम कानुनविदको रूपमा स्वीकार गरेका छौं ।
Title: नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
Description:
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर विवादरत्नाकर नाउँको कानुनसंहिताको पुस्तक १३१४ ई.
को दिसम्बरमा तयार गरेका थिए । हिन्दु धर्मशास्त्र र स्मृतिग्रन्थहरूमाथि आधारित उनको यो देवानी र फौजदारी कानुनका साथै निर्णय प्रक्रिया सम्बन्धी व्यवस्था समेटिएको पुस्तक नेपालको कानुनी इतिहासको पहिलो पुस्तक रहेको छ । जसलाई भारतको ब्रिटिशकालीन न्यायिक व्यवस्थामा हिन्दु सम्पति उत्तराधिकार सम्बन्धि टेरीटोरियल एक्टमा असल कानुनको रूपमा सिफारिश गरिएको थियो । यस्तो प्रख्यात कानुनविद ओझेलमा पर्न गएकोले उनको सम्बन्धमा खोज अनुसन्धान गरी कानुनविदको रूपमा उनले दिएका योगदानहरूलाई प्रकाशमा ल्याउनु यस अध्ययनको प्रमुख उद्देश्य रहेको छ । यसका लागि पुस्तकालयीय अनुसन्धान विधिबाट तथ्याङ्क सङ्कलन गरी वर्णनात्मक र विश्लेषणात्मक विधिबाट निष्कर्ष निकालिएको छ । नेपालको सिमरौनगढको मन्त्रीपरिवारमा जन्मेहुर्केका हिन्दुधर्मशास्त्रको उच्चशिक्षा पाएका चण्डेश्वरले तत्कालीन नेपाल र तिरहुतको राजनीतिमा आफ्नो विशिष्ट पहिचान कायम गर्दै नेपालको संस्कृत साहित्यको कानुन विधासम्बन्धि भण्डार भरेर आफ्नो विद्वताको परिचय दिएका छन् । उनले आफ्ना सप्तरत्नाकर र कृत्यचिन्तामणि जस्ता पुस्तकको माध्यमबाट नेपालको कानुन व्यवस्थालाई हिन्दु परम्परा अनुसार व्यवस्थित गर्न मार्गदर्शन गरेका छन् । त्यसैले हामीले उनलाई नेपालको प्रथम कानुनविदको रूपमा स्वीकार गरेका छौं ।
.
Related Results
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र ...
नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
नेपाली सभ्यता र जातिवादतन्त्रकोे प्रवेश
हिन्दु धर्मद्धारा शूद्र र अछुत भनिएका नेपालका आफूलाई दलित भनि चिनाइएका समुदायको वास्तविक इतिहास, पहिचान र विकासबारे अझै पनि थुप्रै भ्रम र अन्यौलता कायमै देखिन्छन् । नेपालका हालका द...
छाडिएका भगवान् कथामा यथार्थवाद
छाडिएका भगवान् कथामा यथार्थवाद
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथाम...
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
बहुआयामिक व्यक्तित्व तुलसीराम वैद्य
काठमाडौँको सम्भ्रान्त भारदारी परिवारमा जन्मिएर शिक्षादिक्षाको उचित अवसर पाई आकर्षक प्रशासनिक पदमा जान ठिक्क परेका बेला पिताको वचन र मार्गदर्शनलाई शिरोधार्य गरी धेरैको रोजाइमा नपर्न...
भारतीय दर्शनेषु मोक्ष प्रक्रिया
भारतीय दर्शनेषु मोक्ष प्रक्रिया
सारांश मोक्ष मानव जीवन का परम लक्ष्य है, इसीलिये मानव के आदि संविधान वेद से लेकर आज तक सभी धर्मशास्त्रीय ग्रन्थों में मोक्ष का चिन्तन प्राप्त होता है। मोक्ष को मुक्ति, कैवल्य, निःश...
अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple}
अमरनारायण मन्दिरको कला तथा वास्तुकला {Art & Architecture of Amarnarayan Temple}
दुनियाँमा भाषा, धर्म, संस्कृति, परम्परा, कला वास्तुकलाका क्षेत्रमा नेपालप्रसिद्ध मुलुक हो । यहाँ प्राचीनकालदेखि नै विभिन्न किसिमका कला तथा वास्तुकलाका संरचनाहरु निर्माण हुँदै आएको ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...

