Javascript must be enabled to continue!
नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
View through CrossRef
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र अन्त भएको थियो । सिद्ध लखन थापा मगर राजा राम शाहको शासन कालमा साक्षात भगवती रानी लिलावतीको सेवकको रुपमा गोरखनाथ बावाले सिद्ध बनाएर गोर्खा दरवारमा लगेका थिए । दरवारमा रानीको सेवकको साथै राजा राम शाहको प्रमुख सल्लाहकारको रुपमा पनि रहेका थिए । उनले दैवीय चमत्कारीका कार्यहरु गरी तत्कालीन गोर्खा दरवारमा आश्चर्यचकित बनाएका थिए । राजाको निधन पछि सति जान लागेकी रानीको सल्लाह अनुसारनै आफ्नो घर आएर बसे । साथै रानीले भने अनुसार नै सिलाको रुपमा उत्पन्न भएर पुन सेवा गर्ने अवसर प्रदान गरिन । मनकामना देवीको रुपमा उत्पती भए पछि सिद्ध लखन थापा मगर मूल पूजारी भएर सेवा गर्न थाले । उनले मनकामना देवीको पूजाविधी र पुजारी वंशानुगत व्यवस्था मिलाएर तीर्थ गर्न गए, धेरै दिन पछि फर्केर आए , तर घरमा आफ्नो काजकिरिया गरि सकेको भन्ज्याङमा भेट भएका चेलीबाट थाहा पाएपछि नजिकैको गुफामा आफुले टेकेको भीमसेनपातीको लाठी गुफा अगाडि राखेर अलप भए । त्यस्तै प्रथम सहिद लखन थापा मगर वि.स.१८९१ मा जन्मी गोरखनाथ गणमा सैनिक भएका थिए । जंग बहादुर राणाको निरङकुस शासनबाट आक्रोसित भै सैनिक सेवा छोडी धार्मिक आडमा जंग बहादुर राणाको विरुद्ध जनस्तरको समर्थन प्राप्त गरी विद्रोह गरेका थिए । वि.स. १९३३ मा जंग बहादुरले उनी लगाएत अन्य सात जनालाई हत्या गरेका थिए ।अतः उनकै पे्ररणा बाट २००७ सालको क्रान्ति सफल भएको थियो । आज हजारौं सहिदहरुको सृखलाको क्रममा प्रथम सहिदको रुपमा सम्मानित भएका छन ।
Title: नेपालको इतिहासमा सिद्ध र प्रथम सहिद लखन थापा मगर
Description:
सानो गोर्खा राज्यको इतिहास देखि सिङगो नेपालको इतिहासमा देखिएका एकै जाति ,समूदाय, एकै स्थानमा महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरु सिद्ध लखन थापा मगर र प्रथम सहिद खलन थापा मगरको उदय र अन्त भएको थियो । सिद्ध लखन थापा मगर राजा राम शाहको शासन कालमा साक्षात भगवती रानी लिलावतीको सेवकको रुपमा गोरखनाथ बावाले सिद्ध बनाएर गोर्खा दरवारमा लगेका थिए । दरवारमा रानीको सेवकको साथै राजा राम शाहको प्रमुख सल्लाहकारको रुपमा पनि रहेका थिए । उनले दैवीय चमत्कारीका कार्यहरु गरी तत्कालीन गोर्खा दरवारमा आश्चर्यचकित बनाएका थिए । राजाको निधन पछि सति जान लागेकी रानीको सल्लाह अनुसारनै आफ्नो घर आएर बसे । साथै रानीले भने अनुसार नै सिलाको रुपमा उत्पन्न भएर पुन सेवा गर्ने अवसर प्रदान गरिन । मनकामना देवीको रुपमा उत्पती भए पछि सिद्ध लखन थापा मगर मूल पूजारी भएर सेवा गर्न थाले । उनले मनकामना देवीको पूजाविधी र पुजारी वंशानुगत व्यवस्था मिलाएर तीर्थ गर्न गए, धेरै दिन पछि फर्केर आए , तर घरमा आफ्नो काजकिरिया गरि सकेको भन्ज्याङमा भेट भएका चेलीबाट थाहा पाएपछि नजिकैको गुफामा आफुले टेकेको भीमसेनपातीको लाठी गुफा अगाडि राखेर अलप भए । त्यस्तै प्रथम सहिद लखन थापा मगर वि.
स.
१८९१ मा जन्मी गोरखनाथ गणमा सैनिक भएका थिए । जंग बहादुर राणाको निरङकुस शासनबाट आक्रोसित भै सैनिक सेवा छोडी धार्मिक आडमा जंग बहादुर राणाको विरुद्ध जनस्तरको समर्थन प्राप्त गरी विद्रोह गरेका थिए । वि.
स.
१९३३ मा जंग बहादुरले उनी लगाएत अन्य सात जनालाई हत्या गरेका थिए ।अतः उनकै पे्ररणा बाट २००७ सालको क्रान्ति सफल भएको थियो । आज हजारौं सहिदहरुको सृखलाको क्रममा प्रथम सहिदको रुपमा सम्मानित भएका छन ।.
Related Results
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अव...
सहिद कथामा सांस्कृतिक अध्ययन
सहिद कथामा सांस्कृतिक अध्ययन
गुरु प्रसाद मैनालीद्वारा रचित ‘सहिद’ कथा ‘नासो’ कथा सङ्ग्रहमा सङ्गृहित एक कालजयी कथा हो । कथामा एक शिक्षक पात्रले तत्कालीन राणाकालीन सामन्ती व्यवस्था (वि.सं. १९५७–२०२८) मा विद्यमान...
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालका प्रथम कानुनविद स्मृतिकार चण्डेश्वर ठक्कुर
नेपालको न्याय र कानुनी व्यवस्थाको क्षेत्रमा राजा जयस्थितिमल्ल र रामशाहले न्यायिक सुधार ल्याउनु भन्दा पहिले चण्डेश्वर ठक्कुरले चौधौं शताब्दीको पुर्वाद्र्धमा भक्तपुर राजदरबारमा बसेर ...
चमार जातिको इतिहास
चमार जातिको इतिहास
चमारलाई नेपाली शब्दसागरमा छालाको मालसामान बनाउने एक जाति, सार्की, मिझार, मिजार (कदर गर्दा) भनिएको छ । चमार जाति भारतको विहार र उत्तरप्रदेश लगायत बङ्गालबाट ईशाको पहिलो शताब्दीतिर ने...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}
ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास
‘नवइतिहासवादी दृष्टिमा वसन्ती उपन्यास’ शीर्षकको प्रस्तुत लेख डायमनशम्शेर राणाको वसन्ती उपन्यासमा पाइने ऐतिहासिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । मूलतः यो उपन्यास नेपालको राजनीतिक...

