Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

डडेल्धुरेली भाषाका कोटिकर

View through CrossRef
कोटिकर भनेको सङ्ख्यावाचक शब्द र नामका बिचमा अनिवार्य रूपले आउने विशेष शब्द हो । यस्ता सङ्ख्यावाचक र नामका बिचमा आउने थुप्रै शब्दहरू डडेल्धुरेली भाषामा पाइन्छन् । वस्तुको आकार, प्रकार आदि जनाउन वाक्यमा कोटिकरको आवश्यकता पर्दछ । डडेल्धुरेली भाषामा यस्ता वस्तु गन्नका लागि वस्तुको आकारअनुसार कोटिकर पनि फरक फरक हुने गरेका पाइन्छन् । डडेल्धुरेली भाषामा रहेका गोलो आकारका वस्तु गन्न ‘दानो’ र ‘गानो’, लाम्चो आकारका वस्तु गन्न ‘कोसो’ र ‘सेलो’, अर्धचन्द्राकार वस्तुलाई जनाउन ‘पानो’ शब्दको प्रयोग हुन्छ भने ‘गेडो’ शब्दले लाम्चो र गोलो दुवै वस्तुलाई जनाउने गरेको पाइन्छ । यस्ता वस्तु गन्दा कोटिकर र लिङ्गको प्रयोग हुने गर्दछ । मानवीय नाममा कोटिकरको प्रयोग हुन्छ भने मानवेतर (जन्तुवाचक) नाममा कोटिकर लाग्दैनन् । तर मानवेतर (अजन्तुवाचक) नाममा भने कोटिकरको प्रयोग हुन्छ । कोटिकरमा पनि लिङ्गभेद हुन्छ । यो लिङ्गभेद मानवीय नाममा मात्रै हुने गरेको पाइन्छ । जन्तुवाचक नाममा भने कोटिकरमा लिङ्गभेद हुँदैन र कोटिकर पनि लाग्ने गरेको पाइँदैन । अजन्तुवाचक नाममा भने आकारअनुसार कोटिकर लाग्ने गरेको पाइन्छ । सिङ्गोे वस्तुलाई मात्रै नभएर बुजो, कुट्को, चिउलो आदि जस्ता खण्डहरू गन्न छुट्टाछुट्टै कोटिकर लाग्ने गर्दछन् । डडेल्धुरेली भाषामा कामको प्रक्रियालाई बुझाउन पनि केही कोटिकरहरूको प्रयोग हुने गरेको पाइन्छ । 
Title: डडेल्धुरेली भाषाका कोटिकर
Description:
कोटिकर भनेको सङ्ख्यावाचक शब्द र नामका बिचमा अनिवार्य रूपले आउने विशेष शब्द हो । यस्ता सङ्ख्यावाचक र नामका बिचमा आउने थुप्रै शब्दहरू डडेल्धुरेली भाषामा पाइन्छन् । वस्तुको आकार, प्रकार आदि जनाउन वाक्यमा कोटिकरको आवश्यकता पर्दछ । डडेल्धुरेली भाषामा यस्ता वस्तु गन्नका लागि वस्तुको आकारअनुसार कोटिकर पनि फरक फरक हुने गरेका पाइन्छन् । डडेल्धुरेली भाषामा रहेका गोलो आकारका वस्तु गन्न ‘दानो’ र ‘गानो’, लाम्चो आकारका वस्तु गन्न ‘कोसो’ र ‘सेलो’, अर्धचन्द्राकार वस्तुलाई जनाउन ‘पानो’ शब्दको प्रयोग हुन्छ भने ‘गेडो’ शब्दले लाम्चो र गोलो दुवै वस्तुलाई जनाउने गरेको पाइन्छ । यस्ता वस्तु गन्दा कोटिकर र लिङ्गको प्रयोग हुने गर्दछ । मानवीय नाममा कोटिकरको प्रयोग हुन्छ भने मानवेतर (जन्तुवाचक) नाममा कोटिकर लाग्दैनन् । तर मानवेतर (अजन्तुवाचक) नाममा भने कोटिकरको प्रयोग हुन्छ । कोटिकरमा पनि लिङ्गभेद हुन्छ । यो लिङ्गभेद मानवीय नाममा मात्रै हुने गरेको पाइन्छ । जन्तुवाचक नाममा भने कोटिकरमा लिङ्गभेद हुँदैन र कोटिकर पनि लाग्ने गरेको पाइँदैन । अजन्तुवाचक नाममा भने आकारअनुसार कोटिकर लाग्ने गरेको पाइन्छ । सिङ्गोे वस्तुलाई मात्रै नभएर बुजो, कुट्को, चिउलो आदि जस्ता खण्डहरू गन्न छुट्टाछुट्टै कोटिकर लाग्ने गर्दछन् । डडेल्धुरेली भाषामा कामको प्रक्रियालाई बुझाउन पनि केही कोटिकरहरूको प्रयोग हुने गरेको पाइन्छ । .

Related Results

नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
शेर्पा भाषाको शब्दवर्ग Sherpa Bhashako Shabdabarga
नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा जातिले बोल्ने भाषालाई शेर्पा भाषा भनिन्छ । यो भाषा भोटवर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । २०६८ सालको जनगणनाअनुसार एकलाख चौधहजार आठसय ती...
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
सुदूरपश्चिम प्रदेशमा भाषिक प्रयोगको अवस्था
भाषा तथा भाषिक भेदका विविधता तथा तिनको प्रयोगावस्थाका बारेमा तथ्यपरक खोज विश्लेषण गरी तिनको संरक्षण तथा संबर्धन गर्दै संस्कृति र सामाजिक मान्यताको पनि प्रवर्धन गर्नु आवश्यक छ । प्र...
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...
शून्यको मूल्यको साहित्यिक मूल्य
शून्यको मूल्यको साहित्यिक मूल्य
तुत लेख शून्यको मूल्य नामक कृतिको साहित्यिक मूल्यको विश्लेषणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा शून्यको मूल्यको साहित्यिक मूल्यको विश्लेषणका लागि पूर्वीय साहित्य सिद...
लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति
लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति
लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोक...
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भा...
नेपालभाषाका लिपिको नालिबेली
नेपालभाषाका लिपिको नालिबेली
यस लेखमा नेपालभाषा र यसमा प्रयोग हुने लिपिको बारेमा प्रकास पारिएको छ । नेपालभाषा नेवार जातिले बोल्ने भाषा हो । नेपालभाषा चिनिया भोट परिवारको भोट-बर्मेली शाखा अन्तर्गतको भाषा हो । य...

Back to Top