Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग

View through CrossRef
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भाषामा प्रयोग हुने शब्दलाई बुझिन्छ । अध्ययनमा स्वदेशी तथा विदेशी भाषाबाट नेपाली भाषामा प्रयोग हुँदै आएका आगन्तुक शब्दहरूको पहिचान तथा तिनको प्रयोगक्षेत्रको निर्धारण गर्ने उद्देश्य राखिएको छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय विधि र पद्धतिको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई उदाहरणसहित वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आगन्तुक शब्दको प्रयोगले भाषिक शब्दभण्डार बढ्ने मात्र नभई भाषिक सम्पन्नता र व्यापकता थप्ने गर्दछु । वर्तमान समयमा अङ्ग्रेजी भाषा विश्वको सूचना प्रविधि र बहुप्रचलित भाषाका रूपमा रहेको हुनाले अधिकांश आगन्तुक शब्दहरू यसै भाषाबाट भित्रिएका पाइन्छन् । यस्ता शब्दको अन्धाधुन्ध प्रयोगले भाषाको वास्तविक स्वरूपमा खलल पुग्नु हुँदैन भन्ने निष्कर्ष निकालिएको छ ।
Title: नेपाली भाषामा आगन्तुक शब्दहरूको प्रयोग
Description:
यस लेखमा नेपाली भाषामा प्रयोग र उपयोगमा आएका आगन्तुक शब्दहरूको अध्ययन गरिएको छ । आगन्तुक शब्द भन्नाले संस्कृत भाषाबाहेक स्वदेशभित्र बोलिने मातृभाषा तथा विदेशी भाषाबाट आएर नेपाली भाषामा प्रयोग हुने शब्दलाई बुझिन्छ । अध्ययनमा स्वदेशी तथा विदेशी भाषाबाट नेपाली भाषामा प्रयोग हुँदै आएका आगन्तुक शब्दहरूको पहिचान तथा तिनको प्रयोगक्षेत्रको निर्धारण गर्ने उद्देश्य राखिएको छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय विधि र पद्धतिको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई उदाहरणसहित वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । आगन्तुक शब्दको प्रयोगले भाषिक शब्दभण्डार बढ्ने मात्र नभई भाषिक सम्पन्नता र व्यापकता थप्ने गर्दछु । वर्तमान समयमा अङ्ग्रेजी भाषा विश्वको सूचना प्रविधि र बहुप्रचलित भाषाका रूपमा रहेको हुनाले अधिकांश आगन्तुक शब्दहरू यसै भाषाबाट भित्रिएका पाइन्छन् । यस्ता शब्दको अन्धाधुन्ध प्रयोगले भाषाको वास्तविक स्वरूपमा खलल पुग्नु हुँदैन भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
नेपाली वर्णविन्यास सम्पादनमा चिन्ह प्रयोग
प्रस्तुत लेख नेपाली वर्णहरूको उपर्युक्त विन्यासको प्रयोग र नेपाली भाषा सम्पादनमा चिहृनको पहिचानमा आधारित छ । भाषामा स्पष्ट रूपमा व्याकरणिक संरचना र कोशीय अर्थापनमा सन्तुलन ल्याउनका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
डडेल्धुरेली भाषाका कोटिकर
डडेल्धुरेली भाषाका कोटिकर
कोटिकर भनेको सङ्ख्यावाचक शब्द र नामका बिचमा अनिवार्य रूपले आउने विशेष शब्द हो । यस्ता सङ्ख्यावाचक र नामका बिचमा आउने थुप्रै शब्दहरू डडेल्धुरेली भाषामा पाइन्छन् । वस्तुको आकार, प्रक...

Back to Top