Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति

View through CrossRef
लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, गाउँखाने कथा, उखान, टुक्काजस्ता विधा हुन्छन् । लोसाहित्यको अध्ययन गर्ने विभिन्न पद्धतिहरू छन् र तीमध्ये मनोविश्लेषणात्मक अध्ययनपद्धति पनि एक हो । सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोविश्लेषणात्मक सिद्धान्त नै मनोविश्लेषणात्मक अध्ययनको सैद्धान्तिक आधार हो । मनोविश्लेषणात्मक सिद्धान्त अचेतनसम्बन्धी अवधारणामा आधारित छ । फ्रायडपछि अरू विभिन्न विद्वान्हरूले मनोविश्लेषात्मक सिद्धान्तको परिमार्जन र संशोधनको प्रयत्न गरेका छन् । तिनै मान्यताहरूका आधारमा साहित्यको पठन हुन थालेपछि मनोविश्लेषणात्मक अध्ययनको आरम्भ भएको हो । तिनै आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग र ज्याक लकाँका मान्यतालाई मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि विषयवस्तु विश्लेषणको विधि अपनाइएको छ । यसका लागि सैद्धान्तिक ढाँचा र पूर्वकार्यको अध्ययनद्वारा अवधारणात्मक ढाँचाको निर्माण गरिएको छ । अचेतन इच्छा, अन्तद्र्वन्द्व, अहम्–प्रतिरक्षा, मनोग्रन्थि, दैनिक जीवनका गल्ती, आद्यस्वरूप, व्यक्तित्व, अन्यपन अवधारणात्मक ढाँचाका नमुना हुन् र तिनका विभिन्न सूचक हुन्छन् । यी अवधाणा र सूचकहरूका आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गहन, सूक्ष्म र व्यवस्थित हुन्छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।  
Title: लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति
Description:
लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, गाउँखाने कथा, उखान, टुक्काजस्ता विधा हुन्छन् । लोसाहित्यको अध्ययन गर्ने विभिन्न पद्धतिहरू छन् र तीमध्ये मनोविश्लेषणात्मक अध्ययनपद्धति पनि एक हो । सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोविश्लेषणात्मक सिद्धान्त नै मनोविश्लेषणात्मक अध्ययनको सैद्धान्तिक आधार हो । मनोविश्लेषणात्मक सिद्धान्त अचेतनसम्बन्धी अवधारणामा आधारित छ । फ्रायडपछि अरू विभिन्न विद्वान्हरूले मनोविश्लेषात्मक सिद्धान्तको परिमार्जन र संशोधनको प्रयत्न गरेका छन् । तिनै मान्यताहरूका आधारमा साहित्यको पठन हुन थालेपछि मनोविश्लेषणात्मक अध्ययनको आरम्भ भएको हो । तिनै आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग र ज्याक लकाँका मान्यतालाई मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि विषयवस्तु विश्लेषणको विधि अपनाइएको छ । यसका लागि सैद्धान्तिक ढाँचा र पूर्वकार्यको अध्ययनद्वारा अवधारणात्मक ढाँचाको निर्माण गरिएको छ । अचेतन इच्छा, अन्तद्र्वन्द्व, अहम्–प्रतिरक्षा, मनोग्रन्थि, दैनिक जीवनका गल्ती, आद्यस्वरूप, व्यक्तित्व, अन्यपन अवधारणात्मक ढाँचाका नमुना हुन् र तिनका विभिन्न सूचक हुन्छन् । यी अवधाणा र सूचकहरूका आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गहन, सूक्ष्म र व्यवस्थित हुन्छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।  .

Related Results

प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
प्रस्तुत लेख लङ्गडाको साथी उपन्यासमा सीमान्तीयताको अध्ययन र विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा लङ्गडाको साथी उपन्यासमा सामाजिक संरचनागत सीमान्तीयताको विश्लेषण गरिएको छ । गुणात...
भाषिक सिपको विकासमा उखान शिक्षण
भाषिक सिपको विकासमा उखान शिक्षण
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लाग...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व
प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...

Back to Top