Javascript must be enabled to continue!
लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति
View through CrossRef
लोकसाहित्य मौखिक रूपमा परम्परादेखि समाजमा प्रचलित हुँदै आएको साहित्य हो । यो लोकवार्ताको एउटा विधा हो र यसको अभिव्यक्ति भाषाका माध्यमद्वारा हुन्छ । लोकसाहित्यका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, गाउँखाने कथा, उखान, टुक्काजस्ता विधा हुन्छन् । लोसाहित्यको अध्ययन गर्ने विभिन्न पद्धतिहरू छन् र तीमध्ये मनोविश्लेषणात्मक अध्ययनपद्धति पनि एक हो । सिग्मन्ड फ्रायडद्वारा स्थापित मनोविश्लेषणात्मक सिद्धान्त नै मनोविश्लेषणात्मक अध्ययनको सैद्धान्तिक आधार हो । मनोविश्लेषणात्मक सिद्धान्त अचेतनसम्बन्धी अवधारणामा आधारित छ । फ्रायडपछि अरू विभिन्न विद्वान्हरूले मनोविश्लेषात्मक सिद्धान्तको परिमार्जन र संशोधनको प्रयत्न गरेका छन् । तिनै मान्यताहरूका आधारमा साहित्यको पठन हुन थालेपछि मनोविश्लेषणात्मक अध्ययनको आरम्भ भएको हो । तिनै आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गर्न सकिन्छ । प्रस्तुत अध्ययनमा सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर, कार्ल गुस्ताभ युङ्ग र ज्याक लकाँका मान्यतालाई मुख्य आधार बनाइएको छ । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । सामग्री विश्लेषण गुणात्मक पद्धतिमा आधारित छ र त्यसका लागि विषयवस्तु विश्लेषणको विधि अपनाइएको छ । यसका लागि सैद्धान्तिक ढाँचा र पूर्वकार्यको अध्ययनद्वारा अवधारणात्मक ढाँचाको निर्माण गरिएको छ । अचेतन इच्छा, अन्तद्र्वन्द्व, अहम्–प्रतिरक्षा, मनोग्रन्थि, दैनिक जीवनका गल्ती, आद्यस्वरूप, व्यक्तित्व, अन्यपन अवधारणात्मक ढाँचाका नमुना हुन् र तिनका विभिन्न सूचक हुन्छन् । यी अवधाणा र सूचकहरूका आधारमा लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययन गहन, सूक्ष्म र व्यवस्थित हुन्छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।
Title: लोकसाहित्यको मनोविश्लेषणात्मक अध्ययनपद्धति
Description:

.
Related Results
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प

प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
लङ्गडाको साथी उपन्यासमा सीमान्तीयता
प्रस्तुत लेख लङ्गडाको साथी उपन्यासमा सीमान्तीयताको अध्ययन र विश्लेषणमा केन्द्रित रहेको छ । यस लेखमा लङ्गडाको साथी उपन्यासमा सामाजिक संरचनागत सीमान्तीयताको विश्लेषण गरिएको छ । गुणात...
भाषिक सिपको विकासमा उखान शिक्षण
भाषिक सिपको विकासमा उखान शिक्षण
उखान लोकसाहित्यको महत्वपूर्ण विधा हो र लोकको बौद्घिक उक्ति हो । लोकले सदियौं देखिका अनुभवहरूलाई सूत्रात्मक रूपले प्रस्तुत गर्दा उखानहरू जन्मिएका हुन् । उखान शिक्षण भाषाशिक्षणका लाग...
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्व...
छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्व

प्रस्तुत लेख छापामारको छोरो कथामा सांस्कृतिक प्रतिनिधित्वको विश्लेषणमा केन्द्रित छ । गुणात्मक अनुसन्धान पद्धति, पाठविश्लेषणकेन्द्री विधि तथा विवेचनात्मक र विश्लेषण ढाँचामा तयार हुन...
उत्तरवर्ती नेपाली उपन्यासको मनोविश्लेषणात्मक पठन

Available with Fulltext. ...