Javascript must be enabled to continue!
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
View through CrossRef
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्वरुप हो । कुनै परम्परा, प्रचलन, कार्य आदिको परिस्कृत र सुधारिएको अवस्थालाई संस्कारित भनिन्छ । यस दृष्टिले हेर्दा संस्कारले धर्म, परम्परा, चालचलन, विश्वास, लोकविश्वास आदिको परिष्कारसहितको चालचलन भन्ने अर्थ द्योतन गर्दछ । यसले कर्मकाण्डीय रीतिथिति, परम्परा, चालचलनका रुपमा आफ्नो अर्थ स्थिर पनि बनाएको छ । यही संस्कार शब्दले समेट्ने वैदिक, पौराणिक कालदेखि प्रचलनमा रहेको सोह्र संस्कारले नेपाली लोकसाहित्यको टुक्का विधाका सिर्जनामा केकस्तो प्रभाव रहेको छ भन्ने जिज्ञासास्वरूप प्रस्तुत लेख लेखिएको छ । टुक्का लोकअनुभव र लोकजीवनका विविध पक्षबाट खारिएका लघु र लघुतम सिर्जना भएकाले तिनमा संस्कारसापेक्ष संस्कृति रहनु स्वाभाविकै हो । त्यस्तो संस्कृतिको प्रभाव के कस्तो रहेको छ भन्ने जिज्ञासामा आधारित यस लेखमा सोह्र संस्कारलाई आधार बनाइएको छ । सोह्र संस्कारलाई मोटामोटी जन्मपूर्वका संस्कार, जन्म र शैशवकालीन संस्कार, बाल्यकालीन संस्कार, किशोर एवम् युवाकालीन संस्कार, प्रौढ एवम् वृद्धकालीन संस्कार र कीर्तिशेष संस्कार गरी छ खण्डमा वर्गीकरण गरेर सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यी संस्कारसँग सम्बन्धित टुक्काहरूको सर्वेक्षणात्मक अध्ययन गर्दा नामकरण, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसापेक्ष सांस्कृतिक टुक्काहरू प्रयाप्त रहेको पाइएको छ । अन्य संसरजन्य टुक्काहरु कम पाइनुले ती संस्कारको प्रचलन पनि कम हुँदै गएको देखिन्छ ।
Title: नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
Description:
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्वरुप हो । कुनै परम्परा, प्रचलन, कार्य आदिको परिस्कृत र सुधारिएको अवस्थालाई संस्कारित भनिन्छ । यस दृष्टिले हेर्दा संस्कारले धर्म, परम्परा, चालचलन, विश्वास, लोकविश्वास आदिको परिष्कारसहितको चालचलन भन्ने अर्थ द्योतन गर्दछ । यसले कर्मकाण्डीय रीतिथिति, परम्परा, चालचलनका रुपमा आफ्नो अर्थ स्थिर पनि बनाएको छ । यही संस्कार शब्दले समेट्ने वैदिक, पौराणिक कालदेखि प्रचलनमा रहेको सोह्र संस्कारले नेपाली लोकसाहित्यको टुक्का विधाका सिर्जनामा केकस्तो प्रभाव रहेको छ भन्ने जिज्ञासास्वरूप प्रस्तुत लेख लेखिएको छ । टुक्का लोकअनुभव र लोकजीवनका विविध पक्षबाट खारिएका लघु र लघुतम सिर्जना भएकाले तिनमा संस्कारसापेक्ष संस्कृति रहनु स्वाभाविकै हो । त्यस्तो संस्कृतिको प्रभाव के कस्तो रहेको छ भन्ने जिज्ञासामा आधारित यस लेखमा सोह्र संस्कारलाई आधार बनाइएको छ । सोह्र संस्कारलाई मोटामोटी जन्मपूर्वका संस्कार, जन्म र शैशवकालीन संस्कार, बाल्यकालीन संस्कार, किशोर एवम् युवाकालीन संस्कार, प्रौढ एवम् वृद्धकालीन संस्कार र कीर्तिशेष संस्कार गरी छ खण्डमा वर्गीकरण गरेर सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यी संस्कारसँग सम्बन्धित टुक्काहरूको सर्वेक्षणात्मक अध्ययन गर्दा नामकरण, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसापेक्ष सांस्कृतिक टुक्काहरू प्रयाप्त रहेको पाइएको छ । अन्य संसरजन्य टुक्काहरु कम पाइनुले ती संस्कारको प्रचलन पनि कम हुँदै गएको देखिन्छ । .
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासमा मानसिक विक्षिप्तता
नेपाली उपन्यासका विक्षिप्त पात्रहरूको मानसिक अवस्था र तिनको सामाजिक–आर्थिक अवस्थाबिचको अन्तःसम्बन्धको अध्ययन यस शोधकार्यमा गरिएको छ । व्यक्तिको आर्थिक, सामाजिक एवम् लैब्गिक विभेदले...

