Javascript must be enabled to continue!
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
View through CrossRef
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्वरुप हो । कुनै परम्परा, प्रचलन, कार्य आदिको परिस्कृत र सुधारिएको अवस्थालाई संस्कारित भनिन्छ । यस दृष्टिले हेर्दा संस्कारले धर्म, परम्परा, चालचलन, विश्वास, लोकविश्वास आदिको परिष्कारसहितको चालचलन भन्ने अर्थ द्योतन गर्दछ । यसले कर्मकाण्डीय रीतिथिति, परम्परा, चालचलनका रुपमा आफ्नो अर्थ स्थिर पनि बनाएको छ । यही संस्कार शब्दले समेट्ने वैदिक, पौराणिक कालदेखि प्रचलनमा रहेको सोह्र संस्कारले नेपाली लोकसाहित्यको टुक्का विधाका सिर्जनामा केकस्तो प्रभाव रहेको छ भन्ने जिज्ञासास्वरूप प्रस्तुत लेख लेखिएको छ । टुक्का लोकअनुभव र लोकजीवनका विविध पक्षबाट खारिएका लघु र लघुतम सिर्जना भएकाले तिनमा संस्कारसापेक्ष संस्कृति रहनु स्वाभाविकै हो । त्यस्तो संस्कृतिको प्रभाव के कस्तो रहेको छ भन्ने जिज्ञासामा आधारित यस लेखमा सोह्र संस्कारलाई आधार बनाइएको छ । सोह्र संस्कारलाई मोटामोटी जन्मपूर्वका संस्कार, जन्म र शैशवकालीन संस्कार, बाल्यकालीन संस्कार, किशोर एवम् युवाकालीन संस्कार, प्रौढ एवम् वृद्धकालीन संस्कार र कीर्तिशेष संस्कार गरी छ खण्डमा वर्गीकरण गरेर सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यी संस्कारसँग सम्बन्धित टुक्काहरूको सर्वेक्षणात्मक अध्ययन गर्दा नामकरण, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसापेक्ष सांस्कृतिक टुक्काहरू प्रयाप्त रहेको पाइएको छ । अन्य संसरजन्य टुक्काहरु कम पाइनुले ती संस्कारको प्रचलन पनि कम हुँदै गएको देखिन्छ ।
Title: नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति
Description:
नेपाली टुक्कामा संस्कारसापेक्ष संस्कृति’ शीर्षकको लेख नेपाली टुक्कामा के कस्तो संस्कार संस्कृतिको प्रभाव छ भन्ने जिज्ञासाको अध्ययनमा आधारित छ । संस्कार भनेको परम्पराको परिष्कृत स्वरुप हो । कुनै परम्परा, प्रचलन, कार्य आदिको परिस्कृत र सुधारिएको अवस्थालाई संस्कारित भनिन्छ । यस दृष्टिले हेर्दा संस्कारले धर्म, परम्परा, चालचलन, विश्वास, लोकविश्वास आदिको परिष्कारसहितको चालचलन भन्ने अर्थ द्योतन गर्दछ । यसले कर्मकाण्डीय रीतिथिति, परम्परा, चालचलनका रुपमा आफ्नो अर्थ स्थिर पनि बनाएको छ । यही संस्कार शब्दले समेट्ने वैदिक, पौराणिक कालदेखि प्रचलनमा रहेको सोह्र संस्कारले नेपाली लोकसाहित्यको टुक्का विधाका सिर्जनामा केकस्तो प्रभाव रहेको छ भन्ने जिज्ञासास्वरूप प्रस्तुत लेख लेखिएको छ । टुक्का लोकअनुभव र लोकजीवनका विविध पक्षबाट खारिएका लघु र लघुतम सिर्जना भएकाले तिनमा संस्कारसापेक्ष संस्कृति रहनु स्वाभाविकै हो । त्यस्तो संस्कृतिको प्रभाव के कस्तो रहेको छ भन्ने जिज्ञासामा आधारित यस लेखमा सोह्र संस्कारलाई आधार बनाइएको छ । सोह्र संस्कारलाई मोटामोटी जन्मपूर्वका संस्कार, जन्म र शैशवकालीन संस्कार, बाल्यकालीन संस्कार, किशोर एवम् युवाकालीन संस्कार, प्रौढ एवम् वृद्धकालीन संस्कार र कीर्तिशेष संस्कार गरी छ खण्डमा वर्गीकरण गरेर सर्वेक्षणात्मक अध्ययन गरिएको छ । यी संस्कारसँग सम्बन्धित टुक्काहरूको सर्वेक्षणात्मक अध्ययन गर्दा नामकरण, व्रतबन्ध, विवाह र मृत्यु संस्कारसापेक्ष सांस्कृतिक टुक्काहरू प्रयाप्त रहेको पाइएको छ । अन्य संसरजन्य टुक्काहरु कम पाइनुले ती संस्कारको प्रचलन पनि कम हुँदै गएको देखिन्छ । .
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
नेपाली भाषाको विकासमा पारसमणि प्रधान
प्रस्तुत लेखमा पारसमणि प्रधानले नेपाली भाषाको विकासमा पु¥याएको योगदानका बारेमा अध्ययन गरिएको छ । प्रस्तुत लेखमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गर...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
नेपाली लोककथामा धार्मिक नीतिचेतना
नेपाली लोककथामा धार्मिक नीतिचेतना
लोकहितको उद्देश्यले लोकद्वारा सिर्जिएर मौखिक परम्परामा अघि बढिरहेको लोककथाले नैतिक एवम् आदर्श मानवीय मूल्य वहन गरेको हुन्छ । समाजलाई मनोरञ्जनका साथै नैतिक शिक्षा प्रदान गर्ने यसको ...
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
‘बन्द ढोका र समय’ कथाको समाजशास्त्र
प्रस्तुत अनुसन्धानात्मक लेखमा महेशविक्रम शाहद्वारा लिखित ‘बन्द ढोका र समय’ कथामा निहित विश्वदृष्टिको अध्ययन गरिएको छ । यस लेखमा साहित्यको समाजशास्त्रका व्याख्याता लुसिएँ गोल्डमानको...

