Javascript must be enabled to continue!
सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
View through CrossRef
सन्की सिपाही मुक्तककृतिमा अभिव्यक्त प्रेम पक्ष शीर्षकको प्रस्तुत अनुसन्धान लोकेन्द्र डहरेको उक्त कृतिमा सङ्गृहीत मुक्तकमा अभिव्यक्त प्रेम पक्ष कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित छ । समस्या निराकरणका लागि सङ्ग्रहभित्रका मुक्तकमा अभिव्यक्त प्रेम पक्षको पहिचान गरी विवेचना गर्ने उद्देश्य रहेको छ । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनका क्रममा पुस्तकालयलाई प्रमुख स्रोत बनाइएको छ । डहरेका मुक्तकलाई प्राथमिक स्रोत मानेर आवश्यकतानुसार विभिन्न विद्वान्ले चर्चा गरेका अध्ययन–अनुसन्धान, व्याख्या–विश्लेषण, समीक्षा–समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा लिइएको छ । प्रेम पक्षमा समाहित राष्ट्रप्रेम, प्रकृतिप्रेम, मातृत्वप्रेम, भातृत्वप्रेम, शृङ्गारप्रेम, आध्यात्मिकप्रेमका सन्दर्भमा विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई सैद्धान्तिक आधार मानिएको छ । डहरेको व्यक्तित्व र कृतित्वको सामान्य चर्चा भए पनि प्रेम पक्षलाई आधार बनाएरै अनुसन्धान नभएकाले प्रस्तुत अनुसन्धानमा त्यसको पुष्टि गरिँदा सम्बन्धित क्षेत्रका अध्येतालाई आवश्यक पृष्ठपोषण र मार्गदर्शन प्राप्त हुने भएकाले यसको औचित्य र महत्त्व सुस्पष्ट हुन्छ । मानवीय चिन्तन तथा चेतनाका सन्दर्भलाई सरल, सहज, सरस मात्र नभएर विम्बात्मक साथै प्रतीकात्मक तरिकाले व्यक्त गरिएका मुक्तकमा प्रेम पक्षलगायतको कलात्मक अभिव्यक्ति पाइन्छ । त्यही अभिव्यक्तिमा नेपाली समाजको विगत, वर्तमानको यथार्थ र भविष्यको पाश्र्वचित्र फेला पर्दछ ।
Title: सन्की सिपाही मुक्तक कृतिमा अभिव्यक्त प्रेम पक्ष
Description:
सन्की सिपाही मुक्तककृतिमा अभिव्यक्त प्रेम पक्ष शीर्षकको प्रस्तुत अनुसन्धान लोकेन्द्र डहरेको उक्त कृतिमा सङ्गृहीत मुक्तकमा अभिव्यक्त प्रेम पक्ष कस्तो छ भन्ने मूल समस्यामा केन्द्रित छ । समस्या निराकरणका लागि सङ्ग्रहभित्रका मुक्तकमा अभिव्यक्त प्रेम पक्षको पहिचान गरी विवेचना गर्ने उद्देश्य रहेको छ । अनुसन्धानलाई पूर्णता दिन सामग्री सङ्कलनका क्रममा पुस्तकालयलाई प्रमुख स्रोत बनाइएको छ । डहरेका मुक्तकलाई प्राथमिक स्रोत मानेर आवश्यकतानुसार विभिन्न विद्वान्ले चर्चा गरेका अध्ययन–अनुसन्धान, व्याख्या–विश्लेषण, समीक्षा–समालोचनालाई द्वितीय स्रोत सामग्रीका रूपमा लिइएको छ । प्रेम पक्षमा समाहित राष्ट्रप्रेम, प्रकृतिप्रेम, मातृत्वप्रेम, भातृत्वप्रेम, शृङ्गारप्रेम, आध्यात्मिकप्रेमका सन्दर्भमा विभिन्न विद्वान्ले अगाडि सारेका चिन्तन एवम् दृष्टिकोणलाई सैद्धान्तिक आधार मानिएको छ । डहरेको व्यक्तित्व र कृतित्वको सामान्य चर्चा भए पनि प्रेम पक्षलाई आधार बनाएरै अनुसन्धान नभएकाले प्रस्तुत अनुसन्धानमा त्यसको पुष्टि गरिँदा सम्बन्धित क्षेत्रका अध्येतालाई आवश्यक पृष्ठपोषण र मार्गदर्शन प्राप्त हुने भएकाले यसको औचित्य र महत्त्व सुस्पष्ट हुन्छ । मानवीय चिन्तन तथा चेतनाका सन्दर्भलाई सरल, सहज, सरस मात्र नभएर विम्बात्मक साथै प्रतीकात्मक तरिकाले व्यक्त गरिएका मुक्तकमा प्रेम पक्षलगायतको कलात्मक अभिव्यक्ति पाइन्छ । त्यही अभिव्यक्तिमा नेपाली समाजको विगत, वर्तमानको यथार्थ र भविष्यको पाश्र्वचित्र फेला पर्दछ ।.
Related Results
नवेन्दु महर्षि के काव्य में प्रेम-तत्व की प्रधानता
नवेन्दु महर्षि के काव्य में प्रेम-तत्व की प्रधानता
भारतीय साहित्य का प्राण-तत्व प्रेम रहा है। प्रेम को केन्द्रीय तत्व मानकर अनेक महाकाव्य एवं महत्वपूर्ण रचनाएँ हुई हैं। परंतु दलित साहित्य में प्रेम-तत्व को स्थापित करनेवाले रचनाकारो...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
श्रीमद्भागवत महापुराण में अन्तर्निहित भक्ति तत्व
श्रीमद्भागवत महापुराण में अन्तर्निहित भक्ति तत्व
भक्ति‘ शब्द भज-सेवायाम् धातु में ‘क्ति’ (प्रेम) प्रत्यय के योग से बना है। सामान्य नियमानुसार धातु और प्रत्यय के योग से निमित्त शब्द के अर्थ में प्रत्ययार्थ ही प्रधान रहता है परन्तु...
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
झल्को बालउपन्यासको पर्यावरणीय सन्दर्भ
प्रस्तुत लेखमा ‘झल्को’ बालउपन्यासमा समावेश गरिएका पर्यावरणीय सन्दर्भको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा लेखिएको यस आलेखमा निर्दिष्ट उपन्यासमा समाविष्ट पर्यावर...
खलंगामा हमला आत्मकथामा अभिघात
खलंगामा हमला आत्मकथामा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र स...
'झलझली आँखामा' कृतिमा जीवनीपरकता {Biography in the Work 'Jhaljhali Aankhama'}
'झलझली आँखामा' कृतिमा जीवनीपरकता {Biography in the Work 'Jhaljhali Aankhama'}
डिल्लीराज अर्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाएका छन् । उनको संस्मरणात्मक कृति झलझली आँखामा लेखकीय जीवन प्रतिबिम्बित भएर आएको पाइन्छ । साहित्य समालोचनामा व्यक्तिसाहित्यक...

