Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

खलंगामा हमला आत्मकथामा अभिघात

View through CrossRef
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र सशस्त्र सङ्घर्षको आक्रमणमा क्षतिग्रस्त भएको खलंगाको अवस्थालाई सूक्ष्म रूपमा प्रकाश पारिएको छ ।जुम्लीहरूको अशिक्षा, गरिबी र प्रतिकूल जीवनको चित्रणका साथमा युद्धका कारण शारीरिक तथा मानसिक रूपमा भयभीत बनेका मानिसहरूको मनोदशा र पीडाको मार्मिक चित्रण गरिएको पाइन्छ । युद्धजन्य प्रहार तथा भोक, रोग र गरिबीको मारमा परेका मानिसहरूले अभिघातपूणर् जीवन भोगेको कुरालाई महत्त्वका साथ प्रकाश पार्ने काम गरिएको पाइन्छ । प्रस्तुत लेखमा पाश्चात्य साहित्य समालोचनामा उत्तरआधुनिक कालखण्डमा विकास भएको अभिघात सिद्धान्तका आधारमा राधा पौडेलको खलंगामा हमला कृतिलाई विश्लेषण गर्ने काम गरिएको छ । अभिघातको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा खलंगामा हमला कृतिमा अभिघातको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत आत्मकथालाई अभिघातको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । वणर्नात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । प्रथम र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा अभिघातसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित अभिघातलाई खोजी गरी निष्कर्ष निकाल्ने काम यस लेखमा गरिएको छ ।
Title: खलंगामा हमला आत्मकथामा अभिघात
Description:
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र सशस्त्र सङ्घर्षको आक्रमणमा क्षतिग्रस्त भएको खलंगाको अवस्थालाई सूक्ष्म रूपमा प्रकाश पारिएको छ ।जुम्लीहरूको अशिक्षा, गरिबी र प्रतिकूल जीवनको चित्रणका साथमा युद्धका कारण शारीरिक तथा मानसिक रूपमा भयभीत बनेका मानिसहरूको मनोदशा र पीडाको मार्मिक चित्रण गरिएको पाइन्छ । युद्धजन्य प्रहार तथा भोक, रोग र गरिबीको मारमा परेका मानिसहरूले अभिघातपूणर् जीवन भोगेको कुरालाई महत्त्वका साथ प्रकाश पार्ने काम गरिएको पाइन्छ । प्रस्तुत लेखमा पाश्चात्य साहित्य समालोचनामा उत्तरआधुनिक कालखण्डमा विकास भएको अभिघात सिद्धान्तका आधारमा राधा पौडेलको खलंगामा हमला कृतिलाई विश्लेषण गर्ने काम गरिएको छ । अभिघातको आधारभूत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा उठान गरी त्यसैका आधारमा शोध्य कृतिको विश्लेषण गरिएको छ । यस क्रममा खलंगामा हमला कृतिमा अभिघातको प्रयोग कसरी भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही प्रस्तुत आत्मकथालाई अभिघातको सैद्धान्तिक पर्याधारका पृष्ठभूमिमा विश्लेषण गरी कृतिको मूल्यनिरूपण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्राथमिक र द्वितीयक स्रोतबाट लिइएको छ । वणर्नात्मक तथा विवरणात्मक विधिद्वारा सामग्रीको विश्लेषण गरिएको छ । प्रथम र द्वितीयक स्रोतका सामग्रीको उपयोग तथा अभिघातसम्बन्धी अवधारणालाई सैद्धान्तिक पर्याधारका रूपमा अवलम्बन गरी कृतिमा निहित अभिघातलाई खोजी गरी निष्कर्ष निकाल्ने काम यस लेखमा गरिएको छ ।.

Related Results

सन्तापको धून कथासङग्रहमा अभिघात
सन्तापको धून कथासङग्रहमा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभि...
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
प्रस्तुत लेखमा उषा हमालद्वारा लेखिएको ‘साङ्कोटे बज्यै’ कथालाई प्रस्तुत भएको अभिधातीय दृष्टिबाट अध्ययन गरिएको छ । यस कथामा अभिघातको प्रयोगावस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्य...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
लोकगाथामा अभिघात
लोकगाथामा अभिघात
गुणात्मक अनुसन्धान विधि तथा निगमनात्मक शोधपद्धतिको प्रयोग गरी नेपाली लोकगाथामा प्रयुक्त अभिघातको मनोविश्‍लेषणात्मक अध्ययनमा प्रस्तुत शोधलेख केन्द्रित छ । नेपाली लोकगाथाहरूमा अभिव्य...
गेस्टापो उपन्यासमा अभिघात
गेस्टापो उपन्यासमा अभिघात
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युर...
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समय...

Back to Top