Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

लोकगाथामा अभिघात

View through CrossRef
गुणात्मक अनुसन्धान विधि तथा निगमनात्मक शोधपद्धतिको प्रयोग गरी नेपाली लोकगाथामा प्रयुक्त अभिघातको मनोविश्‍लेषणात्मक अध्ययनमा प्रस्तुत शोधलेख केन्द्रित छ । नेपाली लोकगाथाहरूमा अभिव्यक्त अभिघातका स्वरूपहरूको मनोवैज्ञानिक अन्वेषण नै यस अध्ययनको मूल समस्या हो । यस क्रममा ऐतिहासिक, सामाजिक र विविध विषयअन्तर्गत पर्ने नेपाली लोकजीवनमा प्रसिद्ध गाथा ‘जङ्गबहादुरको कर्खा’, ‘सरूमा रानी’ र ‘कठपुतलै’मा प्रयुक्त पात्रले भोगेका वियोग र तिनबाट उत्पन्न मानसिक पीडा, सतीप्रथाको दारुण अभिव्यक्ति, पहिचानको सङ्कट, आफन्तजनको हत्या र विश्वासघात तथा बालहिंसाले उत्पन्न मनोवैज्ञानिक प्रभावको अभिघात चिन्तनका आधारमा अन्वेषण गरिएको छ । यस अनुसन्धानमा गाथाको पाठविश्‍लेषणका मुख्य सूचकका रूपमा पूर्वअभिघात, पश्चअभिघात र रक्षात्मक प्रविधिलाई चरका रूपमा प्रयोग गरिएको छ । पाठपरक र विषयगत विश्‍लेषणका आधारमा गरिने यस अन्वेषणले तत्कालीन समाजमा घटित युद्ध, दमन, लैङ्गिक हिंसा र पारिवारिक घातप्रतिघातलाई मनोवैज्ञानिक रूपमा प्रस्ट्याउँछ । अध्ययनका लागि छनोट गरिएका गाथाका आधारमा लोकगाथा मानवीय मनका पीडा, भय, सन्त्रास, संशय र अचेतन मनका दमित संवेगहरूलाई अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् साथै यिनमा प्रयुक्त अतिप्राकृतिक र वियोगान्त घटनाहरूको चामत्कारिक प्रस्तुतिले तत्कालीन समाजको सामूहिक मनोविज्ञान र अभिघातलाई कतै प्रत्यक्ष र कतै साङ्केतिक रूपमा अभिव्यक्त गरेको निष्कर्ष अध्ययनले निकालेको छ । अन्ततः पात्रहरूले यी आघातहरूको सामना गर्न पलायन, अस्वीकरण, युक्तीकरण, दमन र विस्थापनजस्ता रक्षात्मक प्रविधि अवलम्बन गरेको र यसले लोकजीवनको सामूहिक अचेतनको रक्षा गर्ने प्रयास गरेको निचोड पनि अध्ययनले प्रस्तुत गरेको छ । 
Title: लोकगाथामा अभिघात
Description:
गुणात्मक अनुसन्धान विधि तथा निगमनात्मक शोधपद्धतिको प्रयोग गरी नेपाली लोकगाथामा प्रयुक्त अभिघातको मनोविश्‍लेषणात्मक अध्ययनमा प्रस्तुत शोधलेख केन्द्रित छ । नेपाली लोकगाथाहरूमा अभिव्यक्त अभिघातका स्वरूपहरूको मनोवैज्ञानिक अन्वेषण नै यस अध्ययनको मूल समस्या हो । यस क्रममा ऐतिहासिक, सामाजिक र विविध विषयअन्तर्गत पर्ने नेपाली लोकजीवनमा प्रसिद्ध गाथा ‘जङ्गबहादुरको कर्खा’, ‘सरूमा रानी’ र ‘कठपुतलै’मा प्रयुक्त पात्रले भोगेका वियोग र तिनबाट उत्पन्न मानसिक पीडा, सतीप्रथाको दारुण अभिव्यक्ति, पहिचानको सङ्कट, आफन्तजनको हत्या र विश्वासघात तथा बालहिंसाले उत्पन्न मनोवैज्ञानिक प्रभावको अभिघात चिन्तनका आधारमा अन्वेषण गरिएको छ । यस अनुसन्धानमा गाथाको पाठविश्‍लेषणका मुख्य सूचकका रूपमा पूर्वअभिघात, पश्चअभिघात र रक्षात्मक प्रविधिलाई चरका रूपमा प्रयोग गरिएको छ । पाठपरक र विषयगत विश्‍लेषणका आधारमा गरिने यस अन्वेषणले तत्कालीन समाजमा घटित युद्ध, दमन, लैङ्गिक हिंसा र पारिवारिक घातप्रतिघातलाई मनोवैज्ञानिक रूपमा प्रस्ट्याउँछ । अध्ययनका लागि छनोट गरिएका गाथाका आधारमा लोकगाथा मानवीय मनका पीडा, भय, सन्त्रास, संशय र अचेतन मनका दमित संवेगहरूलाई अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् साथै यिनमा प्रयुक्त अतिप्राकृतिक र वियोगान्त घटनाहरूको चामत्कारिक प्रस्तुतिले तत्कालीन समाजको सामूहिक मनोविज्ञान र अभिघातलाई कतै प्रत्यक्ष र कतै साङ्केतिक रूपमा अभिव्यक्त गरेको निष्कर्ष अध्ययनले निकालेको छ । अन्ततः पात्रहरूले यी आघातहरूको सामना गर्न पलायन, अस्वीकरण, युक्तीकरण, दमन र विस्थापनजस्ता रक्षात्मक प्रविधि अवलम्बन गरेको र यसले लोकजीवनको सामूहिक अचेतनको रक्षा गर्ने प्रयास गरेको निचोड पनि अध्ययनले प्रस्तुत गरेको छ । .

Related Results

सन्तापको धून कथासङग्रहमा अभिघात
सन्तापको धून कथासङग्रहमा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभि...
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
प्रस्तुत लेखमा उषा हमालद्वारा लेखिएको ‘साङ्कोटे बज्यै’ कथालाई प्रस्तुत भएको अभिधातीय दृष्टिबाट अध्ययन गरिएको छ । यस कथामा अभिघातको प्रयोगावस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्य...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
खलंगामा हमला आत्मकथामा अभिघात
खलंगामा हमला आत्मकथामा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र स...
गेस्टापो उपन्यासमा अभिघात
गेस्टापो उपन्यासमा अभिघात
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युर...
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समय...

Back to Top