Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

सन्तापको धून कथासङग्रहमा अभिघात

View through CrossRef
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभित्रका कथाहरूमा शारीरिक वा मानसिक रूपमा पीडाबोध गर्ने पात्रहरूका शारीरिक र मानसिक दसाको अभिव्यक्ति पाइन्छ । यस किसिमका विषयलाई साहित्य समालोचनाअन्तर्गत उत्तरआधुनिक समालोचनाको अभिघात सिद्धान्तअन्तर्गत अध्ययन गरिने हुँदा कथासङग्रहमा समाविष्ट कथाहरूलाई सोही सिद्धान्तका सापेक्षमा अध्ययन गरिएको छ । जीवनमा आर्थिक, लैङ्गिक, जातीय, शारीरिक संरचना, दुर्घटना, यौन, अनाथ, विश्वासघात, मानवीय स्वार्थ, द्वन्द्व, दीर्घरोग, शोषण जस्ता विषयको केन्द्रियतामा आधारित रहेका प्रस्तुत सङग्रहका अधिकांश कथाहरूमा अभिघातजन्य अवस्थाको प्रस्तुति पाइन्छ । सङग्रहको नाम सन्तापको धूनले पनि त्यस कुराप्रति सङ्केत गरेको देखिन्छ । अतः सन्तापको धून कथासङग्रहमा समाविष्ट कथाहरूमा अभिघातजन्य अवस्थाको कस्तो प्रस्तुति पाइन्छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत सङग्रहका कथाहरूलाई अभिघात सिद्धान्तका सापेक्षमा विश्लेषण गरी यस दृष्टिकोणले प्रस्तुत सङग्रहका कथाहरू महत्त्वपूर्ण रहेको निष्कर्ष निरूपण गरिएको छ ।
Title: सन्तापको धून कथासङग्रहमा अभिघात
Description:
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभित्रका कथाहरूमा शारीरिक वा मानसिक रूपमा पीडाबोध गर्ने पात्रहरूका शारीरिक र मानसिक दसाको अभिव्यक्ति पाइन्छ । यस किसिमका विषयलाई साहित्य समालोचनाअन्तर्गत उत्तरआधुनिक समालोचनाको अभिघात सिद्धान्तअन्तर्गत अध्ययन गरिने हुँदा कथासङग्रहमा समाविष्ट कथाहरूलाई सोही सिद्धान्तका सापेक्षमा अध्ययन गरिएको छ । जीवनमा आर्थिक, लैङ्गिक, जातीय, शारीरिक संरचना, दुर्घटना, यौन, अनाथ, विश्वासघात, मानवीय स्वार्थ, द्वन्द्व, दीर्घरोग, शोषण जस्ता विषयको केन्द्रियतामा आधारित रहेका प्रस्तुत सङग्रहका अधिकांश कथाहरूमा अभिघातजन्य अवस्थाको प्रस्तुति पाइन्छ । सङग्रहको नाम सन्तापको धूनले पनि त्यस कुराप्रति सङ्केत गरेको देखिन्छ । अतः सन्तापको धून कथासङग्रहमा समाविष्ट कथाहरूमा अभिघातजन्य अवस्थाको कस्तो प्रस्तुति पाइन्छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रहेर प्रस्तुत सङग्रहका कथाहरूलाई अभिघात सिद्धान्तका सापेक्षमा विश्लेषण गरी यस दृष्टिकोणले प्रस्तुत सङग्रहका कथाहरू महत्त्वपूर्ण रहेको निष्कर्ष निरूपण गरिएको छ ।.

Related Results

‘साङ्कोटे बज्यै’ कथामा अभिघात
‘साङ्कोटे बज्यै’ कथामा अभिघात
प्रस्तुत लेखमा उषा हमालद्वारा लेखिएको ‘साङ्कोटे बज्यै’ कथालाई प्रस्तुत भएको अभिधातीय दृष्टिबाट अध्ययन गरिएको छ । यस कथामा अभिघातको प्रयोगावस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्य...
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
लोकगाथामा अभिघात
लोकगाथामा अभिघात
गुणात्मक अनुसन्धान विधि तथा निगमनात्मक शोधपद्धतिको प्रयोग गरी नेपाली लोकगाथामा प्रयुक्त अभिघातको मनोविश्‍लेषणात्मक अध्ययनमा प्रस्तुत शोधलेख केन्द्रित छ । नेपाली लोकगाथाहरूमा अभिव्य...
खलंगामा हमला आत्मकथामा अभिघात
खलंगामा हमला आत्मकथामा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र स...
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रस्तुत लेख प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व विश्लेषणमा आधारित   छ । आख्यानको संरचना विश्लेषण गर्ने सैद्धान्तिक अवधारणालाई समाख्यानशास्त्र भन्छि । समाख्यानमा वा...
गेस्टापो उपन्यासमा अभिघात
गेस्टापो उपन्यासमा अभिघात
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युर...
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
'गाउँमा गीतहरू गुन्जिदैनन्' कथामा अभिघात {Trauma in the Story Gaunma Geetharu Gunjidainan}
प्रस्तुत अनुसन्धानात्मक लेख नेपाली जनजीवनमा व्याप्त अभिघातपरक अवस्थितिको प्रभावमा परेका जनताकस्तो भयाक्रान्त अवस्थामा बाचिरहेका छन् भन्ने सन्दर्भसँग सम्बन्धित छ । नेपाली समाजमा समय...

Back to Top