Javascript must be enabled to continue!
गेस्टापो उपन्यासमा अभिघात
View through CrossRef
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युरोपेली समाजको चित्रण छ । दोस्रो विश्वयुद्धको आघातका केन्द्रमा लेखिएको यस उपन्यासको विषय र चरित्रमा अभिघातपरक प्रस्तुति छ । पाठपरक विश् लेषणविधिमा लेखिएको यस लेखमा अभिघातको अध्ययनका लागि उपन्यासमा अभिघातको प्रतिनिधित्व र अभिघातको अवस्था तथा प्रभावका आधारमा ‘गेस्टापो’ उपन्यासको विषयगत सन्दर्भ र पात्रका मनोदशाको विश् लेषण गरिएको छ । दोस्रो विश् वयुद्धमा हिटलरको अहंका कारण जातीय संहार गरिएका यहुदीको अवस्था, युद्धको समय र युद्धपछिको जर्मन समाज र त्यहाँका नागरिकको विदीर्ण मानसिकता यस उपन्यासको मूल कथ्य सन्दर्भ हो । यस उपन्यासमा युद्धले सिर्जना गरेका हिंसाका अनेक रूप चित्रित छन् । प्रस्तुत अध्ययनमा युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासका समाख्याता हैम्बर्ग पात्रलगायत युद्धले प्रत्यक्ष प्रभाव पारेका पात्रहरूको मनोशारीरिक चोटको विश् लेषण गर्दै ती आघातले पात्रका जीवनमा उत्पन्न भएको असामान्यता, विसङ्गत अवस्था र निराशाको विश् लेषण गरिएको छ । उपन्यासका घटना तथा पात्रहरूको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानव जीवनका लागि आघातपूर्ण, भयावह र निराशाजनक नै हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: गेस्टापो उपन्यासमा अभिघात
Description:
प्रस्तुत अध्ययन ‘गेस्टापो’ उपन्यासमा चित्रित मनोशारीरिक चोट अर्थात् अभिघातको विश्लेषणमा केन्द्रित छ । कृष्ण धरावासीको ‘गेस्टापो’ उपन्यासमा विश्वयुद्धको विभीषिका र त्यसबाट पीडित युरोपेली समाजको चित्रण छ । दोस्रो विश्वयुद्धको आघातका केन्द्रमा लेखिएको यस उपन्यासको विषय र चरित्रमा अभिघातपरक प्रस्तुति छ । पाठपरक विश् लेषणविधिमा लेखिएको यस लेखमा अभिघातको अध्ययनका लागि उपन्यासमा अभिघातको प्रतिनिधित्व र अभिघातको अवस्था तथा प्रभावका आधारमा ‘गेस्टापो’ उपन्यासको विषयगत सन्दर्भ र पात्रका मनोदशाको विश् लेषण गरिएको छ । दोस्रो विश् वयुद्धमा हिटलरको अहंका कारण जातीय संहार गरिएका यहुदीको अवस्था, युद्धको समय र युद्धपछिको जर्मन समाज र त्यहाँका नागरिकको विदीर्ण मानसिकता यस उपन्यासको मूल कथ्य सन्दर्भ हो । यस उपन्यासमा युद्धले सिर्जना गरेका हिंसाका अनेक रूप चित्रित छन् । प्रस्तुत अध्ययनमा युद्धका कारण चोटग्रस्त भएको मन र शरीरको अनेक अभिघातलाई चिनाउने क्रममा उपन्यासका समाख्याता हैम्बर्ग पात्रलगायत युद्धले प्रत्यक्ष प्रभाव पारेका पात्रहरूको मनोशारीरिक चोटको विश् लेषण गर्दै ती आघातले पात्रका जीवनमा उत्पन्न भएको असामान्यता, विसङ्गत अवस्था र निराशाको विश् लेषण गरिएको छ । उपन्यासका घटना तथा पात्रहरूको मनोशारीरिक अवस्थाको अध्ययनबाट युद्ध मानव जीवनका लागि आघातपूर्ण, भयावह र निराशाजनक नै हुन्छ भन्ने निष्कर्ष निकालिएको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

