Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

'झलझली आँखामा' कृतिमा जीवनीपरकता {Biography in the Work 'Jhaljhali Aankhama'}

View through CrossRef
डिल्लीराज अर्यालले नेपाली  साहित्यका विविध विधामा कलम चलाएका छन् । उनको संस्मरणात्मक कृति झलझली आँखामा लेखकीय जीवन प्रतिबिम्बित भएर आएको पाइन्छ । साहित्य समालोचनामा व्यक्तिसाहित्यकारका कृतिभित्र लेखकीय जीवनको सर्वेक्षण गर्नु जीवनीपरक मान्यता हो । कृतिमा लेखकीय जीवनको छाया पहिल्याउने काम यसमा हुन्छ । प्रस्तुत समालोचनात्मक लेखमा अर्यालको संस्मरणात्मक कृति ‘झलझलीआँखामा’ लाई विश्लेषणको आधार बनइएको छ । जीवनीपरक समालोचकीय आधारमा उक्त कृतिमा निहितजीवनीपरकताका विविध आयामहरूलाई प्रकाश पार्ने काम यहाँ गरिएको छ । यस लेखमा जीवनीपरक समालोकीय मान्यताका पृष्ठभूमिमा डिल्लीराज अर्यालको ‘झलझली आँखामा’ कृतिको अध्यययन विश्लेषणगरिएको छ । यस अध्ययनका क्रममा निगमनात्मक शोधविधिको उपयोग गरिएको छ । जीवनीपरक समालोचकीय मान्यतालाई सैद्धान्तिक आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरी व्याख्यात्मक ढङ्गले अध्ययन विश्लेषण गर्दै त्यसको व्यपवस्थापन गरिएको छ । समालोचनाको एउटा मान्यताका रूपमा स्थापित जीवनीपरकताका पृष्ठभूमिमा केन्द्रित रही कृतिको विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेकोले यो गुणात्मक प्रकृतिको अनुसन्धान हो । कृतिभित्र प्रस्तुत भएका विविध सन्दर्भहरू लेखकीय पृष्ठभूमिमा के कसरी साक्ष्य हुन आएका छन् भन्ने कुरालाई लेखककै बाल्यकाल, नातागोता र परिवेश, स्थानीय भूगोल, प्रकृति, संस्कृति, आस्था, मनोवृत्ति आदिका साथै लेखकीय दृष्टिकोणमा आएको परिवर्तन, कृतज्ञता, पुस्तान्तरणले ल्याएको प्रभाव, विकृतिविसङ्गतिका झलकहरूलाई आधार बनाई विश्लेषण गरी लेखककै जन्मस्थान मदनपोखरा र त्यहीँबाट फैलिएको लेखकीय जीवनयात्रा आदिका आधारमा विवेचना गरी जीवनीपरकताका विविध आयाममा उक्त कृतिको अध्ययन गर्न सकिने बलियो आधार रहेको छ भन्नु नै प्रस्तुत लेखको मूल निचोड हो । {Dilliraj Aryal has written in various genres of Nepali literature. His memoirs are reflected in the writer's life. In literary criticism, it is a biographical belief to survey the literary life within the work of an individual writer. The work of casting the shadow of the writer's life in the work is done in it. In the present critical article, Aryal's memoir 'Jhaljhali Aankhama' has become the basis of analysis. On the basis of biographical critique, work has been done here to shed light on the various dimensions of biography contained in the work. This article analyzes the study of Dilliraj Aryal's work 'Jhaljhali Aankhama' against the background of biographical critical beliefs. In the course of this study, deductive research methodology has been used. Biographical critique has been managed on a theoretical basisby collecting material from primary and secondary sources as per the need and analyzing the study in an explanatory manner. As the purpose of this article is to analyze the work focusing on the background of the established biography as a critique of criticism, it is a research of qualitative nature. How the various references presented in the work have come to be evident in the author's background, how the author's childhood, kinship and environment, local geography, nature, culture, faith, attitude, etc. The main point of the present article is that there is a strong basis to study the work in various dimensions of biography by analyzing the glimpses of distortions and anomalies on the basis of the author's birthplace Madanpokhara and the author's life journey spread from there.}
Title: 'झलझली आँखामा' कृतिमा जीवनीपरकता {Biography in the Work 'Jhaljhali Aankhama'}
Description:
डिल्लीराज अर्यालले नेपाली  साहित्यका विविध विधामा कलम चलाएका छन् । उनको संस्मरणात्मक कृति झलझली आँखामा लेखकीय जीवन प्रतिबिम्बित भएर आएको पाइन्छ । साहित्य समालोचनामा व्यक्तिसाहित्यकारका कृतिभित्र लेखकीय जीवनको सर्वेक्षण गर्नु जीवनीपरक मान्यता हो । कृतिमा लेखकीय जीवनको छाया पहिल्याउने काम यसमा हुन्छ । प्रस्तुत समालोचनात्मक लेखमा अर्यालको संस्मरणात्मक कृति ‘झलझलीआँखामा’ लाई विश्लेषणको आधार बनइएको छ । जीवनीपरक समालोचकीय आधारमा उक्त कृतिमा निहितजीवनीपरकताका विविध आयामहरूलाई प्रकाश पार्ने काम यहाँ गरिएको छ । यस लेखमा जीवनीपरक समालोकीय मान्यताका पृष्ठभूमिमा डिल्लीराज अर्यालको ‘झलझली आँखामा’ कृतिको अध्यययन विश्लेषणगरिएको छ । यस अध्ययनका क्रममा निगमनात्मक शोधविधिको उपयोग गरिएको छ । जीवनीपरक समालोचकीय मान्यतालाई सैद्धान्तिक आधार बनाई आवश्यकताअनुसार प्राथमिक र द्वितीयक स्रोतबाट सामग्रीको सङ्कलन गरी व्याख्यात्मक ढङ्गले अध्ययन विश्लेषण गर्दै त्यसको व्यपवस्थापन गरिएको छ । समालोचनाको एउटा मान्यताका रूपमा स्थापित जीवनीपरकताका पृष्ठभूमिमा केन्द्रित रही कृतिको विश्लेषण गर्नु प्रस्तुत लेखको उद्देश्य रहेकोले यो गुणात्मक प्रकृतिको अनुसन्धान हो । कृतिभित्र प्रस्तुत भएका विविध सन्दर्भहरू लेखकीय पृष्ठभूमिमा के कसरी साक्ष्य हुन आएका छन् भन्ने कुरालाई लेखककै बाल्यकाल, नातागोता र परिवेश, स्थानीय भूगोल, प्रकृति, संस्कृति, आस्था, मनोवृत्ति आदिका साथै लेखकीय दृष्टिकोणमा आएको परिवर्तन, कृतज्ञता, पुस्तान्तरणले ल्याएको प्रभाव, विकृतिविसङ्गतिका झलकहरूलाई आधार बनाई विश्लेषण गरी लेखककै जन्मस्थान मदनपोखरा र त्यहीँबाट फैलिएको लेखकीय जीवनयात्रा आदिका आधारमा विवेचना गरी जीवनीपरकताका विविध आयाममा उक्त कृतिको अध्ययन गर्न सकिने बलियो आधार रहेको छ भन्नु नै प्रस्तुत लेखको मूल निचोड हो । {Dilliraj Aryal has written in various genres of Nepali literature.
His memoirs are reflected in the writer's life.
In literary criticism, it is a biographical belief to survey the literary life within the work of an individual writer.
The work of casting the shadow of the writer's life in the work is done in it.
In the present critical article, Aryal's memoir 'Jhaljhali Aankhama' has become the basis of analysis.
On the basis of biographical critique, work has been done here to shed light on the various dimensions of biography contained in the work.
This article analyzes the study of Dilliraj Aryal's work 'Jhaljhali Aankhama' against the background of biographical critical beliefs.
In the course of this study, deductive research methodology has been used.
Biographical critique has been managed on a theoretical basisby collecting material from primary and secondary sources as per the need and analyzing the study in an explanatory manner.
As the purpose of this article is to analyze the work focusing on the background of the established biography as a critique of criticism, it is a research of qualitative nature.
How the various references presented in the work have come to be evident in the author's background, how the author's childhood, kinship and environment, local geography, nature, culture, faith, attitude, etc.
The main point of the present article is that there is a strong basis to study the work in various dimensions of biography by analyzing the glimpses of distortions and anomalies on the basis of the author's birthplace Madanpokhara and the author's life journey spread from there.
}.

Related Results

उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
Work Values
Work Values
Research has identified TV series and, also more recently social media, as different actors in vocational socialization, providing individuals with career-related information (Levi...
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
मान्छेका रङहरू कवितासङ्ग्रहमा व्यङ्ग्य
प्रस्तुत अनुसन्धानमूलक लेख मान्छेका रङहरू कवितासङ्ग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कवितासङ्ग्रहका लेखक कवि वनमाली निराकार हुन् । उनको यस कृतिमा मानवीय प्रवृत्तिमाथिको...
Om Regine Normanns biografi med påfølgende debatt
Om Regine Normanns biografi med påfølgende debatt
I Nordlit 2 (1997) har Ragnhild Engelskjøn et innlegg med tittelen «Debatten rundt Liv H. Willumsens biografi Havmannens datter: Regine Normann—et livsløp», der hun drøfter en deba...
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा वैचारिकता
प्रस्तुत लेख दामोदर पुडासैनीकृत पर्खालभित्रको राजधानी नियात्रासङ्ग्रहका निबन्धमा अभिव्यक्त वैचारिकताको अध्ययनमा केन्द्रित छ । कृतिभित्रका यात्रानिबन्धको वैचारिक पक्षलाई अध्ययनीय वि...
खलंगामा हमला आत्मकथामा अभिघात
खलंगामा हमला आत्मकथामा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख खलंगामा हमला आत्मकथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत आत्मकथाका लेखक राधा पौडेल हुन् । यस कृतिमा सीमान्तीय अवस्था भोग्न विवश जुम्लाको जनजीवन र स...
Facilitation Technologies in the Process of Understanding of the Writer’s Biography
Facilitation Technologies in the Process of Understanding of the Writer’s Biography
The article presents the methodology of organizing educational activities to study a writer’s biography with the help of facilitation approach. A key aspect of the paper is the g...
The Proper Study?
The Proper Study?
Lytton Strachey in 1918 suggested that English biography had found its true calling as the most delicate and humane of all the branches of the art of writing. Three generations lat...

Back to Top