Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन

View through CrossRef
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानिएको छ । उक्त समस्यामा आधारित भएर प्रस्तुत काव्यमा महाकाव्यगत लक्षणहरू केकति निर्वाह भएका छन् भन्ने शोध प्रश्न निर्धारण गरिएको छ । यस सम्बन्धमा पूर्वकार्यहरूको अभाव भएको हुँदा यो अध्ययन गर्नु परेको हो । अतः प्रस्तुत महाकाव्यमा सन्निहित महाकाव्यगत मानक तङ्खवहरूको विश्लेषण तथा मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन मूलतः पूर्वीय आचार्य विश्वनाथको महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतामा रहेर गुणात्मक पद्धतिमा आधारित छ । यसका लागि विवेच्य कृति मृत्युञ्जय महाकाव्यबाट तथ्य सङ्कलन गरिएको छ प्राप्त तथ्यहरूलाई आगमनात्मक विधिबाट वर्णन तथा विश्लेषण गरिएको छ । प्राप्त तथ्यहरू विश्लेषण गर्दा प्रस्तुत काव्यमा महाकाव्यका स्थापित मानक तत्वहरूले कम मात्रामा स्थान पाएको मुख्य नतिजा निस्किएको छ । यसै मुख्य नतिजाका आधारमा छलफल गर्दा कविले धेरै जसो आफ्‌नै प्रकारका महाकाव्यीय मान्यताहरू स्थापित गर्न खोजेको देखिन्छ भन्ने निष्कर्ष प्रस्तुत लेखको रहेको छ ।
Title: महाकाव्यका मानक तत्वका आधारमा मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कन
Description:
प्रस्तुत लेख भानुभक्त पोखरेलको मृत्युञ्जय महाकाव्यको विश्लेषण तथा मूल्याङ्कनसँग सम्बन्धित छ । यस लेखमा मृत्युञ्जय महाकाव्यमा स्थापित महाकाव्यका मानक तत्वहरूलाई अध्ययनको समस्या मानिएको छ । उक्त समस्यामा आधारित भएर प्रस्तुत काव्यमा महाकाव्यगत लक्षणहरू केकति निर्वाह भएका छन् भन्ने शोध प्रश्न निर्धारण गरिएको छ । यस सम्बन्धमा पूर्वकार्यहरूको अभाव भएको हुँदा यो अध्ययन गर्नु परेको हो । अतः प्रस्तुत महाकाव्यमा सन्निहित महाकाव्यगत मानक तङ्खवहरूको विश्लेषण तथा मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन मूलतः पूर्वीय आचार्य विश्वनाथको महाकाव्यसम्बन्धी सैद्धान्तिक मान्यतामा रहेर गुणात्मक पद्धतिमा आधारित छ । यसका लागि विवेच्य कृति मृत्युञ्जय महाकाव्यबाट तथ्य सङ्कलन गरिएको छ प्राप्त तथ्यहरूलाई आगमनात्मक विधिबाट वर्णन तथा विश्लेषण गरिएको छ । प्राप्त तथ्यहरू विश्लेषण गर्दा प्रस्तुत काव्यमा महाकाव्यका स्थापित मानक तत्वहरूले कम मात्रामा स्थान पाएको मुख्य नतिजा निस्किएको छ । यसै मुख्य नतिजाका आधारमा छलफल गर्दा कविले धेरै जसो आफ्‌नै प्रकारका महाकाव्यीय मान्यताहरू स्थापित गर्न खोजेको देखिन्छ भन्ने निष्कर्ष प्रस्तुत लेखको रहेको छ ।.

Related Results

प्रतिघात उपन्यासको पात्रविधान
प्रतिघात उपन्यासको पात्रविधान
प्रस्तुत लेखमा नारद पोखरेलको प्रतिघात (वि.सं. २०७८) उपन्यासलाई पाठका रूपमा लिई त्यस उपन्यासमा प्रयुक्त पात्रहरूको व्यवस्थापनको विश्लेषण र मूल्याङ्कन गरिएको छ । प्रतिघात उपन्यासमा प...
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण {Divyopadeshkaa Suktiharuko Vishleshan}
दिव्योपदेशका सूक्तिहरूको विश्लेषण’ शीर्षकको प्रस्तुत आलेख सूक्तिको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयारपारिएको हो । पृथ्वीनारायण श...
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन
प्रस्तुत लेख बहुभाषिक कक्षामा भाषिक परीक्षण तथा मूल्याङ्कन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराकोसैद्धान्तिक चर्चामा केन्द्रित रहेको छ । यस लेखमा मूलतः बहुभाषिक कक्षाको परिचय र ...
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}
यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाक...
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरणः आधारभूत अवधारणा तथा प्रमुख मान्यता
व्यवस्थापरक व्याकरण संरचनात्मक भाषावैज्ञानिक अध्बययनकै श्रृङ्खलामा बेलायती भाषाशास्त्री ह्यालिडेले स्थापना गरेको व्याकरणिक सम्प्रदाय हो । यो व्याकरणमा व्यवस्था भन्नाले कुनै पनि भाष...
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश...
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
एउटा विचारको यात्रापथ कथाको सङ्कथन विश्लेषण
सङ्कथन भनेको वाक्यको निरन्तर प्रवाह हो । सम्बद्धक र सम्बद्धन यसका प्रकारहरू हुन् । सम्बद्धकका व्याकरणिक र कोशीय दुई प्रकार हुन्छन् । सम्बद्धनका विभिन्न युक्तिहरू छन् । यिनका आधारमा...

Back to Top