Javascript must be enabled to continue!
नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
View through CrossRef
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश्वविद्यालयका पाठ्यक्रमका निर्माताको अनुभवका आधारमा उद्यमशील शिक्षा र जीवनको पेसा बिचका सम्बन्धलाई देखाउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । इन्टरप्रिटेभिज्म प्याराडाइमअन्तर्गत मनोघटना (फेनोमेनोलोजिकल) ढाँचाको उपयोग गरिएको प्रस्तुत लेखमा सोद्देश्यमूलक नमुना छनोट विधिका आधारमा नेपाली शिक्षाको एमएड र एमफिल अध्ययन गरेका विद्यार्थी तथा उक्त कार्यक्रममा पाठ्यक्रम निर्माण गरी अध्यापन गर्ने प्राध्यापकलाई छनोट गरिएको छ । अन्तर्वार्ता विधिका आधारमा तथ्याङ्क सङ्कलन गरिएको यस लेखमा तथ्याङ्कलाई उतार गरी कोडीकरण, थिम निर्माण र थिमेटिक शीर्षकका आधारमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणमा विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा सिद्धान्तका ठेली भए तापनि सम्भावनाको खोजी गरेर बजारमा आवश्यक परेको सेवा प्रदान गर्न सफल बनेको देखिएको छ । एमफिल उत्तीर्ण विद्यार्थीहरू पनि नयाँ जोखिम लिएर बजारको विश्लेषण गरी उद्यम सिर्जना गर्न अभ्यास गरेको पाइएको छ । उनीहरूको सामूहिक योजनाले जन्माएको सिर्जनशील, नवप्रवर्तन र सामूहिक प्रयासलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने सफल उद्यमशील र व्यावहारिक थालनीका रूपमा लिइएको छ । साथै नेपाली शिक्षाको पाठ्यक्रमले प्रस्ट रूपमा उद्यमशील शिक्षाको वकालत नगरे तापनि त्यसभित्र प्रदान गरिने भाषिक सिप भने उद्यमशीलतासँगै जोडिने तर तिनको अभ्यास नभएका कारण सिद्धान्त र व्यवहार बिच रिक्तता रहेको पाइएको छ । नेपाली भाषा शिक्षण तथा पाठ्यक्रम निर्माण गरेका अनुभवी प्राध्यापक र उक्त दुवै तहका विद्यार्थीको अनुभवका आधारमा शिक्षाशास्त्रीय पाठ्यक्रममा उद्यमशीलतासम्बन्धी विषयलाई प्रत्यक्ष रूपले प्रस्तुत नगरिएका कारण धेरै विद्यार्थीको प्रमाणपत्र र उद्यमशीलता बिच खाडल रहेको देखिएको छ । यसरी नेपालको शिक्षालाई आत्मनिर्भर तथा उद्यमशीलतासँग जोडी गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने शिक्षाको नीति निर्माण र कार्यान्वयन गर्नसमेत प्रत्यक्ष मदत पुग्ने भएकाले प्रस्तुत लेखको उपयोगिता रहेको देखिन्छ ।
Title: नेपाली भाषा शिक्षामा उद्यमशीलताकोे भूमिका (The Role of Entrepreneurship in Nepali Language Education)
Description:
नेपाली भाषा शिक्षाको अध्ययनपश्चात् प्राप्त हुने उद्यमशीलताको सम्भावना र अभ्यास बारे चर्चा गर्ने विषयमा प्रस्तुत लेख केन्द्रित छ । नेपाली भाषा शिक्षा अध्ययन गरेका विद्यार्थी तथा विश्वविद्यालयका पाठ्यक्रमका निर्माताको अनुभवका आधारमा उद्यमशील शिक्षा र जीवनको पेसा बिचका सम्बन्धलाई देखाउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ । इन्टरप्रिटेभिज्म प्याराडाइमअन्तर्गत मनोघटना (फेनोमेनोलोजिकल) ढाँचाको उपयोग गरिएको प्रस्तुत लेखमा सोद्देश्यमूलक नमुना छनोट विधिका आधारमा नेपाली शिक्षाको एमएड र एमफिल अध्ययन गरेका विद्यार्थी तथा उक्त कार्यक्रममा पाठ्यक्रम निर्माण गरी अध्यापन गर्ने प्राध्यापकलाई छनोट गरिएको छ । अन्तर्वार्ता विधिका आधारमा तथ्याङ्क सङ्कलन गरिएको यस लेखमा तथ्याङ्कलाई उतार गरी कोडीकरण, थिम निर्माण र थिमेटिक शीर्षकका आधारमा विश्लेषण गरिएको छ । उक्त विश्लेषणमा विद्यार्थीहरूले प्राप्त गरेको शिक्षा सिद्धान्तका ठेली भए तापनि सम्भावनाको खोजी गरेर बजारमा आवश्यक परेको सेवा प्रदान गर्न सफल बनेको देखिएको छ । एमफिल उत्तीर्ण विद्यार्थीहरू पनि नयाँ जोखिम लिएर बजारको विश्लेषण गरी उद्यम सिर्जना गर्न अभ्यास गरेको पाइएको छ । उनीहरूको सामूहिक योजनाले जन्माएको सिर्जनशील, नवप्रवर्तन र सामूहिक प्रयासलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने सफल उद्यमशील र व्यावहारिक थालनीका रूपमा लिइएको छ । साथै नेपाली शिक्षाको पाठ्यक्रमले प्रस्ट रूपमा उद्यमशील शिक्षाको वकालत नगरे तापनि त्यसभित्र प्रदान गरिने भाषिक सिप भने उद्यमशीलतासँगै जोडिने तर तिनको अभ्यास नभएका कारण सिद्धान्त र व्यवहार बिच रिक्तता रहेको पाइएको छ । नेपाली भाषा शिक्षण तथा पाठ्यक्रम निर्माण गरेका अनुभवी प्राध्यापक र उक्त दुवै तहका विद्यार्थीको अनुभवका आधारमा शिक्षाशास्त्रीय पाठ्यक्रममा उद्यमशीलतासम्बन्धी विषयलाई प्रत्यक्ष रूपले प्रस्तुत नगरिएका कारण धेरै विद्यार्थीको प्रमाणपत्र र उद्यमशीलता बिच खाडल रहेको देखिएको छ । यसरी नेपालको शिक्षालाई आत्मनिर्भर तथा उद्यमशीलतासँग जोडी गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने शिक्षाको नीति निर्माण र कार्यान्वयन गर्नसमेत प्रत्यक्ष मदत पुग्ने भएकाले प्रस्तुत लेखको उपयोगिता रहेको देखिन्छ ।.
Related Results
Hubungan Perilaku Pola Makan dengan Kejadian Anak Obesitas
Hubungan Perilaku Pola Makan dengan Kejadian Anak Obesitas
<p><em><span style="font-size: 11.0pt; font-family: 'Times New Roman',serif; mso-fareast-font-family: 'Times New Roman'; mso-ansi-language: EN-US; mso-fareast-langua...
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
कक्षा एघारका विद्यार्थीको नेपाली भाषा सिकाइप्रतिको अभिप्रेरणा [Grade 11 Students’ Motivation in Nepali Language Learning]
प्रस्तुत लेख कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू नेपाली भाषाको औपचारिक सिकाइप्रति के कस्ता कारणले कसरी अभिप्रेरित हुन्छन् भन्ने उपायको खोजी गर्ने उद्देश्यले तयार पारिएको हो । प्रस्त...
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाली र माझी भाषामा व्याकरणात्मक कोटिको तुलना
नेपाल बहुभाषिक देश हो । यहाँ करिब १२४ ओटा भाषाका वक्ताहरु रहेका छन् । विश्वमा बोलिने विभिन्न भाषा परिवारहरुमध्ये नेपालमा छओटा भाषा परिवारका भाषाहरु बोलिन्छ । ती भाषा परिवारमध्ये भा...
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
नेपाली रङ्गसंस्थाको अध्ययन {A study of Nepali colors}
प्रस्तुत लेखमा नाटक मञ्चन गरिने स्थानविशेषलाई रङ्गमञ्च भनिने कुरा उल्लेख गर्दै नेपालमा रङ्गमञ्चको विकाससँगै रङ्गमञ्च सम्बद्ध संघसंस्थाको विकास हुन थालेको जानकारी दिइएको छ ।
नेपालम...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
Učinak poučavanja razrednomu jeziku u izobrazbi nastavnika njemačkoga
Učinak poučavanja razrednomu jeziku u izobrazbi nastavnika njemačkoga
The actual use of classroom language is principally limited to the classroom environment. As far as foreign language learning is concerned, the classroom often turns out to be the ...
Usefulness of computers in preserving Sanskrit language
Usefulness of computers in preserving Sanskrit language
संस्कृत भाषा भारतीय सांस्कृतिक, दार्शनिक एवं वैज्ञानिक धरोहर की आधारशिला रही है। यह न केवल भारत की प्राचीनतम भाषाओं में से एक है, अपितु इसकी संरचना, व्याकरण एवं उच्चारण पद्धति वैज्...

