Javascript must be enabled to continue!
झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
View through CrossRef
कृष्ण धरावासीकृत झोला कथासङ्ग्रहमा रहेका कथाहरूको मनोविज्ञानपरक अध्ययन यस लेखमा गरिएको छ । झोला कथासङ्ग्रहमा जम्मा १२ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरूमा मनोविज्ञानको प्रयोगको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याअनुरूप उक्त कथाहरूमा प्रयोग भएका मनोविज्ञानको प्रयोगावस्था पत्ता लगाउने उद्देश्य यस लेखमा लिइएको छ । मनोविज्ञान भनेको मान्छे तथा पशुहरूको व्यवहारको अध्ययन गर्ने विज्ञान हो । झोला कथासङ्ग्रहमा रहेका विभिन्न कथाहरूमा मानवीय पात्रहरूमा बालमनोविज्ञान, यौनमनोविज्ञान र अपराधमनोविज्ञानजन्य व्यवहार अभिव्यक्त भएकाले यहाँ उक्त कथासङ्ग्रहका कथाहरूलाई अध्ययनका लागि चयन गरिएको छ । यस कथासङ्ग्रहका कथाका सान्दर्भिक प्रयोगहरूलाई प्राथमिक स्रोतका सामग्री र विभिन्न पुस्तक तथा लेखरचनाहरूलाई द्वितीय स्रोतका सामग्री मानेर ती दुवै स्रोतका सामग्रीलाई यहाँ उपयोग गरिएको छ । सामग्रीहरूको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने तिनको प्रस्तुतीकरण विश्लेषणात्मक विधिबाट गरिएको छ । गुणात्मक ढाँचाको अवलम्बन गरी लेखिएको यस लेखमा सामग्रीको विश्लेषणका निमित्त बालमनोविज्ञान, यौनमनोविज्ञान तथा अपराधमनोविज्ञानलाई सूचकका रूपमा उपयोग गरिएको छ । यी सूचकका आधारमा गरिएको विश्लेषणबाट झोला कथासङ्ग्रहका धेरैजसो कथाहरूमा मनोविज्ञानको प्रयोग भएको निष्कर्ष निकालिएको छ ।
Title: झोला कथासङ्ग्रहका कथाहरूमा मनोविज्ञान
Description:
कृष्ण धरावासीकृत झोला कथासङ्ग्रहमा रहेका कथाहरूको मनोविज्ञानपरक अध्ययन यस लेखमा गरिएको छ । झोला कथासङ्ग्रहमा जम्मा १२ ओटा कथाहरू समेटिएका छन् । यी कथाहरूमा मनोविज्ञानको प्रयोगको अवस्था के कस्तो छ भन्ने मूल प्राज्ञिक समस्याअनुरूप उक्त कथाहरूमा प्रयोग भएका मनोविज्ञानको प्रयोगावस्था पत्ता लगाउने उद्देश्य यस लेखमा लिइएको छ । मनोविज्ञान भनेको मान्छे तथा पशुहरूको व्यवहारको अध्ययन गर्ने विज्ञान हो । झोला कथासङ्ग्रहमा रहेका विभिन्न कथाहरूमा मानवीय पात्रहरूमा बालमनोविज्ञान, यौनमनोविज्ञान र अपराधमनोविज्ञानजन्य व्यवहार अभिव्यक्त भएकाले यहाँ उक्त कथासङ्ग्रहका कथाहरूलाई अध्ययनका लागि चयन गरिएको छ । यस कथासङ्ग्रहका कथाका सान्दर्भिक प्रयोगहरूलाई प्राथमिक स्रोतका सामग्री र विभिन्न पुस्तक तथा लेखरचनाहरूलाई द्वितीय स्रोतका सामग्री मानेर ती दुवै स्रोतका सामग्रीलाई यहाँ उपयोग गरिएको छ । सामग्रीहरूको सङ्कलन पुस्तकालयबाट गरिएको छ भने तिनको प्रस्तुतीकरण विश्लेषणात्मक विधिबाट गरिएको छ । गुणात्मक ढाँचाको अवलम्बन गरी लेखिएको यस लेखमा सामग्रीको विश्लेषणका निमित्त बालमनोविज्ञान, यौनमनोविज्ञान तथा अपराधमनोविज्ञानलाई सूचकका रूपमा उपयोग गरिएको छ । यी सूचकका आधारमा गरिएको विश्लेषणबाट झोला कथासङ्ग्रहका धेरैजसो कथाहरूमा मनोविज्ञानको प्रयोग भएको निष्कर्ष निकालिएको छ ।.
Related Results
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान
नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी द...
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहमा द्वन्द्व {Dichotomy in Harihar Khanal’s Beneath the Sky Touching Mountain}
प्रस्तुत लेख हरिहर खनालको आकाश छुने डाँडोमुनि कथासङ्ग्रहका कथामा द्वन्द्वको अध्ययन विश्लेषणमा केन्द्रित रहेको छ । वस्तुगत संसारमा रहेको आपसी अन्तर्विरोधको यथार्थ अवस्थालाई साहित्यम...
पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
पारिजातको कथाहरूमा विसङ्गतिपरक चिन्तनमा विसङ्गति
प्रस्तुत अनुसन्धानमा पारिजातका कथाहरूमा विसङ्गतिवाद केलाउने क्रममा दशवटा मानक सिद्धान्त चिन्ता, व्याकुलता र दुःख, निराशा, एकाङ्की/एक्लोपन, पृथकता, सन्त्रास, तनावग्रस्तता, निरर्थकता...
सन्तापको धून कथासङग्रहमा अभिघात
सन्तापको धून कथासङग्रहमा अभिघात
प्रस्तुत अनुसन्धानमूलक लेख सन्तापको धून कथासङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथासङग्रह अशोक थापाले लेखेका तेह«वटा कथाहरूको सङग्रहका रूपमा रहेको छ । प्रस्तुत सङग्रहभि...
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
'टाँकीका पूलहरू’कथा सङ्ग्रहमा डायस्पोरा
यस लेखमा कथाकार दाजु गुरुङद्वारा रचित टाँकीका पूलहरू कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा डायास्पोरा प्रयोगको अवस्थाको अध्ययन गरिएको छ । रहर वा कहरका कारणले आप्रवासी बन्न पुगेका व्यक्ति...
कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
प्रस्तुत अनुसन्धानात्मक लेखमा अर्चना थापाको कठपुतला कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई ती कथामा समाजले नारी, पुरुष र तेस्रोलिङ्गीका व्यक्तिलाई गरेको विभेदी लैङ्गिक व्यवहारका विभिन...
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्...

