Javascript must be enabled to continue!
कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा अर्चना थापाको कठपुतला कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई ती कथामा समाजले नारी, पुरुष र तेस्रोलिङ्गीका व्यक्तिलाई गरेको विभेदी लैङ्गिक व्यवहारका विभिन्न पक्षको विश्लेषण गरिएको छ । कठपुतलाका कथा लैङ्गिक चेतनाका कोणबाट महत्वपूर्ण रहेका र तिनका अन्तर्यमा नारीमाथिको दमन र त्यसका विरुद्ध निर्माण भएको चेतनाको स्वर, दमनमा परेका पुरुषका पीडा र तेस्रोलिङ्गीका समस्या के कसरी समेटिएका छन् भन्ने कुराको खोजी गरिएको छ । यसका लागि लैङ्गिकताको सिद्धान्तका आधारमा लैङ्गिक अध्ययनका आधारभूत मान्यतालाई कथा विश्लेषणका ढाँचाका रूपमा आलम्बन गरी कथाबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । यसका निम्ति कठपुतलाका आठवटै कथाको सघन पठन गरी लैङ्गिकताको विश्लेषण गर्न नारी र पुरुषमाथि हुने गरेको पितृसत्ताको दमन, नारीवादी प्रतिरोधी चेतनाको निर्माण, तेस्रोलिङ्गीमाथि गरिने सामाजिक विभेदको अवस्थालाई अध्ययनको आधार बनाइएको छ । कठपुतलाका कथाहरूमा पितृसत्ताको विरोध गरी नारी र पुरुषमाथि हुने विभेद र दमनका विरुद्ध सशक्त आवाज उठाइएको र परम्परागत लिङ्ग व्यवस्थाका आडमा ट्रासवुमनप्रति अझ थप हिंसा हुने तथ्य प्रस्तुत गर्दै त्यस सङ्ग्रहका कथाले लैङ्गिक चेतनाको निर्माणमा सशक्त आवाज प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।
Title: कठपुतलाका कथामा लैङ्गिकता {Sexuality in Puppet Narratives}
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा अर्चना थापाको कठपुतला कथासङ्ग्रहका कथालाई पाठका रूपमा लिई ती कथामा समाजले नारी, पुरुष र तेस्रोलिङ्गीका व्यक्तिलाई गरेको विभेदी लैङ्गिक व्यवहारका विभिन्न पक्षको विश्लेषण गरिएको छ । कठपुतलाका कथा लैङ्गिक चेतनाका कोणबाट महत्वपूर्ण रहेका र तिनका अन्तर्यमा नारीमाथिको दमन र त्यसका विरुद्ध निर्माण भएको चेतनाको स्वर, दमनमा परेका पुरुषका पीडा र तेस्रोलिङ्गीका समस्या के कसरी समेटिएका छन् भन्ने कुराको खोजी गरिएको छ । यसका लागि लैङ्गिकताको सिद्धान्तका आधारमा लैङ्गिक अध्ययनका आधारभूत मान्यतालाई कथा विश्लेषणका ढाँचाका रूपमा आलम्बन गरी कथाबाट प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । यसका निम्ति कठपुतलाका आठवटै कथाको सघन पठन गरी लैङ्गिकताको विश्लेषण गर्न नारी र पुरुषमाथि हुने गरेको पितृसत्ताको दमन, नारीवादी प्रतिरोधी चेतनाको निर्माण, तेस्रोलिङ्गीमाथि गरिने सामाजिक विभेदको अवस्थालाई अध्ययनको आधार बनाइएको छ । कठपुतलाका कथाहरूमा पितृसत्ताको विरोध गरी नारी र पुरुषमाथि हुने विभेद र दमनका विरुद्ध सशक्त आवाज उठाइएको र परम्परागत लिङ्ग व्यवस्थाका आडमा ट्रासवुमनप्रति अझ थप हिंसा हुने तथ्य प्रस्तुत गर्दै त्यस सङ्ग्रहका कथाले लैङ्गिक चेतनाको निर्माणमा सशक्त आवाज प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ ।.
Related Results
Seni Gerak dalam Pertunjukan Wayang Tinjauan Estetika
Seni Gerak dalam Pertunjukan Wayang Tinjauan Estetika
Movement art in the puppet performances is often mentioned as sabetan. Puppet movement art, that contains rules, norms, guidance (orientation) is convention that is observed and re...
Socijalno – filozofski i psihoanalitički pristup (sado)mazohizmu
Socijalno – filozofski i psihoanalitički pristup (sado)mazohizmu
The general aim of the thesis is an interpretation of sadomasochism as a relevant sexuality and a psycho - sexual, socio - philosophical and cultural phenomenon, developed by multi...
WAYANG KULIT MANUSIA ANTARA MITOS DAN KENYATAAN
WAYANG KULIT MANUSIA ANTARA MITOS DAN KENYATAAN
A religious traditional art in society is related to myth which can be categorized into folktale. This tradition has been often become one in the Javanese mind and influential in g...
The Comparison Between Chinese Puppet Show and Chinese-Javanese Blend Puppet Show in Indonesia
The Comparison Between Chinese Puppet Show and Chinese-Javanese Blend Puppet Show in Indonesia
Since some centuries ago, Indonesia has been one of the destinations for immigrating Chinese. When the Chinese came to Indonesia, they also brought their cultures and customs. Some...
WAYANG KULIT MANUSIA ANTARA MITOS DAN KENYATAAN
WAYANG KULIT MANUSIA ANTARA MITOS DAN KENYATAAN
A religious traditional art in society is related to myth which can be categorized intofolktale. This tradition has been often become one in the Javanese mind and influential ingiv...
Iringan Karawitan Pergelaran Wayang Golek Menak Yogyakarta Versi Ki Sukarno
Iringan Karawitan Pergelaran Wayang Golek Menak Yogyakarta Versi Ki Sukarno
This article aims to describe the musical accompaniment in the Menak Sukarno Golek Golek performance by Ki Sukarno. Musicology analysis is done using karawitan to reveal the struct...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...

